हुम्ला । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो ।
सोमबार बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए ।
यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् । हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन् ।
हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ ।









यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २ गते, २०८२ - २२:१७
नेपालमा वि.सं. २०४६ सालको परिवर्तनपछि आएको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रले आम जनताको आधारभूत आवश्यकता, जातीय मुक्ति, क्षेत्रीय विभेद र वर्...
फाल्गुन २ गते, २०८२ - २१:०३
जीवनभर साथ दिएको बुवाको चेतावनी-“यस्ता मोराले के गरिखान्छन् ?”
फाल्गुन २ गते, २०८२ - २०:५३
म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको छ। बाबियाचौर–सल्यान सडकखण्डको ग्याबियन पर्खाल ल...
फाल्गुन २ गते, २०८२ - २०:५१
रुकुम पूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनमा आगजनी, भ्रष्टाचार, कुशासन र दमन मच्चाउने शक्तिलाई जन...
फाल्गुन २ गते, २०८२ - २०:४७
विरासत जोगाउने दौडमा लेखराज, समीकरण भत्काउने रणनीतिमा प्रेम आले
फाल्गुन २ गते, २०८२ - २०:२८
रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह चुनावी दौडाहामा रहेका बेला रुपन्देही क्षेत्रमा बालेनको ...
फाल्गुन २ गते, २०८२ - २०:२६
भोजपुर। रङ्गशाला निर्माणसँगै भोजपुरमा खेल गतिविधि बढेको छ । खेलकुद क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको भोजपुर अब पूर्वाधारका हिसाबले पनि सश...
फाल्गुन २ गते, २०८२ - २०:२१
पर्वत । जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा परेको छ । पर्वत खण्डमा मोदीखोलामा मात्रै नेपाल विद्युत् प्रधिकरण अन...
फाल्गुन २ गते, २०८२ - २०:१९
बागलुङ । बागलुङ नगरपालिका–३ हाडेपाखामा भएको भ्यान दुर्घटनामा घाइते भएका सुजल छन्त्यालको उपचारका क्रममा मृत्यु भएको छ । छन्त्यालसँगै बिहीबार भएको दुर्...
फाल्गुन २ गते, २०८२ - २०:१६
काठमाडौं । काठमाडौं प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा मन्दिरको दर्शन गर्न जाँदा महँगा गरगहना लगाएर अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंक...



प्रतिकृया लेख्नुहोस्: