Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

गढीमाई मेलामा आज बोकाको बलि: ट्राफिक ब्यवस्थापन अस्तब्यस्त

खबरडबली संवाददाता

बारा । बारा बरियारपुर स्थित लागेको बिश्व प्रसिध्द पंचवर्षीय गढीमाई मेलाको आज दोस्रो मुख्य दिन बोकाको बली प्रदान बिहानै देखि सुरु भएको छ।

भाकल पूरा भएर बोकाको बली चढाउन नेपालका साथै भारतको बिभिन्न स्थानबाट आज लाखौं मानिस गढीमाई मेलामा आउने क्रम जारी रहेको छन्।

बोका लिएर आउने मानिसको आज बिहानै देखि घुईचो लागेको छ। गढीमाई मेलाको चौतर्फी बाटो हुँदै बोका लिएर आउने हजारौँ मानिसको घुईचो देखिएको छ। तर ट्राफिक व्यवस्थापन फितलो भएको कारण बोका लिएर आउने मानिस कठिनाईका परिरहेको देखिएको छ।

पंचवर्षीय गढीमाई मेलामा बिगतको तुलनामा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त रहेको आयोजकको भनाई यथार्थमा बिपरित देखिन्छ। नेपालको मुख्य द्वार विरगन्ज कलैया हुँदै बघवन चौक सम्मको ट्राफिक व्यवस्थापन राम्रो देखिन्छ। तर बघवन गाउँ छेउ पसाहा नदीको पुल देखी मेलासम्मको ट्राफिक व्यवस्थापन फितलो रहेको छ।

जता ततै बाट गलत साईडमा आएको सैयौं मोटरसाईकल, टेम्पो, बस, जिप, ट्याक्टरले पसाहा पुल बिहानै देखी पुर्ण रुपमा अवरुद्ध भएको छ।

बिहान ७ बजेदेखी नै बोका लिएर सैयौं भक्तजन पुल माथी अलपत्र परेका छन्। कैयौं मानिस पुलको तल बाट पानी हुँदै बोका लिएर गढीमाई मन्दिर तर्फ बढेको देखिन्छ। आईतवार साँझ पसहा पुलमा झण्डै १ घन्टा पैदल मानिस हिंड्ने अवस्था थिएन।

त्यसैगरी आईतवार बेलुकी ६ बजे पछी मेलाको चौतर्फी ट्राफिक ब्यवस्था अलपत्र देखिएको थियो। पंचवर्षीय गढिमाई मेलाको अवसरमा मेला लागेको स्थान बरियारपुर देखी १५!२० किलोमिटर टाढा देखिनै सवारी साधनको अत्यधिक चाँप देखिएको छ।

बारा महागढीनाई नगरपालिका १ बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मेला मंसिर  १ गते देखि सुरु भएको छ। गढीमाई मेलाको मुख्य दिन हिजो आईतवार करीब १० हजार राँगाको बली प्रदान गरिएको मेला आयोजक समितिले जनाएको छ।

मन्दिरका मूल पुजारी मंगल चौधरी संग मिलेर बिशेष पूजा गरेपछि मूल तान्त्रिक रौतहट गुजरा नगरपालिका ३ सिमारी गाउँका उमाशंकर कछाडिया धामीले आफ्नो सरीरको ५ स्थानबाट रगत निकालेर देवीलाई चढाएपछि पशु बली सुरु भएको थियो। मूल तान्त्रिक ले आफ्नो सरीरबाट रगत निकालेर चढाउने विधिलाई नर बली भन्ने गरिन्छ।

समाजसेवी त्रिपाठीका अनुसार मेलामा बली प्रदान गरिएको बोकाको संख्या भने यकिन हुने अवस्था देखिएन। बघवनका समाजसेवी हरिनारायण त्रिपाठीले मेलाको पश्चिम बाट पसाहा नदीको पारी जता पनि बोकाको बली दिइन्छ।

त्यस्तै पूर्व , उत्तर दक्षिण तर्फ बाट बोका लिएर आउने भक्तजनले महा गढीमाई नगरपालिका भित्र कुनै पनि स्थानमा गढीमाईको नामले बली दिने ब्यवस्था गरिएको छ। तथापी पंचवर्षीय बिश्व प्रसिध्द गढीमाई मेलामा भाकल पूरा भएका लाखौं मानिस बोका ल्याएर बली दिएर जान्छन तर संख्या यकिन नहुने समाजसेवी त्रिपाठीले जानकारी दिएका छन्। तर पनि अनुमानको आधारमा ५० हजार भन्दा बढी बोकाको बली र एकलाखको हाराहारीमा गढीमाई मन्दिरमा परेवा उडाउने गरेको उनको भनाई रहेको छ।

विश्वमै पशु बलिको रुपमा प्रख्यात रहेको बरियारपुर गढीमाई मेलामा  अहिले सम्म देश बिदेश बाट दर्शनार्थीहरु आउने क्रम जारी रहेको  छ । यस बर्षको मेलामा करिब ३ करोड दर्शनार्थी मेलाको अवलोकन गर्ने मेला समितिले अनुमान गरेको छ ।

पुत्र लाभ, असाध्य रोग निको हुन, कुनै दुर्घटना हुँदा वा अचानक बिरामी पर्दा निको पार्न अभिभावकले गढिमाई मन्दिरमा परेवा उडाउने, बोका, राँगाको बली चढाउने भाखल गर्दछन्।

विश्व प्रसिद्ध गढीमाई मेला प्रत्येक पाँच बर्षमा लाग्ने गर्छ ।मंसिर  १ गते देखि सुरु भएको गढीमाईको मेला मंसिर ३० गते सम्म चल्ने छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending