Ntc summer Offer
Khabar Dabali २ माघ २०८१ बुधबार | 15th January, 2025 Wed
Investment bank

सबन्धबिच्छेदको ७ बर्ष हलिउड अभिनेत्री बिना बाबु आमा बन्दै

खबरडबली संवाददाता

काठमाडाैं । हलिउडकी चर्चित कलाकार जोनी डेपकी पूर्वपत्नी एम्बर हर्ड दोस्रो पटक आमा बन्न लागेकी छिन् । चाँडै नै उनीहरूको घर खुसीले भरिने भएको छ। अभिनेत्री स्वयंले यो खुसीको खबर आफ्ना फ्यानहरुलाई सेयर गरेकी छिन् । ३८ वर्षीया एम्बर हर्ड पहिले नै एक बच्चाकी आमा भइसकेकी छिन् । 

उनी आफ्नो पहिलो सन्तानसँग स्पेनमा बस्दै आएकी छिन् । अब एम्बर आफ्नो दोस्रो सन्तानको लागि उत्सुकताका साथ पर्खिरहेकी छिन् । चाखलाग्दो कुरा के छ भने यसपटक पनि एम्बर हर्ड बिना विवाह आमा बन्दैछिन् । उनी अहिले एकल महिला हुन् ।

मिडिया रिपोर्टका अनुसार एम्बर हर्डको गर्भावस्थाको खबर उनको प्रतिनिधिले सेयर गरेको छ । पिपल म्यागजिनलाई दिएको अन्तर्वार्तामा उनले भनिन्,  ‘यो गर्भावस्थाको सुरुवात मात्र हो, यसैले हामी यसको बारेमा धेरै जानकारी साझा गर्दैनौं।’ उनका अनुसार एम्बर आफ्नो र आफ्नो पहिलो बच्चाको लागि धेरै खुसी छिन्।

जोनी डेप र एम्बर हर्डले सन् २०१५ मा विवाह गरेका थिए भने २०१७ मा दुवैको सम्बन्धविच्छेद भएको थियो । दुबैको डिभोर्स निकै हाई प्रोफाइल थियो, जसले धेरै हेडलाइन्स बनाएको थियो । 

जोनी डेपसँग सम्बन्धविच्छेद भएपछि एम्बर हर्ड सन् २०२१ मा पहिलो पटक आमा बनिन् । उनीहरुको पहिलो सन्तान सरोगेसीको माध्यमबाट जन्मिएको थियो । आफ्नो पहिलो सन्तानलाई स्वागत गरे पछि एम्बर हर्डले प्रशंसकहरूसँग यो खुसीको खबर साझा गरेकी हुन ।इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै उनले लेखेकी छिन्,  ‘चार वर्षपछि मैले बच्चा चाहन्छु भन्ने निर्णय गरें । म यो बच्चा मेरो सर्तमा चाहन्थे। अब मैले बुझें कि महिलाहरूले आफ्नो भाग्यको यो आधारभूत भाग रोज्नु कति क्रान्तिकारी छ।’

‘एक्वाम्यान’ अभिनेत्रीले थप लेखेकी छिन्, ‘मलाई आशा छ कि हामी महिलाहरु यस्तो बिन्दुमा पुग्नेछौं, जहाँ बच्चाको लागि औठी नबनाउनु वा विवाह नगर्नु सामान्य मानिनेछ र उनले आफ्नो पहिलो बच्चा एक्लै हुर्काइरहेकी छिन्। अब अभिनेत्रीले आफ्नो पहिलो सन्तानलाई स्वागत गर्नेछिन् । यो खुसीको खबरपछि उनका फ्यानहरुले पनि उनलाई बधाई दिइरहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति निवासमा नेताहरुकाे जमघट

काठमाडौं । शितल निवासस्थित राष्ट्रपति निवासमा माघे संक्रान्ति मनाईएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा उपराष्ट्रपति रामसहाय यादव, प्रधान...

सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू, अध्यक्ष प्रचण्डले गरे उद्घाटन

चौतारा  । सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू भएको छ ।  सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोग...

प्रकाश कुटवालको लोका भाका घोडा चढेर सार्वजनिक

काठमाडौं  ।  ‘ए सिउँदो भरेर जान्छौ भने लान्छु कान्छी सिउँदो भरेर जन्ती अघि पछाडी घोडा चढेर...’ थुप्रै लगनसहित माघ महिना सुरु हुँदै गर्दा लोक त...

फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौंवार्षिक साधारण सभा सम्पन्न

ललितपुर ।   फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पौष २९ (२०२५ जनवरी १३) गते एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सा...

माटो खन्दा ढुंगाले लागेर महिलाको मृत्यु

धनगढी । बझाङमा ढुंगा लागेर २४ वर्षीया महिलाको निधन भएको छ। थलारा गाउँपालिका–३ देवलबाझकी २४ वर्षीय राधिका जोशी उपाध्यायको सोमबार घर पोत्नका लागि माटो ख...

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विषादीको खपत तथा प्रयोगमा कमी

काठमाडौं ।  काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा कमी आएको छ । जिल्ला कृषि विकास क...

राउटे समुदायका महिलाभन्दा पुरुषमा स्वास्थ्य समस्या बढी

सुर्खेत । लोपोन्मुख सिमान्तकृत जातिको रुपमा रहेको राउटे समुदायमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित गिरीघाट ख...

डेढ महिनादेखि बेपत्ता वृद्धको शव फेला

काठमाडौं । करिब डेढ महिनादेखि बेपत्ता एक वृद्धको शव मकवानपुरको भीमफेदी गाउँपालिका–२ रिठ्ठेडाँडामा फेला परेको छ ।  भीमफेदी गाउँपालिका–९ स्थित भान्जी...

भूमिसम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्रीले सरकारी जग्गा व्यक्तिलाई दिने प्रपञ्च गर्दैछन्ः भीम रावल

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशतन्त्रले भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश ल्याएर वन ...

दुई तिहाइको दम्भ राख्ने सरकारसँग सदन फेस गर्ने नैतिक साहस छैनः अध्यक्ष प्रचण्ड

मिति तोक्दिनँ, तर हामीले धेरै बल नगर्दै चाँडै ढल्दैछ

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy