Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

के–के हुन् धरानका मेयर साम्पाङका मुख्य ५ काण्ड ?

खबरडबली संवाददाता

काठमाडौं । ०७९ को निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित भएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको ‘श्रमदान’बाहेक अन्य विषय विवादको चाङमा रहेको छ। 

पछिल्लो पटक उपमेयर अइन्द्र बेघासँगको विवाद र उनलाई कार्यबाहक मेयर नदिएकोदेखि सार्वजनिक रुपमा खोज पत्रकारिता केन्द्रमा लेख्ने गोपाल दाहाल र पत्रकार महासंघ सुनसरीका सभापति जनकऋषि राईमाथि धम्की दिनु उनका नयाँ प्रकरण हुन्। 

पदिय मर्यादालाई भुलेर समाजिक सञ्जालमा लेखिरहे साम्पाङ कति पटक त सामाजिक सञ्जालकै कारण पनि विवादमा मुछिएका छन् । यसबाहेक पनि उनका विविध काण्ड र विवाद यथावत् रहेका छन् ।
के हुन त उनी विवादमा आएका मूख्य पाँच काण्डः
१. खानेपानी महसुल बृद्धिः मेयर साम्पाङले धरानको खानेपानी व्यवस्थापन सुधार गर्न भन्दै महसुल र प्राविधिक शुल्कमा ठूलो वृद्धि गरे। यो निर्णयले उपभोक्ताहरू र राजनीतिक दलहरूबीच असन्तोष फैलायो, जसका कारण आन्दोलनहरू भएका थिए। साम्पाङले भने यो वृद्धि एशियाली विकास बैंकको ऋण तिर्नका लागि आवश्यक भएको बताएका थिए। तर पछि उनी यो निर्णयबाट ब्याक हुन परेको थियो।

२. कार्यवाहक मेयर नियुक्तिको विवादः विदेश भ्रमणमा जानुअघि उनले उपमेयरलाई भन्दा वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिए। यसले उपमेयर र अन्य जनप्रतिनिधिबीच असन्तुष्टि पैदा गर्यो, र यो मुद्दा कानुनी प्रक्रिया समेत पुगेको थियो। पछिल्लो पटक यस विषयमा प्रश्न उठेपछि आफूलाई शुभ यात्रा समेत नभन्ने उपमेयर अइन्द्र बेघालाई किन कार्यबाहक दिनु भनी प्रश्न मात्र गरेनन्, कानुन पनि आफैं बनाउने भन्ने कुतर्क गरेका छन्।

३. नेतृत्व शैलीमा आलोचनाः उनलाई “मनमौजी“ र “अराजक“ शैली अपनाएको आरोप लागेको छ। उनका केही निर्णयहरू, जस्तै कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीका तस्बिर हटाउनु, थप विवादास्पद बनेका थिए। यस विषयमा पनि उपमेयरले विज्ञप्ति जारी गर्दा विवाद भएको थियो। 

४. सार्वजनिक प्रदर्शनः स्थानीयबासी, राजनीतिक दल, र कर्मचारीहरूले साम्पाङका नीतिहरू र निर्णयहरूको विरोध गर्दै सडक आन्दोलन र तालाबन्दी गरेका थिए। यो अवस्था साम्पाङले आलोचना बेवास्ता गरेको आरोपपछि झनै जटिल भएको थियो। यहाँसम्मकी उनले इलाका प्रहरी कार्यालयको गलत प्रयोग गरेको भनी झडप समेत भएको थियो। 

५. पत्रकारसँग सँधै लफडाः सुनसरी र खासगरी धरानलाई केन्द्र बनाएर काम गर्ने पत्रकारसँग साम्पाङले सँधै विवाद गर्दै आएका छन्। यसअघि एउटा विषयमा स्थानीय महिला पत्रकारमाथि उनले गरेको टिप्पणीले विवाद आएको थियो। पछिल्लो समय पत्रकार दाहाल र राईमाथिको उनको प्रहारले महासंघ र सुनसरीका पत्रकार उनीप्रति सकारात्मक धारणा राख्न सक्तैनन्।

हर्क साम्पाङले भने आफू धरानको सुधारका लागि कठोर निर्णय लिन बाध्य भएको र राजनीतिक दलहरूले उनका प्रयासलाई अवरोध गरिरहेको दाबी गर्दै आउँछन्। उनका समर्थनकर्ता र आलोचकहरूबीचको विवादले धरानको स्थानीय शासनलाई चुनौतीपूर्ण बनाएको छ। यसबाहेक उनका राजनीतिक टिप्पणी पनि अराजक हुने गरेको बताइन्छ।

२०७९ साल पुसमा, वडाध्यक्षहरूले मेयर साम्पाङको स्वेच्छाचारी र अराजक गतिविधिको विरोध गर्दै राजीनामा मागेका थिए। मेयर साम्पाङले वडाध्यक्षहरूलाई गैरजिम्मेवार ठहराउँदै उनीहरूलाई सच्चिन आग्रह गरेका थिए। 

त्यस्तै, मेयर साम्पाङले सामाजिक सञ्जालमा ‘चमारे बुद्धि’ जस्ता शब्द प्रयोग गरी दलित समुदायको अपमान गरेको आरोप लागेको थियो। यसप्रति राष्ट्रिय दलित आयोगले आपत्ति जनाउँदै गृहमन्त्रालयलाई कानुनी कारबाहीको सिफारिस गरेको थियो। 

यी घटनाहरूले मेयर हर्क साम्पाङको कार्यशैली र निर्णय प्रक्रियाप्रति प्रश्न उठाएका छन्, जसले धरान उपमहानगरपालिकामा विवाद र असन्तुष्टि सिर्जना गरेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending