Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

के–के हुन् धरानका मेयर साम्पाङका मुख्य ५ काण्ड ?

खबरडबली संवाददाता

काठमाडौं । ०७९ को निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित भएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको ‘श्रमदान’बाहेक अन्य विषय विवादको चाङमा रहेको छ। 

पछिल्लो पटक उपमेयर अइन्द्र बेघासँगको विवाद र उनलाई कार्यबाहक मेयर नदिएकोदेखि सार्वजनिक रुपमा खोज पत्रकारिता केन्द्रमा लेख्ने गोपाल दाहाल र पत्रकार महासंघ सुनसरीका सभापति जनकऋषि राईमाथि धम्की दिनु उनका नयाँ प्रकरण हुन्। 

पदिय मर्यादालाई भुलेर समाजिक सञ्जालमा लेखिरहे साम्पाङ कति पटक त सामाजिक सञ्जालकै कारण पनि विवादमा मुछिएका छन् । यसबाहेक पनि उनका विविध काण्ड र विवाद यथावत् रहेका छन् ।
के हुन त उनी विवादमा आएका मूख्य पाँच काण्डः
१. खानेपानी महसुल बृद्धिः मेयर साम्पाङले धरानको खानेपानी व्यवस्थापन सुधार गर्न भन्दै महसुल र प्राविधिक शुल्कमा ठूलो वृद्धि गरे। यो निर्णयले उपभोक्ताहरू र राजनीतिक दलहरूबीच असन्तोष फैलायो, जसका कारण आन्दोलनहरू भएका थिए। साम्पाङले भने यो वृद्धि एशियाली विकास बैंकको ऋण तिर्नका लागि आवश्यक भएको बताएका थिए। तर पछि उनी यो निर्णयबाट ब्याक हुन परेको थियो।

२. कार्यवाहक मेयर नियुक्तिको विवादः विदेश भ्रमणमा जानुअघि उनले उपमेयरलाई भन्दा वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिए। यसले उपमेयर र अन्य जनप्रतिनिधिबीच असन्तुष्टि पैदा गर्यो, र यो मुद्दा कानुनी प्रक्रिया समेत पुगेको थियो। पछिल्लो पटक यस विषयमा प्रश्न उठेपछि आफूलाई शुभ यात्रा समेत नभन्ने उपमेयर अइन्द्र बेघालाई किन कार्यबाहक दिनु भनी प्रश्न मात्र गरेनन्, कानुन पनि आफैं बनाउने भन्ने कुतर्क गरेका छन्।

३. नेतृत्व शैलीमा आलोचनाः उनलाई “मनमौजी“ र “अराजक“ शैली अपनाएको आरोप लागेको छ। उनका केही निर्णयहरू, जस्तै कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीका तस्बिर हटाउनु, थप विवादास्पद बनेका थिए। यस विषयमा पनि उपमेयरले विज्ञप्ति जारी गर्दा विवाद भएको थियो। 

४. सार्वजनिक प्रदर्शनः स्थानीयबासी, राजनीतिक दल, र कर्मचारीहरूले साम्पाङका नीतिहरू र निर्णयहरूको विरोध गर्दै सडक आन्दोलन र तालाबन्दी गरेका थिए। यो अवस्था साम्पाङले आलोचना बेवास्ता गरेको आरोपपछि झनै जटिल भएको थियो। यहाँसम्मकी उनले इलाका प्रहरी कार्यालयको गलत प्रयोग गरेको भनी झडप समेत भएको थियो। 

५. पत्रकारसँग सँधै लफडाः सुनसरी र खासगरी धरानलाई केन्द्र बनाएर काम गर्ने पत्रकारसँग साम्पाङले सँधै विवाद गर्दै आएका छन्। यसअघि एउटा विषयमा स्थानीय महिला पत्रकारमाथि उनले गरेको टिप्पणीले विवाद आएको थियो। पछिल्लो समय पत्रकार दाहाल र राईमाथिको उनको प्रहारले महासंघ र सुनसरीका पत्रकार उनीप्रति सकारात्मक धारणा राख्न सक्तैनन्।

हर्क साम्पाङले भने आफू धरानको सुधारका लागि कठोर निर्णय लिन बाध्य भएको र राजनीतिक दलहरूले उनका प्रयासलाई अवरोध गरिरहेको दाबी गर्दै आउँछन्। उनका समर्थनकर्ता र आलोचकहरूबीचको विवादले धरानको स्थानीय शासनलाई चुनौतीपूर्ण बनाएको छ। यसबाहेक उनका राजनीतिक टिप्पणी पनि अराजक हुने गरेको बताइन्छ।

२०७९ साल पुसमा, वडाध्यक्षहरूले मेयर साम्पाङको स्वेच्छाचारी र अराजक गतिविधिको विरोध गर्दै राजीनामा मागेका थिए। मेयर साम्पाङले वडाध्यक्षहरूलाई गैरजिम्मेवार ठहराउँदै उनीहरूलाई सच्चिन आग्रह गरेका थिए। 

त्यस्तै, मेयर साम्पाङले सामाजिक सञ्जालमा ‘चमारे बुद्धि’ जस्ता शब्द प्रयोग गरी दलित समुदायको अपमान गरेको आरोप लागेको थियो। यसप्रति राष्ट्रिय दलित आयोगले आपत्ति जनाउँदै गृहमन्त्रालयलाई कानुनी कारबाहीको सिफारिस गरेको थियो। 

यी घटनाहरूले मेयर हर्क साम्पाङको कार्यशैली र निर्णय प्रक्रियाप्रति प्रश्न उठाएका छन्, जसले धरान उपमहानगरपालिकामा विवाद र असन्तुष्टि सिर्जना गरेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी चुनावमा नेकपा पुनः शक्तिशाली बन्छ : वर्षमान पुन

काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले आगामी निर्वाचनबाट आफ्नो पार्टी नयाँ ऊर्जा र जनसमर्थनसहित पुनः उदाउने दाबी गरेका छन्। पार्टीको एक कार्यक्रममा ...

जापानको उत्कृष्ट प्रदर्शन, दुई गोलको अग्रता कायम

काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को...

बाजुरामा एकाबिहानै बस दुर्घटना, २४ जना घाइते

धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा ब्रेक फेल भई बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् । आइतब...

जलवायु संकटको अग्रपंक्तिमा नेपाल, हिमनदी पग्लिँदा बढ्दै बाढी–खडेरीको जोखिम

काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुकहरू जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका क्षेत्र बनेको निष्कर्ष नि...

प्रधानमन्त्री बालेन चितवन जाँदै, पार्टी महाधिवशेनमा सम्बोधन गर्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुने भएका छन्...

रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोज...

कोशी प्रदेशका पहाडी तथा तराई भूभाग केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ। देशका हिमाली र पहाडी भ...

लेबनान तनाव चर्किएपछि इरानद्वारा होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा

तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...

पाल्पामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...

वर्षासँगै तराईमा घट्यो गर्मी, केही जिल्लामा भारी वर्षा

काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending