Ntc summer Offer
Khabar Dabali ११ माघ २०८१ शुक्रबार | 24th January, 2025 Fri
Investment bank

परम्परागत इन्धनको प्रयोग घटाउन विद्युतीय चुलो प्रवद्र्धन अभियान

खबरडबली संवाददाता

सल्यान  । सल्यानमा स्वच्छ बिद्युतीय ऊर्जाको प्रयोग तथा खाना पकाउनका लागि विद्युतीय चुलो विस्तारका लागि अभिमसखिकरण गरिएको छ । खाना बनाउन प्रयोग गरिने परम्परागत उर्जाको प्रयोगले भान्सामा प्रदुषण भई श्वासप्रश्वास सम्बन्धित रोग लाग्ने जोखिम हुनुका साथै यस्ता परम्परागत प्रबिधिले इन्धन पनि धेरै प्रयोग हुने भएका कारण विकल्पका रुपमा विद्युतीय चुलो विस्तारका लागि अभिमुखिकरण गरिएको हो ।

जिल्लाको छत्रेश्वरी गाउँपालिकामा विहिबार आधुनिक ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्न तथा दाउरामा आधारित परम्परागत चुलोबाट विद्युतीय चुलोमा रूपान्तरण गर्नका लागि कार्यक्रम सम्पन्न भएको हो ।

सुन्दर नेपाल संस्थाले भोटेचौरमा गाउँपालिकाका जनप्रतिनिधी तथा सरोकारवालाहरुलाई विद्युतीय चुलो प्रवद्र्धनका लागि अभिमुखिकरण गरेको हो । कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले यसप्रकारको अभियानले दिगो विकासका लागि ऊर्जा प्रयोगमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनले विद्युतीय चुलो विस्तारका लागि उपभोक्ताले पाउने अनुदान, गाउँपालिकाबाट समेत गर्न सकिने सहयोग लगाएतका विषयमा छलफल र निर्णय गरेर अगाडी बढ्ने उल्लेख गरे ।

गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा अन्य सरोकारवालाहरु सहितको कार्यक्रममा सुन्दर नेपाल संस्थाका प्रतिनिधीहरुले विद्युतीय माध्यमबाट खाना पकाउने प्रविधिको रुपमा रहेको इन्डक्सन चुलोको बारेमा जानकारी गराएका थिए ।

संस्थाका प्रोजेक्ट म्यानेजर सन्तोष आचार्यले बिद्युतीय चुलोको प्रयोग गर्दा आफ्नै देश भित्र उत्पादन भएको बिजुलीलाई इन्धनको रुपमा प्रयोग हुने हुँदा यसले देशलाई आर्थिक रुपमा पनि बिद्युतमा आत्मनिर्भर बनाउन मद्दत गर्ने बताए । उनका अनुसार संस्था मार्फत एक वर्षको अवधिमा ६ हजार ३ सय बढीले यस किसिमको विद्युतीय चुलो प्रयोग सुरु गरेका छन् । पालिकाहरुको समन्वयमा थप २५०० चुलो विस्तारका लागि काम अगाडी बढिसकेको छ । सल्यान जिल्लामा मात्रै एक वर्षको अवधिमा १०६५ घरधुरीले इन्डक्सन चुलो प्रयोग गरेको उनले जनाए । यस कार्यक्रमले समुदायमा स्वच्छ ऊर्जा प्रयोगप्रति जनचेतना अभिवृद्धि गर्दै वातावरण संरक्षण र जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

संस्थाका अनुसार विद्युत लाइन भएको स्थानमा यस प्रकारको चुलो प्रयोग गर्न सकिन्छ । यस चुलोमा खाना पकाउदा धुँवा मुक्त हुनुको साथै समयको पनि बचत हुन्छ । यस प्रकारको चुलोले परम्परागत हिटर भन्दा निकै कम बिजुली खपत गर्ने र सुरक्षाको दृष्टिकोणले पनि राम्रो मानिएको सुन्दर नेपाल संस्थाका कोअर्डिनेटर पदम दर्मालीले जनाए । विद्युतीय चुलोको प्रयोगले आयातित एलपीजी ग्यासको खपत घटाउन मद्दत गर्ने र यो प्रविधी दिगो भरपर्दो गुणस्तरीय र स्वच्छ उर्जा पनि भएको उनले जनाए ।

स्वच्छ उर्जा प्रबिधिहरुमा पहुँच बढाउने उद्देश्यका साथ इएनडिभी र इएनडीभीको सहयोगमा सुन्दर नेपाल संस्था सुर्खेतद्वारा बिद्युतीय चुलो प्रबिधि प्रवर्धन गर्न स्थानीय सरकार, प्रदेश सरकार सँग समन्वय र सहकार्य गरी स्वच्छ उर्जामा पहुँच पु–याउने लक्ष्य रहेको छ । कार्यक्रमले अहिले इन्डक्सन चुलो सेट चुलो, प्रेशर कुकर र कराईलाई बिद्युतीय माध्यमबाट खाना पकाउने प्रमुख प्रबिधिको रुपमा प्रबर्धन गर्दै आएको दर्मालीले जनाए । अभिमुखिकरणमा विद्युतीय चुलोको महत्व, यस चुलो जडानका लागि प्राप्त हुने अनुदान, गाउँपालिकाले गर्न सक्ने सहयोग लगाएतका विषयमा अभिमुखिकरण गरिएको थियो ।

अन्तरक्रियाका सहभागिहरुले मानवीय र वातावरणीय जोखिम बढाएको परम्परागत ऊर्जाको विकल्पका बारेमा सोच्नुपर्ने र त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औल्याएका थिए । खाना पकाउनका लागि अत्यधिक मात्रामा दाउरा, गुइँठा लगायतको प्रयोग गर्दा धुँवा उत्पन्न हुने र त्यसले मानव स्वास्थ्य मात्रै नभई वातावरणमा समेत प्रत्यक्ष प्रभाव परेको जानकारहरु बताउँछन् । दाउराको जोहो गर्नुपर्ने बाध्यताका कारण वनजङ्गलको विनास पनि उत्तिकै बढेको छ । विशेष गरी महिला र बालबालिकाको स्वास्थ्यमा नराम्रो असर परेको छ । यस्तो अवस्थामा विद्युतीय चुलोको प्रयोग बढाउनका लागि अभियान चलाइएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यार्थी स्रंगठन कब्जाको रणनितिमा माओवादी नेताहरु, धुजा–धुजा बन्दै अखिल (क्रान्तिकारी)

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचन आगामी माघ १२ मा हुँदै छ । गत असोज दोस्रो साता २३ औँ राष्ट्रिय स...

देशको राजनीतिक अवस्था सहज छैनः प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन्। आज सुर्खेत विमानस्थलमा प्रेस सेन्टर ...

समस्याग्रस्त सुमेरु सहकारीको कार्यालय सिल

काठमाडौं । ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा सिल गरिएको छ । बिहीबार बागमती प्रदेश अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समित...

देशलाई आर्थिक रुपमा गतिशील बनाउन सबैको मेहनत आवश्यक छः प्रचण्ड

नेपालगन्ज । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैले इमान्दारितापूर्वक मेहनत गरेमा देशलार्ई चाँडै आर्थिक ...

एमाले–कांग्रेसले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र गरिरहेका छन्ः सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताएका छन् । बिहीवार काठमाडौंमा गजेन्द्रनाराय...

असनमा भएकाे आगलागीबाट ३५ लाखको क्षति

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं २७ असनको अन्नपूर्ण मन्दिर नजिकैको एक घरमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौ...

३५ दिन बित्दा पनि पाएन काठमाडौं महानगरले नयाँ प्रशासकीय अधिकृत, कामकाज ठप्प

काठमाडौं ।  भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत हटाएको काठमाडौं महानगरपालिकालाई संघीय सरकारले नयाँ प्रशासकीय अधिकृत दिन ढिलाइ गरेको छ।  ...

काँकडभिट्टाबाट ब्राउनसुगर बोकेर बस चढेका भारतीय नागढुंगामा पक्राउ

काठमाडौं । लामो दुरीको यात्रुबाहक बस चढेर आएका भारतीय नागरिक लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्। ती भारतीयबाट लागुऔषध जिम्मा लिन पुगेका दुई नेपाल...

खो खो विश्वकपमा उपविजेता बनेका खेलाडीको मेडलसहितको झोला चोरी

दाङ । भारतको नयाँ दिल्लीमा सम्पन्न प्रथम खो खो विश्वकपमा उपबिजेता बनेर नेपाल फर्किएका खेलाडीको मेडल, पासपोर्ट र झोला बाँकेको कोहलपुर बसपार्कबाट चोरी भ...

क्याम्पस हिँडेकी छात्रालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

सप्तरी । सप्तरी प्रहरीले क्याम्पस जाँदै गरेकी एक छात्रालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको विष्णुपुर गाउँपालिका–१ घ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy