Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

परम्परागत इन्धनको प्रयोग घटाउन विद्युतीय चुलो प्रवद्र्धन अभियान

खबरडबली संवाददाता

सल्यान  । सल्यानमा स्वच्छ बिद्युतीय ऊर्जाको प्रयोग तथा खाना पकाउनका लागि विद्युतीय चुलो विस्तारका लागि अभिमसखिकरण गरिएको छ । खाना बनाउन प्रयोग गरिने परम्परागत उर्जाको प्रयोगले भान्सामा प्रदुषण भई श्वासप्रश्वास सम्बन्धित रोग लाग्ने जोखिम हुनुका साथै यस्ता परम्परागत प्रबिधिले इन्धन पनि धेरै प्रयोग हुने भएका कारण विकल्पका रुपमा विद्युतीय चुलो विस्तारका लागि अभिमुखिकरण गरिएको हो ।

जिल्लाको छत्रेश्वरी गाउँपालिकामा विहिबार आधुनिक ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्न तथा दाउरामा आधारित परम्परागत चुलोबाट विद्युतीय चुलोमा रूपान्तरण गर्नका लागि कार्यक्रम सम्पन्न भएको हो ।

सुन्दर नेपाल संस्थाले भोटेचौरमा गाउँपालिकाका जनप्रतिनिधी तथा सरोकारवालाहरुलाई विद्युतीय चुलो प्रवद्र्धनका लागि अभिमुखिकरण गरेको हो । कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले यसप्रकारको अभियानले दिगो विकासका लागि ऊर्जा प्रयोगमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनले विद्युतीय चुलो विस्तारका लागि उपभोक्ताले पाउने अनुदान, गाउँपालिकाबाट समेत गर्न सकिने सहयोग लगाएतका विषयमा छलफल र निर्णय गरेर अगाडी बढ्ने उल्लेख गरे ।

गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा अन्य सरोकारवालाहरु सहितको कार्यक्रममा सुन्दर नेपाल संस्थाका प्रतिनिधीहरुले विद्युतीय माध्यमबाट खाना पकाउने प्रविधिको रुपमा रहेको इन्डक्सन चुलोको बारेमा जानकारी गराएका थिए ।

संस्थाका प्रोजेक्ट म्यानेजर सन्तोष आचार्यले बिद्युतीय चुलोको प्रयोग गर्दा आफ्नै देश भित्र उत्पादन भएको बिजुलीलाई इन्धनको रुपमा प्रयोग हुने हुँदा यसले देशलाई आर्थिक रुपमा पनि बिद्युतमा आत्मनिर्भर बनाउन मद्दत गर्ने बताए । उनका अनुसार संस्था मार्फत एक वर्षको अवधिमा ६ हजार ३ सय बढीले यस किसिमको विद्युतीय चुलो प्रयोग सुरु गरेका छन् । पालिकाहरुको समन्वयमा थप २५०० चुलो विस्तारका लागि काम अगाडी बढिसकेको छ । सल्यान जिल्लामा मात्रै एक वर्षको अवधिमा १०६५ घरधुरीले इन्डक्सन चुलो प्रयोग गरेको उनले जनाए । यस कार्यक्रमले समुदायमा स्वच्छ ऊर्जा प्रयोगप्रति जनचेतना अभिवृद्धि गर्दै वातावरण संरक्षण र जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

संस्थाका अनुसार विद्युत लाइन भएको स्थानमा यस प्रकारको चुलो प्रयोग गर्न सकिन्छ । यस चुलोमा खाना पकाउदा धुँवा मुक्त हुनुको साथै समयको पनि बचत हुन्छ । यस प्रकारको चुलोले परम्परागत हिटर भन्दा निकै कम बिजुली खपत गर्ने र सुरक्षाको दृष्टिकोणले पनि राम्रो मानिएको सुन्दर नेपाल संस्थाका कोअर्डिनेटर पदम दर्मालीले जनाए । विद्युतीय चुलोको प्रयोगले आयातित एलपीजी ग्यासको खपत घटाउन मद्दत गर्ने र यो प्रविधी दिगो भरपर्दो गुणस्तरीय र स्वच्छ उर्जा पनि भएको उनले जनाए ।

स्वच्छ उर्जा प्रबिधिहरुमा पहुँच बढाउने उद्देश्यका साथ इएनडिभी र इएनडीभीको सहयोगमा सुन्दर नेपाल संस्था सुर्खेतद्वारा बिद्युतीय चुलो प्रबिधि प्रवर्धन गर्न स्थानीय सरकार, प्रदेश सरकार सँग समन्वय र सहकार्य गरी स्वच्छ उर्जामा पहुँच पु–याउने लक्ष्य रहेको छ । कार्यक्रमले अहिले इन्डक्सन चुलो सेट चुलो, प्रेशर कुकर र कराईलाई बिद्युतीय माध्यमबाट खाना पकाउने प्रमुख प्रबिधिको रुपमा प्रबर्धन गर्दै आएको दर्मालीले जनाए । अभिमुखिकरणमा विद्युतीय चुलोको महत्व, यस चुलो जडानका लागि प्राप्त हुने अनुदान, गाउँपालिकाले गर्न सक्ने सहयोग लगाएतका विषयमा अभिमुखिकरण गरिएको थियो ।

अन्तरक्रियाका सहभागिहरुले मानवीय र वातावरणीय जोखिम बढाएको परम्परागत ऊर्जाको विकल्पका बारेमा सोच्नुपर्ने र त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औल्याएका थिए । खाना पकाउनका लागि अत्यधिक मात्रामा दाउरा, गुइँठा लगायतको प्रयोग गर्दा धुँवा उत्पन्न हुने र त्यसले मानव स्वास्थ्य मात्रै नभई वातावरणमा समेत प्रत्यक्ष प्रभाव परेको जानकारहरु बताउँछन् । दाउराको जोहो गर्नुपर्ने बाध्यताका कारण वनजङ्गलको विनास पनि उत्तिकै बढेको छ । विशेष गरी महिला र बालबालिकाको स्वास्थ्यमा नराम्रो असर परेको छ । यस्तो अवस्थामा विद्युतीय चुलोको प्रयोग बढाउनका लागि अभियान चलाइएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...

निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...

पत्रकारमाथि धरपकड भए सिंहदरबार केन्द्रित आन्दोलन, अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत गुहार्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...

विकास पुग्यो तर बस्ती रित्तिए: पाल्पाका गाउँहरू वृद्धवृद्धाको सहारामा मात्रै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...

श्रीमती लिन ससुराली पुगेका युवकलाई सालोले आगो लगाइदियो, बचाउन गएकी भाउजूको पनि मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending