Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

सहरी विकास मन्त्रालयको स्टोरमा पाँच वर्षदेखि हालीमुहाली, सरुवा भएपछि सिंहदरबारमा तमासा

खबरडबली संवाददाता

काठमाडौं । २०७६ सालको चैतदेखि सहरी विकास मन्त्रालय अन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको स्टोरमा हालीमुहाली गर्दै आएका नायब सुब्बा पशुपति पोख्रेलले त्यहाँबाट अन्यत्र सरुवा भएको झोकमा सिंहदरबारमा तमासा देखाएका छन्। 

कानुन अनुसार दर्ता समेत नभएको स्वतन्त्र कर्मचारी संगठनको नाममा सहरी विकास मन्त्रालयको गेटमा अराजकता प्रदर्शन गरेका छन् । 

कुनै पनि कर्मचारी सामन्यतया एउटा कार्यालयमा दुई वर्ष बसिसकेपछि अन्यत्र सरुवा हुने कानुनी व्यवस्था रहेको छ। तर उनी विभिन्न शक्तिकेन्द्रको आडमा उक्त कार्यालयको जिन्सी शाखामा करिब पाँच वर्षदेखि बसिरहन सफल भएका थिए। 

गत कात्तिकमा सहरी विकास मन्त्रालयले उनलाई मन्त्रालय अन्तर्गत अन्यत्र सरुवा गरी उनको ठाउँमा नायब सुब्बा सुनिल रोकायालाई पठाएको थियो। नायब सुब्बा पशुपति पोख्रेल सरुवा भएपनि अर्को कार्यालयमा जान अटेर गरी बसेका थिए। 

उनले उल्टै अवधि नै नपुगेका नासू सुनिल रोकायलाई गृह मन्त्रालयमा सरुवा गराएका थिए। अवधि नपुगी सरुवा गरिएको भन्दै विवाद उत्पन्न भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नायब सुब्बा सुनिल रोकायाको सरुवा बदर गरी सहरी विकास मन्त्रालयमै कायम गरेको थियो। 

निज नायब सुब्बा पशुपति पोख्रेल विगतदेखि नै आकर्षक मानिएका उपत्यका स्थित साँखु मालपोत लगायतका कार्यालयमा बसेर काम गरेको र विगत लामो समयदेखि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको स्टोरमा बसी अनियमितता गर्दै आएको भन्दै विवादमा परेका थिए। 

उनलाई अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिनको दायरामा ल्याउन खोजेको बुझिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending