काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्ससामू १८३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८२ रनको योगफल तयार पार्यो । सुदूरपश्चिमका लागि दीपेन्द्रले २४ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले अविजित ५७ रन बनाए ।
विराटनगरका लागि अनिल खरेलले तीन थता क्रिस सोले, इस्मत अलाम र बसिर अहमदले समान एक विकेट लिए । दोस्रो ओभरको अन्तिम बलमा इस्मत आलमले ओपनर अमित श्रेष्ठलाई व्यक्तिगत एक रनमा मार्टिन गप्टिलबाट क्याच गराए ।
पाँचौं ओभरको चौथो बलमा अनिल खरेलले विराटनगरलाई दोस्रो सफलता दिलाए । २० बलमा चार चौकाको मद्दतले २३ रन बनाएर खेलिरहेका विनोद भण्डारी प्रतिश जिसीबाट क्याच हुँदै पेभेलियन फर्किए ।
छैटौं ओभरको चौथो बलमा बसिर अहमदले आरिफ शेखलाई व्यक्तिगत ९ रनमा निकोलस किर्टनबाट क्याच गराए ।
अनिलले ११ औं ओभरको तेस्रो बलमा सेफ जैबलाई बोल्ड गरे । उनी १५ बलमा एक छक्काको मद्दतले १४ रन बनाउँदै पेभेलियन फर्किए ।
अनिलले १३ औं ओभरको चौथो बलमा व्यक्तिगत तेस्रो विकेट लिए । उनले २६ बलमा समान दुई चौका र छक्काको मद्दतले ३६ रन बनाएर खेलिरहेका ब्रेन्डन म्याकमुलनलाई प्रतिशबाट क्याच गराउँदै पेभेलियनको बाटो देखाए । इशान पाण्डे १६औं ओभरको चौथौ बलमा तीन रन लिने धुनमा रनआउटको शिकार बने । उनले १६ बलको सामना गर्दै दुई चौका र एक छक्काको मद्दतले २१ रन बनाए ।
क्रिस सोलेले १९औं ओभरको तेस्रो स्कट कुग्गेलिजनलाई व्यक्तिगत १० रनमा किर्टनबाट क्याच गराए । उनले ६ बलमा दुई चौका प्रहार गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १८:०९
काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...
आषाढ़ ३१ गते, २०८३ - १७:१४
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...
आषाढ़ ३१ गते, २०८३ - १६:५१
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...
आषाढ़ ३१ गते, २०८३ - १६:३०
काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...
आषाढ़ ३१ गते, २०८३ - १६:२३
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...
आषाढ़ ३१ गते, २०८३ - १६:१५
काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए। त्यसअघि बैठ...
आषाढ़ ३१ गते, २०८३ - १६:०८
काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...
आषाढ़ ३१ गते, २०८३ - १६:०१
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...
आषाढ़ ३१ गते, २०८३ - १५:५३
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...
आषाढ़ ३१ गते, २०८३ - १५:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...



प्रतिकृया लेख्नुहोस्: