Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

काँग्रेसभित्र किचलो, कोेशीमा कोइराला समूहको छुट्टै भेला

खबरडबली संवाददाता

विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेश समितिले प्रदेश सम्मेलन आयोजना गरेकोमा डा।शेखर कोइराला पक्षले त्यसअघि पालिका सभापतिहरूको भेला आयोजना गरेपछि काँग्रेसभित्र विवाद देखिएको छ ।

काँग्रेस प्रदेश समितिका सभापति संस्थापन पक्षमा रहेका कृष्णप्रसाद सिटौला निकट उद्धव थापा छन् । थापा नेतृत्वको प्रदेश समितिले मंसिर २२ गते पहिलो सम्मेलन गर्ने तय गरेकोमा मंसिर १८ र १९ गते प्रदेश राजधानी विराटनगरमा सभापतिहरुको भेला कोइराला पक्षले राखेको छ ।

प्रदेश समितिले पार्टीको पहिलो सम्मेलन मिति तय गरेपछि कोइराला समूहले त्यसअघि नै पालिका सभापतिहरूको भेला गर्न लागेको हो । सभापति भेलाको आयोजक भने मोरङका १७ वटै स्थानीय पालकिा कमिटि रहेको बताइएको छ ।
प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि र अन्य पदाधिकारीहरूको पनि सहभागिता रहनेछ भने सभापतिहरुको भेलामा डा।कोइराला प्रमुख अतिथि हुनेछन् । प्रदेश सभापति उद्धब थापाले आफूहरु प्रदेश सम्मेलनको तयारीमा रहेको जानकारी दिँदै अर्को भेलाबारे केही जानकारी नभएको बताए । त्यस्तो आयोजना हुन लागेको हो भने त्यो अबैधानिक हुने उनले बताए ।

प्रदेश सम्मेलनमा प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, महासमिति सदस्य, महाविधेशन प्रतिनिधि, पालिका सभापति, प्रतिनिधिसभा तथा प्रदेश अधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् । बन्दसत्रमा ६४८ जना प्रतिनिधिहरू सहभागी हुने र सोही सत्रले कांग्रेस कोशीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गर्ने तयारी छ ।

कोइराला पक्षले आयोजना गर्न लागेको पालिका सभापतिहरूको भेलाको संयोजन गरिरहेका कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंले पार्टीकै विधानमाथि छलफल गर्न भेला आयोजना गर्न लागेको बताएका छन् । कसैको दबाबले भेला नरोकिने उल्लेख गर्दै उनले पार्टीका पालिकास्थित समितिहरूले कार्यक्रम गर्दा जिल्लालाई जानकारी दिनुपर्ने प्राबधान रहेकोमा मोरङ जिल्ला कमिटिलाई जानकारी दिएको उनले बताए । मोरङ सभापति कोइराला पक्षकै डिगबहादुर लिम्बू छन् ।

मोरङका सबै पालिका कमिटिको आयोजनामा कोइराला भेला गर्न लागेको कोइराला पक्षले जनाएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा कोइराला समूहका पालिका सभापतिहरु मात्रै सहभागी थिए । कार्यक्रमको संयोजन चापागाईंले नै गरिरहेका छन् ।

पत्रकार सम्मेलनमा विराटनगरका सभापति चापागाईँ बेलबारीका सभापति छत्र लिम्बु, सुन्दरहरैचाका सभापति भक्तिप्रसाद सिटौला, कटहरिका सभापति रामकुमार कामतलगायतका नेता सहभागी थिए । उनीहरू सबै जना कोइराला समूहका हुन् ।
आयोजक समितिका संयोजक चापागाईँले भने आफूहरुले कुनै समूहको नभएर काँग्रेसका १३७ पालिकाका सभापतिको भेला गर्न लागेको बताए । ‘यो गुटको भेला होइन,’ उनले भने ‘शेखर कोइराला आउने भनेपछि त्यसरी हल्ला गरिएको हो । काँग्रेसलाई सुदृढ बनाउने योजना मात्रै हो ।’ काँग्रेस लबारीका सभापति छत्र लिम्बूले भने प्रदेश सम्मेलनमा बाइपास गर्न खोजिएको भन्दै आपत्ती जनाए ।

काँग्रेसभित्रको आन्तरिक किचलोको कारण कोशी प्रदेश सरकारमा समेत कोइराला समूह सहभागी भएको छैन । आफ्नो प्रदेशमा संस्थापन पक्षमाथि दबाब बढाउने रणनीति अनुसार पालिका सभापतिको भेला गर्न लागिएको नेताहरूले बताएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending