Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

बुद्दको शिक्षा लिन र अनुयायी हुन प्रधानमन्त्रीको आग्रह

खबरडबली संवाददाता

लुम्बिनी। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरेका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै कुलपति एवं प्रधानमन्त्री ओलीले सबै सुखी होउन् भन्ने बुद्धका सन्देशको अर्को रुप नै आफूहरुले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा भएकाले यसलाई पूरा गर्न सबैमा आग्रह गरेका हुन् ।

अभिभावको लगानी, माया र मेहनतबाट दीक्षित हुने अवस्थासम्मको सफलता प्राप्त गरेकामा अभिभावक र विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले बुद्ध दर्शन, आचरण र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरे । “मानवीय गुण भनेको ढाँटछल, जालझेल र प्रपञ्च होइन । मानवीय गुण भनेको शान्ति, करुणा र प्रेमको गुण हो ।” प्रधानमन्त्री ओलीले भने, “घृणाले घृणा, अशान्तिले अशान्ति र शत्रुताले शत्रुता बढाउने तथा प्रेमले प्रेम, शान्तिले शान्ति र राम्रोले राम्रो नै बढाउने बुद्धदर्शनलाई हामीले पछ्याउनुपर्छ । नराम्रो मार्गमा हिँड्न हुन्न भन्ने थाहा पाइपाइकन पनि त्यस बाटोमा मान्छे हिँडिरहेको हुन्छ । त्यसबाट लाभ हुँदैन भन्ने थाहा पाएर गलत कामको लत बसाउनु हुँदैन । अशल मार्गमा हिँड्न सक्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले लुम्बिनी बुद्धको जन्मथलो र बौद्ध दर्शनको पनि थलो भएको उल्लेख गर्दै यसलाई पावनभूमिका रुपमा विकासित र प्रचारप्रसार गर्न सरकारले पहल गर्दै आएको बताए।   आफू पहिलो पटक प्रधानमन्त्री हुँदा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गरेको र दोस्रो कार्यकालमा पाँच हजार जना सहभागी हुन सक्ने ध्यान केन्द्र बनाउने काम गरेको स्मरण गरेका छन् ।

समारोहमा कुलपति ओलीबाट भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधिप्राप्त दुई सय ८९ जना दीक्षित भएको थिए। प्रधानमन्त्री ओलीले जीवनमा कसैको कुभलो नचिताउने तथा सँधै सकारात्मक चिन्तन र व्यवहार प्रदर्शन गर्ने गुरुमाले मानार्थ विद्यावारिधिको सम्मान स्वीकार गरेर विश्वविद्यालयलाई थप सुपरिचित गराएको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इन्धन बचत गर्न काठमाडौं महानगरमा ‘कार पुलिङ’ कार्यक्रम लागू

काठमाडौं । काठमाडौं महानगरपालिका ले आफ्ना कर्मचारीहरूका लागि सवारी साधन आलोपालो प्रयोग गर्ने ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। कार्यवा...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई एक खेलको प्रतिबन्ध र शतप्रतिशत म्याच शुल्क जर...

जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना: मन्त्री चौधरी

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताएकी छन्। वनस्पति विभागको ६६औँ वार्षिको...

बर्दिबासमा बेवारिसे शव फेला, पहिचान खुल्न बाँकी

महोत्तरी। महोत्तरी जिल्लाको बर्दिबास बजार क्षेत्रमा  एक अपरिचित व्यक्तिको बेवारिसे शव फेला परेको छ। स्थानीय बासिन्दाले सडक किनारमा शव देखेपछि तत्का...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेट, टर्की भ्रमणबारे जानकारी

काठमाडौँ । रामचन्द्र पौडेल र नारायणप्रसाद दाहाल बीच आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटघाट भएको छ। राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उक्त भेटव...

बाँकेमा ६ महिनामा २७० फरार प्रतिवादी पक्राउ, तीन करोड ३५ लाख जरिवाना असुली

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा २७० जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको जनाएको छ । जिल्ला प्र...

जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ

सप्तरी। जेनजी आन्दोलनको क्रममा राजविराज कारागारबाट फरार भएका एक कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्...

बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला २०० र चाँदी  १५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ...

दुई दिनको बिदाले बन्दीपुरमा पर्यटकको चाप बढ्दो

तनहुँ। सरकारले शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिन थालेपछी तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । यसअघि शनि...

नेपालको एकमात्र रेल सेवा घाटामा, मालवाहक सेवा थप्न माग

महोत्तरी। देशको एकमात्र रेल सेवा सञ्चालन गरिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले आर्थिक घाटा झेल्दै आएको छ। पछिल्लो पाँच वर्षको तथ्याङ्कले कम्पनीको आम्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending