Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

सिरहामा शिक्षकको लापरपाहीले विद्यालयको गेट ढल्दाँ दुई बालक घाइते, एकको अवस्था गम्भिर

खबरडबली संवाददाता

सिरहा। सिरहाको नरहामा शिक्षकहरुको लापरवाहीले विद्यालयको गेट ढल्दाँ दुइजना बालक घाइते भएको छन् ।

घाइते मध्येय एकको अवस्था गम्भिर रहेको छ। नरहा गाउँ पालिका १ गौरहा स्थित श्री आधारभुत विद्यालयको फलामे गेट ढलेर चोट लाग्दा कक्षा ४ मा अध्ययनरत कासिन्द सदायका छोरा १० वर्षिय राजेश सदाय र फुल कुमार यादवको छोरा ११ वर्षिय प्रिन्स यादव घाइते भएका हुन्।

घाइते मध्येय राजेशको अवस्था गम्भिर रहेको छ। उनको टाउकोमा गम्भिर चोट लागेकाले थप उपचारको लागि विराटनगर लगिएको विद्यालयका शिक्षक रामजुलुम यादवले बताए। उनले, ‘प्रिन्सको पिठ्युमा घाउ लागेको र अवस्था चिन्तामुक्त रहेकाले गोलबजारस्थित लाईफ लङ्ग अस्पतालमा उपचार भईरहेको छ।’  फलामे ढोकाले लागेर राजेशको टाउकोमा गम्भिर चोट लागेको शिक्षक यादवले जनाए।

यता, कार्यालय सहयोगीले विद्यार्थीलाई गेट खोल्न लगाउँदा घटना हुन पुगेको स्थानियहरुको आरोप छ।  ढोका खोल्दा ढोकाबाट साउन्ड आयो र एकैपल्ट ढोका झर्दा बिद्यार्थीहरुको भागाभाग भएको थियो सो क्रम्मा दुई बिद्यार्थी घाइते भएको स्थानियहरुको भनाई छ ।

विद्यालयका कार्यालय सहयोगी मुख्य स्लाईड गेट आधीमात्र खोेलेर कक्षा कोठा र कार्यालय खोल्न गए पछि राजेश गेटमा चढेर प्रिन्सलाई धकेल्न लगाउँदा गेटको चक्का उछिट्टिएर ढल्दा चोट लागेको शिक्षकहरुको भनाई रहेको छ।

बिद्यालयका शिक्षकहरु समयमा विद्यालय नआउनाले पनि यो घटना हुन पुगेको अभिभावकहरुको गुनासो रहेको छ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसीसी महिला प्रिमियर कपमा आज नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...

आज डलर कति पुग्यो? यस्तो छ विदेशी मुद्राको नयाँ दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...

पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’को सम्पादकमा नियुक्त

काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...

समानुपातिक सूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अनिवार्य गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...

काेशीमा ४ करोड र २ करोडको बजेट सीमा, किन बन्यो विवादको केन्द्र?

विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...

एमालेमा पराजयपछि बढ्दो असहमति : नेतृत्व, पुनर्गठन र यथार्थबीचको टकराव

काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...

बीपी राजमार्गमा सवारी सञ्चालनको समय हेरफेर

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...

कृष्णकुमारीको ‘नारी रेखा’ सार्वजनिक

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...

विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा

मुस्ताङ । सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति आज मुस्ताङ पुगेको छ । विद्युतीय...

कालीमाटीको नयाँ सूची: कुन तरकारी सस्तो, कुन महँगो?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending