जनकपुरधाम। धनुषाको नगराईन नगरपालिकामा चालु आर्थिक वर्षको पाँचौ महिनासम्म पनि आर्थिक कारोबार सञ्चालन हुन सकेको छैन । नगरपालिकामा नगरप्रमुख र उपप्रमुखबिच सहमति नहुँदा नगरसभा हुन सकेको छैन, जसकारण नगरपालिकाको आर्थिक कारेबार सञ्चालन हुन नसकेको हो ।
सभा नहुँदा नगरपालिकाका विभिन्न आर्थिक कारोबार तथा योजनाहरू कार्यान्वयनमा पनि अवरोध उत्पन्न भएको छ । जसले गर्दा सम्पन्न भएका कामको भुक्तानी सकेको छैन भने चालु आर्थिक वर्षको कुनैपनि योजना अगाडि बढ्न समेत सकेको छैन । गत वर्षको कार्यक्रमबाट सम्पन्न भएको सडक बत्ती जडानको काम सकिँदा पनि भुक्तानी हुन नसकेको नगराइनका नगरप्रमुख विनयकुमार यादवले बताए।
यसले नगरपालिकाको विकास क्रमलाई पछि धकेलेको छ भने पालिकाको काम समयमा हुन नसक्ने देखिएको प्रमुख यादवको भनाइ छ । पालिकाको आवश्यक सेवा प्रवाहमा समेत बाधा पुर्याएको उनले बताए।
गत असार १० गते बोलाइएको सभाको बैठकमा उपप्रमुख उपस्थित नहुनु, सभा सञ्चालका लागि सहमतिमा नआउँदा बजेट पास हुन नसकेको नगरप्रमुखको भनाइ छ । उनले भने, “कांग्रेसबाट निर्वाचित प्रमुख र एमालेबाट निर्वाचित उपप्रमुख भएका कारण विवाद भएको हो । यहाँ एमालेको बहुमत छ । त्यसकारण पनि सहमति हुन नसकेको हो ।”
यता, नगराईन नगरपालिकाका उपप्रमुख राधादेवी यादवले भने सभाका लागि कुनै जानकारी नगराएको बताएको छन् । उनले गत असार १० गतेको सभाबारे आफूलाई कुनै जानकारी नभएको बताउदै उनले भने, “नगरप्रमुखले आफू अनुकूल योजना चलाउन खोज्दा यस्तो भएको हो । सबैको हित र सहमति अनुसार सभा सञ्चालन गर्न सकिन्छ ।”
नगरपालिकाको आर्थिक कारोबार ठप्प हुँदा सामाजिक सुरक्षाकोषअन्तर्गतको रकम निकासा हुन सकेको छैन भने कर्मचारीहरुले समेत तलब पाउन सकेका छैनन् । यसरी प्रमुख र उपप्रमुखबिच विवाद हुँदा नगरसभा सञ्चालन हुन सकेको छैन । जसकारण कार्यपालिकाको कामकाजमा बाधा पुग्दा योजनाहरु समयमा सम्पन्न नहुने देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १२:३१
म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जोड्ने बेनी–दरवाङ सडकको वैकल्पिक मानिएको महारानीथान–छाप–डाडाखेत–ठूल...
पौष १४ गते, २०८२ - १२:१५
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने तयारी गरेका छन् । न...
पौष १४ गते, २०८२ - १०:४९
रौतहट। रौतहटमा चिसो अत्याधिक बढेपछि चन्द्रपुर नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका...
पौष १४ गते, २०८२ - १०:३५
विराटनगर । मोरङ प्रहरीले गाँजा तस्करी नियन्त्रण गर्ने क्रममा आइतबार राति पनि हवाई फायर गरेको छ । मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई...
पौष १४ गते, २०८२ - १०:०४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। निर्वाचन आयोगले तोकेको नि...
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...




प्रतिकृया लेख्नुहोस्: