रौतहट। रौतहटको सदरमुकाम गौर स्थित एकै रातमा छुट्टाछुट्टै दुई पसलको ताल्चा फुटाएर लाखौंको मोबाईल चोरी गर्ने दुईजना चोरलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।
चोरीको मोबाईल सहित पक्राउपर्नेहरुमा स्थानिय राजदेवी नगरपालिका ९ ब्रहमापुरिका सोनालाल मण्डलको छोरा बर्ष १९ को शिवजी मण्डल र सोही ठाउँका १८ बर्षीय निरज मण्डल रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दिपक कुमार रायले बताएका छन्।
उनीहरू माथी बिहीवार चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौर बाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता डिएसपी रायले जानकारी दिएका छन्। गत बुधवार राती उनीहरूले गौर स्थित चौधरी मार्केट भित्र नेशनल मोबाईल पसलको ताल्चा फुटाएर १५ थान मोबाईल चोरेर लागेका थिए। लगत्तै राति डेढ बजे गौर स्थित बरहवा पुल नजिक गौर इन्टर प्राईजेज मोबाईल पसलको ताल्चा फुटाएर ४ वटा मोबाईल चोरी गरेको थियो।
सोही क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोली र स्थानीय मिलेर दुबैजना लाई चोरी गर्दा रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। पक्राउ परेका दुवैजना जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १२:१५
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने तयारी गरेका छन् । न...
पौष १४ गते, २०८२ - १०:४९
रौतहट। रौतहटमा चिसो अत्याधिक बढेपछि चन्द्रपुर नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका...
पौष १४ गते, २०८२ - १०:३५
विराटनगर । मोरङ प्रहरीले गाँजा तस्करी नियन्त्रण गर्ने क्रममा आइतबार राति पनि हवाई फायर गरेको छ । मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई...
पौष १४ गते, २०८२ - १०:०४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। निर्वाचन आयोगले तोकेको नि...
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...




प्रतिकृया लेख्नुहोस्: