रौतहट। रौतहटको सदरमुकाम गौर स्थित एकै रातमा छुट्टाछुट्टै दुई पसलको ताल्चा फुटाएर लाखौंको मोबाईल चोरी गर्ने दुईजना चोरलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।
चोरीको मोबाईल सहित पक्राउपर्नेहरुमा स्थानिय राजदेवी नगरपालिका ९ ब्रहमापुरिका सोनालाल मण्डलको छोरा बर्ष १९ को शिवजी मण्डल र सोही ठाउँका १८ बर्षीय निरज मण्डल रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दिपक कुमार रायले बताएका छन्।
उनीहरू माथी बिहीवार चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौर बाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता डिएसपी रायले जानकारी दिएका छन्। गत बुधवार राती उनीहरूले गौर स्थित चौधरी मार्केट भित्र नेशनल मोबाईल पसलको ताल्चा फुटाएर १५ थान मोबाईल चोरेर लागेका थिए। लगत्तै राति डेढ बजे गौर स्थित बरहवा पुल नजिक गौर इन्टर प्राईजेज मोबाईल पसलको ताल्चा फुटाएर ४ वटा मोबाईल चोरी गरेको थियो।
सोही क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोली र स्थानीय मिलेर दुबैजना लाई चोरी गर्दा रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। पक्राउ परेका दुवैजना जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २३ गते, २०८३ - ०८:३०
काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...
जेष्ठ २३ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...
जेष्ठ २३ गते, २०८३ - ०८:२५
काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...
जेष्ठ २३ गते, २०८३ - ०८:२४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...
जेष्ठ २३ गते, २०८३ - ०८:१०
विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...
जेष्ठ २३ गते, २०८३ - ०८:०६
काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...
जेष्ठ २३ गते, २०८३ - ०८:०२
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...
जेष्ठ २३ गते, २०८३ - ०८:०१
काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...
जेष्ठ २३ गते, २०८३ - ०७:५६
मुस्ताङ । सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति आज मुस्ताङ पुगेको छ । विद्युतीय...
जेष्ठ २३ गते, २०८३ - ०७:५४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली...



प्रतिकृया लेख्नुहोस्: