Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

लुम्बिनी महोत्सवमा टिकटक प्रतियोगिता, विजेतालाई नगद पुरस्कार

खबरडबली संवाददाता

भैरहवा ।  लुम्बिनी महोत्सवको प्रबद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले भैरहवामा टिकटक प्रतियोगिता आयोजना गरिएको छ । सिद्धार्थ उद्योग बाणिजय संघ, रुपन्देहीको आयोजनामा यही मंसिर २० देखि पुस १ गतेसम्म भैरहवास्थित अंचलपुरमा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव हुँदैछ । सामाजिक संजाल टिकटकमार्फत् महोत्सवको प्रचारप्रसार गरी बढी भन्दा बढी दर्शकको उपस्थिति गराउन आयोजकले टिकटक प्रतियोगिता आयोजना गरेका हुन् ।

‘लुम्बिनी महोत्सवमा घुम्न जाऔं’ भनेर उत्कृष्ट टिकटक भिडियो बनाएर पोष्ट गर्नेलाई आर्कषक पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ । संघका सचिव तथा महोत्सवका प्रचारप्रसार समिति संयोजक मंगल भण्डारीले मेलाको प्रचारप्रसार हुने गरी टिकटक प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

‘धेरैजनाले टिकटक चलाउनुहुन्छ, यसलै भैरहवामा महोत्सव लाग्न लागेको जानकारी दिन र महोत्सवको प्रबद्र्धन गर्न प्रतियोगिता राखिएको हो’, उनले भने, ‘प्रतियोगितामा धेरैजना सहभागी भएर प्रतिस्पर्धा गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।’

टिकटक प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीले महोत्सवको प्रचार हुने किसिमको भिडियो बनाई आफ्नो अकाउण्टमा पोष्ट गर्नुपर्ने छ । टिकटक भिडियो पोष्ट गर्दा ‘ह्याचट्याग लुम्बिनी महोत्सव २०८१’ लेखेर पोष्ट गर्नुपर्ने छ ।

प्रचारप्रसार समिति संयोजक भण्डारीका अनुसार प्रतिस्पर्धीले केही नियम भने पालना गर्नुपर्ने छ । उनका अनुसार भिडियो लुम्बिनी राष्ट्रिय महोत्सवलाई केन्द्रित गरेर बनाउनुपर्नेछ । यस्तै, टिकटक भिडियो बढीमा दुई मिनेटको हुनुपर्नेछ, भिडियो प्रतिस्पर्धीले एकल वा सामूहिकरुपमा पनि बनाउन सक्नेछन् ।

यस्तै, प्रतिस्पर्धामा जुनसुकै उमेर समूहकाले भाग लिन सक्नेछन् । प्रतियोगीले मंसिर १२ गतेदेखि १९ गतेसम्म ‘घुम्न जाउ लुम्बिनी महोत्सव’ भनेर सन्देशमूलक र प्रचारात्मक भिडियो बनाएर पोष्ट गर्नुपर्नेछ । यसपछि महोत्सव सुरु हुने दिन मंसिर २० देखि २९ गतेसम्म महोत्सवको विशेषतामा केन्द्रित भएर भिडियो बनाएर पोष्ट गर्नुपर्ने छ ।

‘हामीले दुई क्लिप भिडियो बनाएर टिकटकमा पोष्ट गर्नुपर्ने नियम बनाएका छौं’, भण्डारीले भने, ‘एउटाले महोत्सव घुम्न जाउ भन्ने सन्देश प्रवाह गर्छ भने अर्कोले महोत्सवका विशेषता उजागर गर्नेछ ।’

नियम पूरा गरि पोष्ट भएको एक उत्कृष्ट भिडियोलाई प्रचार समितिले विजेता घोषणा गर्नेछ । विजेता घोषणा गर्दा टिकटक बनाएर पोष्ट गरेको मिति, त्यसले दिएको सन्देश तथा प्रचारप्रसारको अवस्था, लाइक, भ्युज र शेयरलाई आधार मानिने आयोजकले जनाएका छन् । विजेतालाई ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कारसहित आकर्षक उपहार प्रदान गरिने उद्योग बाणिज्य संघले जनाएको छ ।

संघका अध्यक्ष तथा मेला मूल आयोजक समिति संयोजक ठाकुरकुमार श्रेष्ठले भैरहवा र यस आसपासको आर्थिक गतिविधिलाई बढवा दिन पनि टिकटक प्रतियोगिताले केही न केही सहयोग पुग्ने बताए । ‘कतिपय दर्शक टिकटक हेरेर पनि मेला भर्न आउने हाम्रो अनुमान छ’, उनले भने, ‘मेलामा आउनेले केहीले खरिद गर्नुहुन्छ, केहीले खानपिन गर्नुहुन्छ । केहीले यहाँ प्रदर्शनीमा राखिएका सामानका बारे बुझ्ने र जानकारी लिने गर्नुहुन्छ । तसर्थ प्रतियोगिताको धेरै महत्व छ ।’ उलने महोत्सव सबैको साझा भएकाले सफल पार्न अपिल गरे 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending