भैरहवा । लुम्बिनी महोत्सवको प्रबद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले भैरहवामा टिकटक प्रतियोगिता आयोजना गरिएको छ । सिद्धार्थ उद्योग बाणिजय संघ, रुपन्देहीको आयोजनामा यही मंसिर २० देखि पुस १ गतेसम्म भैरहवास्थित अंचलपुरमा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव हुँदैछ । सामाजिक संजाल टिकटकमार्फत् महोत्सवको प्रचारप्रसार गरी बढी भन्दा बढी दर्शकको उपस्थिति गराउन आयोजकले टिकटक प्रतियोगिता आयोजना गरेका हुन् ।
‘लुम्बिनी महोत्सवमा घुम्न जाऔं’ भनेर उत्कृष्ट टिकटक भिडियो बनाएर पोष्ट गर्नेलाई आर्कषक पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ । संघका सचिव तथा महोत्सवका प्रचारप्रसार समिति संयोजक मंगल भण्डारीले मेलाको प्रचारप्रसार हुने गरी टिकटक प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
‘धेरैजनाले टिकटक चलाउनुहुन्छ, यसलै भैरहवामा महोत्सव लाग्न लागेको जानकारी दिन र महोत्सवको प्रबद्र्धन गर्न प्रतियोगिता राखिएको हो’, उनले भने, ‘प्रतियोगितामा धेरैजना सहभागी भएर प्रतिस्पर्धा गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।’
टिकटक प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीले महोत्सवको प्रचार हुने किसिमको भिडियो बनाई आफ्नो अकाउण्टमा पोष्ट गर्नुपर्ने छ । टिकटक भिडियो पोष्ट गर्दा ‘ह्याचट्याग लुम्बिनी महोत्सव २०८१’ लेखेर पोष्ट गर्नुपर्ने छ ।
प्रचारप्रसार समिति संयोजक भण्डारीका अनुसार प्रतिस्पर्धीले केही नियम भने पालना गर्नुपर्ने छ । उनका अनुसार भिडियो लुम्बिनी राष्ट्रिय महोत्सवलाई केन्द्रित गरेर बनाउनुपर्नेछ । यस्तै, टिकटक भिडियो बढीमा दुई मिनेटको हुनुपर्नेछ, भिडियो प्रतिस्पर्धीले एकल वा सामूहिकरुपमा पनि बनाउन सक्नेछन् ।
यस्तै, प्रतिस्पर्धामा जुनसुकै उमेर समूहकाले भाग लिन सक्नेछन् । प्रतियोगीले मंसिर १२ गतेदेखि १९ गतेसम्म ‘घुम्न जाउ लुम्बिनी महोत्सव’ भनेर सन्देशमूलक र प्रचारात्मक भिडियो बनाएर पोष्ट गर्नुपर्नेछ । यसपछि महोत्सव सुरु हुने दिन मंसिर २० देखि २९ गतेसम्म महोत्सवको विशेषतामा केन्द्रित भएर भिडियो बनाएर पोष्ट गर्नुपर्ने छ ।
‘हामीले दुई क्लिप भिडियो बनाएर टिकटकमा पोष्ट गर्नुपर्ने नियम बनाएका छौं’, भण्डारीले भने, ‘एउटाले महोत्सव घुम्न जाउ भन्ने सन्देश प्रवाह गर्छ भने अर्कोले महोत्सवका विशेषता उजागर गर्नेछ ।’
नियम पूरा गरि पोष्ट भएको एक उत्कृष्ट भिडियोलाई प्रचार समितिले विजेता घोषणा गर्नेछ । विजेता घोषणा गर्दा टिकटक बनाएर पोष्ट गरेको मिति, त्यसले दिएको सन्देश तथा प्रचारप्रसारको अवस्था, लाइक, भ्युज र शेयरलाई आधार मानिने आयोजकले जनाएका छन् । विजेतालाई ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कारसहित आकर्षक उपहार प्रदान गरिने उद्योग बाणिज्य संघले जनाएको छ ।
संघका अध्यक्ष तथा मेला मूल आयोजक समिति संयोजक ठाकुरकुमार श्रेष्ठले भैरहवा र यस आसपासको आर्थिक गतिविधिलाई बढवा दिन पनि टिकटक प्रतियोगिताले केही न केही सहयोग पुग्ने बताए । ‘कतिपय दर्शक टिकटक हेरेर पनि मेला भर्न आउने हाम्रो अनुमान छ’, उनले भने, ‘मेलामा आउनेले केहीले खरिद गर्नुहुन्छ, केहीले खानपिन गर्नुहुन्छ । केहीले यहाँ प्रदर्शनीमा राखिएका सामानका बारे बुझ्ने र जानकारी लिने गर्नुहुन्छ । तसर्थ प्रतियोगिताको धेरै महत्व छ ।’ उलने महोत्सव सबैको साझा भएकाले सफल पार्न अपिल गरे
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - ०८:१६
काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...
आषाढ़ २३ गते, २०८३ - ०८:०१
काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...
आषाढ़ २३ गते, २०८३ - ०७:४८
काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...
आषाढ़ २३ गते, २०८३ - ०७:४१
सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...
आषाढ़ २३ गते, २०८३ - ०७:३७
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...
आषाढ़ २३ गते, २०८३ - ०७:३०
काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...
आषाढ़ २३ गते, २०८३ - ०७:२७
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...
आषाढ़ २३ गते, २०८३ - ०७:२२
बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...
आषाढ़ २३ गते, २०८३ - ०७:१६
पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...
आषाढ़ २३ गते, २०८३ - ०७:११
काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...



प्रतिकृया लेख्नुहोस्: