पेरिस। फ्रान्समा आफ्नी श्रीमतीलाई लागुऔषध खुवाएर १० वर्षसम्म अज्ञात व्यक्तिबाट बलात्कार गर्ने अभियुक्तलाई २० वर्ष कैद सजायको माग गरिएको छ ।
ती आरोपीत पतिको नाम डोमिनिक पेलिकोट (७१ वर्ष) हो। पेलिकोटले आरोपमा दोषी स्वीकार गरेका छन्। यस मुद्दामा अन्य ५० जना पुरुषहरू पनि मुद्दाको सामना गरिरहेका छन्।
सामूहिक बलात्कारको शिकार भएकी गिसेल पेलिकोटले यस मामिलामा माफीको प्रश्न नै नरहेको बताएकी छन् । गिजेलले भनिन्, ‘यी खराब मान्छे हुन्। उनले बलात्कार गरेका छन् । महिलालाई ओछ्यानमा सुतिरहेको देख्दा कसैले आफैलाई प्रश्न सोध्नु पर्दैन ? के उनीहरुको दिमाग छैन ?’
सरकारी वकिल लाउरे चाबाउडले गत सोमबार अदालतलाई भनेका छन, ‘आरोपीहरूले जिसेल पेलिकोटले सहमति दिएको भन्ने सोचेर जिम्मेवारीबाट बच्न खोजिरहेका छन्। तस्बिरहरूले स्पष्ट रूपमा देखाउँदछ कि गिसेल पेलिकोट बेहोस थिइन् र त्यसैले उनले आफ्नो सहमति दिन असमर्थ थिइन ।’
फ्रान्स २४ को रिपोर्टका अनुसार आरोपी र महिलाको विवाह भएको ५० वर्ष भइसकेको छ । महिलाको उमेर ७२ वर्ष छ । दुबैका ३ सन्तान पनि छन् । मुद्दाको सुनुवाइका सम्बन्धमा महिलाले बन्द ढोका पछाडि मुद्दाको सुनुवाइ नहोस् भन्ने आफूले नचाहेको बताइन् । अपराधीहरूले उनलाई लुकाउन चाहन्थे।
प्रहरीका अनुसार आरोपी पेलिकोट वेवसाइटमार्फत पुरुषसँग सम्पर्कमा आएर फोन गर्ने गर्थे । आफ्नी श्रीमतीलाई गहिरो निन्द्रा दिन उनले खाना र पेय पदार्थमा निद्राको चक्की मिसाउने गर्थे । त्यसपछि उनलाई बलात्कार गर्ने गर्थे। सो घटनाको भिडियो पनि बनाउने गदर्थे ।
समाचार अनुसार बलात्कारको घटना २०११ देखि २०२० सम्म भएको थियो । महिलाका वकिलका अनुसार श्रीमतीलाई यस्तो बेहोस अवस्थामा राखिएको थियो कि उनलाई अपराधबारे थाहा नै भएन । यससँग जोडिएको एउटा घटना पनि उनलाई याद छैन ।
ती वकिलले अगाडी भने कि २०२० मा अपराधको अनुसन्धानका लागि प्रहरीले महिलालाई बोलाउँदा यो स्तब्ध पार्ने कथा थाहा हुन पुगेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - १७:४४
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...
माघ ८ गते, २०८२ - १७:१७
ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...
माघ ८ गते, २०८२ - १६:५८
काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...
माघ ८ गते, २०८२ - १६:४३
काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...
माघ ८ गते, २०८२ - १६:३४
काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...
माघ ८ गते, २०८२ - १५:२९
काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...
माघ ८ गते, २०८२ - १५:२३
काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...
माघ ८ गते, २०८२ - १५:११
काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...
माघ ८ गते, २०८२ - १४:५९
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...
माघ ८ गते, २०८२ - १४:४६
झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...




प्रतिकृया लेख्नुहोस्: