काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले यही वर्ष जुनमा आफ्ना लामो समयदेखिका प्रेमी जहीर इकबालसँग विवाह गरेकी थिइन् । सोनाक्षी र जहीरको विवाहको तस्बिर भाइरल भएपनि यो विवाहलाई लिएर उनीहरुलाई धेरै ट्रोलिङको सामना गर्नुपरेको थियो ।
धेरैले सोनाक्षी र जहीरको विवाहको विरोध गरे किनभने उनीहरु फरक धर्मका थिए तर उनीहरु दुबैमा त्यसको कुनै असर भने परेन । सोनाक्षी विवाहपछि निकै खुसी छिन् र हालै उनी पति जहीर र पिता शत्रुघ्न सिन्हासँग ‘द ग्रेट इन्डियन कमेडी’ शोमा देखिएकी थिइन् ।
सोनाक्षीसँगै उनका बुबा शत्रुघ्न र आमा पुनम सिन्हा पनि कपिलको शोमा सहभागी भएकी थिइन् । साथै श्रीमान् जहीर इकबाल पनि यस शोको हिस्सा बनेका छन् । सम्पूर्ण परिवारको उपस्थितिका कारण कार्यक्रममा निकै रमाइलो र उत्साह थियो । यसै क्रममा दबंग गर्ल भनेर चिनिने सोनाक्षी सिन्हाले पनि एउटा रोचक खुलासा गरेकी छिन् ।
सोनाक्षीले आफ्ना बुवा शत्रुघ्न सिन्हालाई तपाई आफ्नो ज्वाइँलाई राम्ररी नचिनेको बताइन् । उनी भन्छिन्, ‘यदि कसैले छोरीलाई चुप लगाउन सक्छ भने त्यो मात्र हो ।’
यसको जवाफमा जहीर मुस्कुराउँदै भन्छन्, ‘यो झूट हो ।
नजिकै बसेका शत्रुघ्नले ठट्टा गर्दै भन्छन्, ‘त्यसो भए छोरी सहि ठाउँमा गइन् ।' यसपछि सिन्हा परिवारका सबैजना कपिल शर्मासँगै हाँस्न थाल्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: