ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा ९मुक्कुमलुङ० मा हिमपात भएको छ । तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा यसवर्ष पहिलो पटक हिमपात भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार बुधबार राति १२ बजे पछिदेखि सामान्य हिमपात सुरु भएको हो । पाभीभरा धाम परिसरभन्दा केही तलसम्म हिउँ परेको महतले जानकारी दिए । उनका अनुसार अहिले पनि पाथीभरा क्षेत्रमा छार्के अर्थात फाटफुट्ट हिमपात भइरहेको छ ।
पाथीभरा क्षेत्रमा कुनै वर्ष असोज महिनामै हिमपात हुने गरेको थियो । यसवर्ष भने बुधबार राति पहिलो पटक हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए । हिमपातको मौसम सुरु भएकाले पाथीभरा दर्शन गर्ने भक्तजनलाई आफ्नो स्वास्थ्यलाई समेत दृष्टिगत गर्न अर्थात चिसो समयमा अपनाउनुपर्ने स्वास्थ्य सावधानीबारे ध्यान दिन आग्रह गरेको छन ।
पाथीभरा क्षेत्रसँगै जिल्लाको उच्च हिमाली भेगमा सामान्य हिमपात भएको स्थानीयले बताएका छन् । फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपको घुन्सा, फले, वडा –७ ओलाङ्चुङगोला, याङ्मा बस्तीका माथिल्लो भेगहरुमा हिमपात भएको ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । स्थानीयका अनुसार चार हजारभन्दा बढी उचाइ रहेको हिमाली क्षेत्रमा सामान्य हिउँ पर्न सुरु भएको छ ।
यता हिमपात भएपछि जिल्लामा चिसो निकै बढेको छ । सदरमुकाम फुङ्लिङसहित जिल्लाभर तुलनात्मक रुपमा चिसो अनुभूति हुन थालेको छ । जल तथा मौसम विज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयका अनुसार बिहीबार बिहानको यहाँको न्युनतम् तापक्रम १०।२ डिग्री सेल्सियस मापन गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - १७:४६
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत...
आषाढ़ ३२ गते, २०८३ - १७:४०
यस्ता छन् अन्य सात निर्णयहरु
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:०५
काठमाडौँ। बिहीबार दिउँसो काठमाडौँमा परेको भारी वर्षापछि माइतीघर क्षेत्र डुबानमा परेको छ। निरन्तरको वर्षासँगै सडक र फुटपाथमा पानी जम्दा सर्वसाधारणलाई आ...
आषाढ़ ३२ गते, २०८३ - १६:४७
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूर...
आषाढ़ ३२ गते, २०८३ - १६:४०
सप्तरी । मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। ...
आषाढ़ ३२ गते, २०८३ - १६:३०
ढल्केबर । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपाबीचको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयु...
आषाढ़ ३२ गते, २०८३ - १६:०९
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सु...
आषाढ़ ३२ गते, २०८३ - १५:४७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो सिंह...



प्रतिकृया लेख्नुहोस्: