काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र (मिसाइलहरू) प्रयोग गर्न स्वीकृति दिनु भएको छ ।
एक अमेरिकी अधिकारीले नाम न छाप्ने सर्तमा द न्युयोर्क टाइम्स र द वासिङ्टन पोस्टको रिपोर्टलाई पुष्टि गर्दै युक्रेनले लामो समयदेखि माग गर्दै आएको नीति परिवर्तन उत्तर कोरियाले मस्कोको युद्ध प्रयासलाई सहयोग गर्न सेना तैनाथ गरेको प्रतिक्रियामा यो स्वीकृति आएको बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लामो समयदेखि वासिङ्टनबाट शक्तिशाली मिसाइल प्रणाली प्रयोग गर्ने अधिकारका लागि आग्रह गर्दै आएका थिए । क्रेमलिनबाट भने यो समाचारमा बारेमा तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
रया नोभोस्ती एजेन्सीले रूसी तल्लो सदन (डुमा)को रक्षा समितिका प्रमुख आन्द्रेई कार्तापोलोभलाई उद्धृत गर्दै युक्रेनमा कुनै पनि कुराले अपरेसनको मार्ग परिवर्तन नगर्ने जनाएको छ ।
उत्तर कोरियाली सेनाको युद्धमा प्रवेश तथा आइतबारको ठूलो रूसी मिसाइल आक्रमणको सन्दर्भमा राष्ट्रपति बाइडेनले .पुटिनले बुझ्ने भाषामा प्रतिक्रिया दिएको विदेश मन्त्री रादोस्ला सिकोर्स्कीले एक्स मार्फत जनाउनु भएको छ ।
आक्रमणको सिकार भएकोलाई आफ्नो रक्षा गर्ने अधिकार रहेको उनले बताए । युक्रेन युद्धमा आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको चीनले शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको छ ।
“प्रारम्भिक युद्धविराम र राजनीतिक समाधानले सबै पक्षको हितमा काम गर्ने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित ब्रीफिंगमा बताए ।
आइतवार साँझको सम्बोधनमा जेलेन्स्कीको प्रतिक्रिया मौन रहेको जनाइएको छ । जाडो नजिकिँदै जाँदा बिजुली कटौती तथा ११ जना सर्वसाधारणको ज्यान लिने आक्रमण र पहिले नै नाजुक ऊर्जालाई थप क्षति पुर्याउने ठूलो आक्रमण गरेपछि युक्रेनले सोमबारदेखि देशव्यापी आपतकालीन बिजुली प्रतिबन्धको घोषणा गरेको केही समय पछि बाइडेनको यस्तो स्वीकृति आएको हो ।
उत्तरपूर्वी सहर सुमीमा आइतबार साँझ भएको अर्को आक्रमणमा दुई बालकसहित दश जनाको मृत्यु भएको छ ।
रूसको यो कार्यले द्रुतरुपमा अन्तर्राष्ट्रिय निन्दा बटुलि रहेको छ ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले “ऊर्जा र महत्वपूर्ण नागरिक पूर्वाधार“ लाई लक्षित गरी गरेको आक्रमणको निन्दा गरेको उनका प्रवक्ता स्टेफन डुजारिकले एक विज्ञप्ति मार्फत जनाए ।
युरोपियन युनियनकी प्रमुख उर्सुला भोन डेर लेयनले ब्राजिलको ग्लोबो न्यूजमा टिप्पणी गर्दै पावर ग्रिडमा भएको आक्रमण “भयानक“ भएको बताए । मस्कोले किभका साथै देशको दक्षिणी, मध्य र सुदूर पश्चिमी कुनाहरूलाई लक्षित गर्दै १२० मिसाइल तथा लगभग सय ड्रोन प्रक्षेपण गरेको बताए ।
मस्को युक्रेनको पूर्वमा लगातार अगाडि बढिरहेका अवस्थामा बाइडेनको घोषणा आएको छ भने ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको पुनरागमनले किभका लागि अमेरिकी समर्थनको भविष्यमा डर खडा गरेको छ ।
युद्धको तेस्रो जाडो अहिलेसम्म सबैभन्दा कठिन हुने धेरैलाई डर छ भने अघिल्ला रुसी आक्रमणले युक्रेनको आधा ऊर्जा उत्पादन क्षमतालाई नष्ट गरिसकेको जेलेन्स्कीले बताउनु भएको छ ।
पश्चिम र युक्रेनका अनुसार हजारौँ उत्तर कोरियाली सैनिकहरू रसियामा छन् भने केही कुर्स्क क्षेत्रमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: