Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

मुस्ताङमा बढ्यो पर्यटकको चहलपहल, झन्डै दुई अर्बको कारोबार

खबरडबली संवाददाता

म्याग्दी। हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण गर्ने पर्यटकहरूले कात्तिक महिनामा मात्रै सरदर दुई अर्ब हाराहारीको आर्थिक कारोबार गरेका छन् । पवित्र तीर्थस्थल मुक्तिनाथ, कागबेनी तथा दामोदर कुण्ड जस्ता धार्मिकस्थल रहेको मुस्ताङ भ्रमण गर्न आउने पर्यटकहरूले गर्ने सरदर खर्च हेर्दा नै झन्डै दुई अर्ब कारोबार भएको देखिन्छ । 

कात्तिक १ गतेदेखि ३० गतेसम्म एक लाख १३ हजार तीन सय आन्तरिक तथा बाह्य पर्यटकहरूले मुस्ताङ भ्रमण गरेका थिए । उनीहरूले मुस्ताङ भ्रमण गर्दा सरदर १५ हजार हाराहारी खर्च गर्ने भएकाले एक अर्ब ७० करोड हाराहारी खर्च गरेको अनुमान गरिन्छ । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक९डिएसपी० सूर्यबहादुर बोगटीले दिएको जानकारी अनुसार कात्तिक महिनामा मात्रै आन्तरिक तथा बाह्य पर्यटकहरू हवाई र स्थल मार्गबाट एक लाख १३ हजार तीन सयले मुस्ताङ प्रवेश गरेको देखिन्छ । गएको कात्तिक महिनामा हवाई तथा स्थल मार्गबाट गरी कुल १४ हजार एक सय २४ जना पर्यटकहरू मुस्ताङ आएका छन् । 

विदेशी पर्यटकहरू आठ हजार ९० जना पुरुष र छ हजार ३४ जना महिलाले मुस्ताङ भ्रमण गरेका छन् । तीमध्ये छ सय ५९ पुरुष र ५ सय ७९ महिलाले हवाई मार्ग प्रयोग गरेर मुस्ताङ आएका थिए । सात हजार चार सय ३१ जना पुरुष र पाँच हजार तीन सय ५५ जना महिला गरी कुल १२ हजार सात सय ८६ जना पर्यटकले स्थल मार्गको प्रयोग गरेर मुस्ताङ भित्रिएको प्रहरीले जनाएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनकाले मुस्ताङ भ्रमण गर्ने पर्यटकहरूले आफ्नो सुरुआती गन्तव्य विन्दु देखि फर्केर सोही स्थानसम्म पुग्दा १५ देखि ३० हजार रुपियाँसम्म खर्च गर्छन् । तरपनि सरदर १५ हजार रुपियाँ मात्रै अनुमान गर्दा पनि एक अर्ब ७० लाखको कारोबार भएको देखिने उनको तर्क छ । 

मार्फाका स्थानीय पर्यटन व्यवसायी विजय हिराचनले आन्तरिक पर्यटकहरूले मुस्ताङ भ्रमण गर्दा सरदर २० हजार रुपियाँ हाराहारी खर्च गर्ने तर्क गरे। उनका अनुसार पूर्वी नेपाल तथा पश्चिम नेपाल अनि गण्डकी प्रदेश सबैलाई सरदर हेर्ने हो भने १५ देखि २० हजार हाराहारी खर्च गर्ने हुनाले कार्तिक महिनामा मुस्ताङ भ्रमणको तथ्याङ्क केलाउँदा करिब करिब दुई अर्ब रुपियाँ परिचालन भएको मान्न सकिन्छ । 

यो भ्रमणले देशको अर्थ चलायमान भएको हुनाले पनि यस्ता बिदाहरूमा आन्तरिक तथा बाह्य पर्यटकलाई घुम्ने माहौल सृजना गरिनु पर्ने उनले तर्क गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending