म्याग्दी। हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण गर्ने पर्यटकहरूले कात्तिक महिनामा मात्रै सरदर दुई अर्ब हाराहारीको आर्थिक कारोबार गरेका छन् । पवित्र तीर्थस्थल मुक्तिनाथ, कागबेनी तथा दामोदर कुण्ड जस्ता धार्मिकस्थल रहेको मुस्ताङ भ्रमण गर्न आउने पर्यटकहरूले गर्ने सरदर खर्च हेर्दा नै झन्डै दुई अर्ब कारोबार भएको देखिन्छ ।
कात्तिक १ गतेदेखि ३० गतेसम्म एक लाख १३ हजार तीन सय आन्तरिक तथा बाह्य पर्यटकहरूले मुस्ताङ भ्रमण गरेका थिए । उनीहरूले मुस्ताङ भ्रमण गर्दा सरदर १५ हजार हाराहारी खर्च गर्ने भएकाले एक अर्ब ७० करोड हाराहारी खर्च गरेको अनुमान गरिन्छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक९डिएसपी० सूर्यबहादुर बोगटीले दिएको जानकारी अनुसार कात्तिक महिनामा मात्रै आन्तरिक तथा बाह्य पर्यटकहरू हवाई र स्थल मार्गबाट एक लाख १३ हजार तीन सयले मुस्ताङ प्रवेश गरेको देखिन्छ । गएको कात्तिक महिनामा हवाई तथा स्थल मार्गबाट गरी कुल १४ हजार एक सय २४ जना पर्यटकहरू मुस्ताङ आएका छन् ।
विदेशी पर्यटकहरू आठ हजार ९० जना पुरुष र छ हजार ३४ जना महिलाले मुस्ताङ भ्रमण गरेका छन् । तीमध्ये छ सय ५९ पुरुष र ५ सय ७९ महिलाले हवाई मार्ग प्रयोग गरेर मुस्ताङ आएका थिए । सात हजार चार सय ३१ जना पुरुष र पाँच हजार तीन सय ५५ जना महिला गरी कुल १२ हजार सात सय ८६ जना पर्यटकले स्थल मार्गको प्रयोग गरेर मुस्ताङ भित्रिएको प्रहरीले जनाएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनकाले मुस्ताङ भ्रमण गर्ने पर्यटकहरूले आफ्नो सुरुआती गन्तव्य विन्दु देखि फर्केर सोही स्थानसम्म पुग्दा १५ देखि ३० हजार रुपियाँसम्म खर्च गर्छन् । तरपनि सरदर १५ हजार रुपियाँ मात्रै अनुमान गर्दा पनि एक अर्ब ७० लाखको कारोबार भएको देखिने उनको तर्क छ ।
मार्फाका स्थानीय पर्यटन व्यवसायी विजय हिराचनले आन्तरिक पर्यटकहरूले मुस्ताङ भ्रमण गर्दा सरदर २० हजार रुपियाँ हाराहारी खर्च गर्ने तर्क गरे। उनका अनुसार पूर्वी नेपाल तथा पश्चिम नेपाल अनि गण्डकी प्रदेश सबैलाई सरदर हेर्ने हो भने १५ देखि २० हजार हाराहारी खर्च गर्ने हुनाले कार्तिक महिनामा मुस्ताङ भ्रमणको तथ्याङ्क केलाउँदा करिब करिब दुई अर्ब रुपियाँ परिचालन भएको मान्न सकिन्छ ।
यो भ्रमणले देशको अर्थ चलायमान भएको हुनाले पनि यस्ता बिदाहरूमा आन्तरिक तथा बाह्य पर्यटकलाई घुम्ने माहौल सृजना गरिनु पर्ने उनले तर्क गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २२ गते, २०८३ - १७:३२
विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...
आषाढ़ २२ गते, २०८३ - १७:१३
धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...
आषाढ़ २२ गते, २०८३ - १७:०६
सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...
आषाढ़ २२ गते, २०८३ - १६:५९
काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...
आषाढ़ २२ गते, २०८३ - १६:४८
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...
आषाढ़ २२ गते, २०८३ - १६:३७
झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...
आषाढ़ २२ गते, २०८३ - १६:१२
काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अ...
आषाढ़ २२ गते, २०८३ - १५:४८
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...
आषाढ़ २२ गते, २०८३ - १५:३२
काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...
आषाढ़ २२ गते, २०८३ - १५:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...



प्रतिकृया लेख्नुहोस्: