Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

चन्द्रागिरि नगरपालिकामा भारत सरकारको सहयोगमा विभिन्न संरचना निर्माण हुने

खबरडबली संवाददाता

काठमाडाैं । नेपाल सरकार, भारत सरकार र चन्द्रागिरि नगरपालिकाले त्रिपक्षीय रुपमा चन्द्रागिरि नगरपालिका-०६ स्थित चन्दन भराटेश्वर मन्दिर क्षेत्रमा निर्माण गर्ने विभिन्न पूर्वाधारहरूको शिलान्यास गरिएको छ ।

पूर्व निर्धारित मुहूर्तअनुसार सोमबार बिहान चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी र काठमाडाैंस्थित भारतीय दुतावास नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव लगायतले ती पूर्वाधार निर्माणको शिलान्यास गरेका हुन् ।

यसअघि उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले संरचना निर्माणको शिलान्यास गर्ने तय भएपनि अन्तिम समयमा कारणवश उनी उपस्थित हुन नसक्ने जनाइएको थियो ।

पूर्वाधार निर्माण कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै चन्द्रागिरि वडा नं. ६ का वडाध्यक्ष संजय सिग्देलले त्रिपक्षीय सहयोगबाट निर्माण हुन लागेकाे गाैरवको आयोजना समयमै निर्माण सम्पन्न गर्नु सबैको दायित्व रहेको बताए । वडाध्यक्ष सिग्देलले चन्दन भराटेश्वर महादेव मन्दिर क्षेत्रमा बन्न लागेका संरचनाहरूका सन्दर्भमा स्थानीय बासीहरूबाट चासो र चिन्ता प्रकट हुनु स्वभाविक रहेको भन्दै उनले सदियाैंदेखिका परम्पारगत कृयाकलापहरूको निरन्तरताका लागि वर्तमानमा हुने विकास निर्माण बाधक बन्न नहुने बताए ।

पुरातात्विक दृष्ट्रीकोणले समेत चन्दन भराटेश्वर मन्दिर क्षेत्रको महिमा व्यापक रहेकोले भविष्यमा यस क्षेत्र धार्मिक पर्यटनको उत्कृष्ठ गन्तव्य बन्न सक्ने वडाध्यक्ष सिग्देलको भनाइ थियो । परियोजना कार्यान्वयन हुनु सबैका लागि गाैरवको विषय रहेको भन्दै उनले निर्माण कार्यको अनुगमन, निरीक्षण र विश्लेषण गर्न सबैमा अनुरोध गरे ।

कार्यक्रममा बोल्दै चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले समयमै भाैतिक संरचना निर्माण भइसक्ने विश्वास व्यक्त गरे ।

कूल लागत ६ करोड ५ लाख ७ हजार ४ सय ६७ रुपैयाँ रहेको परियोजनाका लागि भारत सरकारबाट ४ करोड ३६ लाख ९० हजार ३ सय ३७ रूपैयाँ सहायता प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले  जानकारी दिए । लागत रकमको ३० प्रतिशत रकम चन्द्रागिरि नगरपालिकाले व्यहोर्ने छ।

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै चन्द्रागिरि नगरका उपमेयर बसन्ती श्रेष्ठले संरचना निर्माण स्थानीयबासीले अपनत्व लिँदै निर्धारित समयमै निर्माण सम्पन्न गर्न सरोकारवालाहरूले समेत समन्वयकारी भूमिका खेल्नु पर्ने बताइन् ।

यसैगरी भारतीय दुतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले चन्दन भराटेश्वर मन्दिर परिसरमा विभिन्न संरचना निर्माण हुन पाउनु गाैरवको क्षण भएको बताए । नेपालकै पूरानो शिवशक्ति पीठ मध्येको एक पीठ क्षेत्रको स्तरोन्नतिमा भारत सरकारले सहयोग गर्न पाउनु अविस्मरणीय क्षण रहेको उनको धारणा थियो । 

विगत २० वर्षमा नेपाल-भारत सहयोग परियोजनाअन्तर्गत ५६३ वटा साना-ठूला योजना सम्पन्न भइसकेको र त्यसमा ४० वटा योजना काठमाडाैं जिल्ला रहेको श्रीवास्तवले जानकारी दिए । 

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले चन्दन भराटेश्वर मन्दिर क्षेत्रमा आदिम कालदेखी सञ्चालनमा रहेका क्रियाकलापहरू यथावत् रहने बताउँदै मन्दिर क्षेत्रमा थप व्यवस्थित संरचना बनेसँगै सो स्थल धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास हुने विश्वास लिएको बताए ।

चन्दन भराटेश्वर महादेव मन्दिरको समेत पुनःनिर्माण हुन अत्यावश्यक रहेकोले हाल निर्माणको चरणमा रहेका पूर्वाधार निर्धारित समयमै सम्पन्न भएमा थप बजेट व्यवस्थापनका लागि भारतीय दुतावाससँग अनुरोध गरिने मेयर गिरीको भनाइ थियो । 

मातातिर्थको विकासका लागि भारत सरकारसँग सहयोगका अनुरोध गरिएको जानकारी दिँदै मेयर गिरीले चन्द्रागिरि नगरमा भारत सरकारबाट अन्य संरचना निर्माणका लागि थप २० करोड रुपैयाँ सहयोगका रूपमा प्राप्त हुने अपेक्षा लिएको जानकारी दिए । 

कार्यक्रममा भारतीय दुतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले नगरप्रमुखलाई घनश्याम गिरीसमक्ष परियोजनाका लागि भारत सरकारबाट सहायता गरिने रकमको प्रथम किस्ता बापतको करिब ६० लाख रुपैयाँ रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा चन्द्रागिरि नगरका कार्यपालिका सदस्यहरू, नगर सभा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बाजा खलका प्रनिनिधिहरू, स्थानीय बासीहरू लगायतको उपस्थिति रहेको थियो । 

परियोजना अन्तर्गतका विभिन्न संरचना निर्माणका लागि डायना कन्स्ट्रक्सनले जिम्मा पाएको छ । निर्माण हुने संरचनाहरूमा छात्रावास कक्ष, क्लब कक्ष, पठनपाठन कक्ष र सभा कक्ष, भान्सा घर कक्ष, सार्वजनिक शौचालय, छेकबार पर्खाल लगायतका उल्लेख छ ।  आयोजना २०८१ कार्तिक ११ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झाैतामा उल्लेख छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...

असारमा ह्वात्तै बढ्यो बजेट खर्च प्रगति

धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...

भेटेनरी अस्पताल सप्तरी कार्यालय प्रमुख र सवारी चालक अख्तियारको नियन्त्रणमा

सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending