Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा

खबरडबली संवाददाता

काठमाडौँ। हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला र रु पाथीभरा भगवती मन्दिर पुग्ने जो सुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस गर्न सक्छन् । धार्मिक मान्यताअनुसार पाथीभरा भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन् । मागेको कुरा पुग्ने जनविश्वास पनि छ । ताप्लेजुङ जिल्लास्थित पाथीभरा पर्वतको शिखरमा अवस्थित प्रसिद्ध तीर्थस्थल हो, पाथीभरा । यहाँ धार्मिक पर्यटकको मात्र घुइँचो लाग्ने गरेको छैन, मनोरम प्राकृतिक दृश्यावलोकन गर्नेहरूको पनि त्यतिकै घुइँचो लाग्ने गरेको छ । आस्था र विश्वासको महत्त्वपूर्ण धरोहरका रूपमा रहेको यो तीर्थस्थलमा एक पटक पुग्नै पर्ने मनोकाङ्क्षा प्रत्येक हिन्दु धर्मावलम्बीको हुन्छ । हिन्दु मात्र होइन, यहाँ बौद्ध र किरात धर्म मान्नेले पनि उत्तिकै आस्थाका साथ पुग्ने गर्दछन् । धार्मिक एवं ऐतिहासिक रूपमा महत्त्वपूर्ण पाथीभराको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ वर्षभर नै तीर्थयात्रीको घुइँचो लाग्ने यस मन्दिरमा कुनै पनि जातजाति, धर्म र सम्प्रदायका मानिसलाई रोकावट छैन ।

पर्वतमा उत्पन्न भएकी देवी भन्ने अर्थमा यहाँकी देवलाई पाथीभरा देवी भनिएको हो । आसपासमा हिमाल, बिचमा थुम्को । चुलीसम्म भरिएको पाथीजस्तै डाँडा भएकाले पनि यसलाई पाथीभरा भनिएको हुनुपर्छ । अन्न भरेको पाथी झैँ सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा देवीको उत्पतिस्थल रहेकाले यो देवीको नाम पाथीभरा देवी भनेर श्रद्धा एवं भक्तिपूर्वक पुज्ने गरिन्छ । परापूर्वकालमा गाई/भेडा चराउने गोठालाहरूले स्थापना गरेको पाथीभरा देवी थान शक्ति उपासकहरूका लागि विशेष महत्त्व राख्दछ । यहाँ अझै देवी मन्दिरको भवन बनेको छैन र देवी स्थानको रूपमै यो तीर्थ रहेको छ । पाथीभरा देवी स्थान नजिकै २०७७ सालमा किराँत मन्दिरको पनि निर्माण गरिएको छ । यसको प्राङ्गणमा गुरु फाल्गुनन्दको पूर्णकदको सात फिट अग्लो ढुङ्गाको सालिक राखिएको छ । यसले पाथीभरा क्षेत्र लिम्बु जातिको पनि सामुदायिक आराध्य स्थल बन्न पुगेको छ । ताप्लेजुङका किरात समुदायले पाथीभरा पहाडलाई ‘मुकुम्लुङ’ भनिन्छ । लिम्बू भाषामा ‘मुकुम’ को अर्थ शक्ति वा बल, ‘लुङ’को अर्थ ढुङ्गा भन्ने जनाउँदछ । त्यसैले लिम्बु जाति पाथीभरालाई शक्ति वा बलको स्रोत रूपमा पुजिन्छ । बौद्धमार्गीले पनि पाथीभरा देवीप्रति आस्था र विश्वास राख्ने गर्दछन् । 

धार्मिक आस्थाका धरोहर पाथीभरा देवी उत्पत्तिको इतिहास

पाथीभरा देवीको उत्तपतिसम्बन्धी थुप्रै किम्बदन्ती तथा जनश्रुति छन् । पौराणिक मान्यताअनुसार पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अप्रत्याशित ढङ्गले हेर्दाहेर्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए । त्यस्तो अकल्पनीय घटनाले स्तब्ध भएका गोठालामध्येका एकले राति सपनामा साक्षात् कालीको रूप देखेछन् । सपनामै देवीले तिमीहरू नआत्तिनु, मलाई भेडाको बलि दिनु, हराएका तिम्रा भेडा पाउनेछौँ र तिम्रो मनोकामना पनि पूरा हुनेछ भनिन् । ती गोठाला निन्द्राबाट ब्युँझिएर हेर्दा आफ्ना हराएका सबै भेडा देखे । त्यसपछि गोठालाले भेडाको बलि दिएर त्यहाँ पूजाआजा गरी गोठ अन्यत्रै सारे । बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैँ हराउन पुग्यो ।

यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । त्यसैबेलादेखि पाथीभरा माताको पूजाअर्चाना र बलिदान दिने प्रचलन सुरु भएको इतिहास छ । यसलाई श्रद्धालु भक्तजनले पाथीभरा माताको महिमाको रूपमा लिन्छन् । महाकाली, भद्रकाली, सिद्धकाली, स्वेतकाली र रक्तकाली गरी पाँचवटा रूप भएकी देवी भएकाले पाथीभारा भगवतीलाई पञ्चकन्या भगवती देवीको रूपमा मान्ने गरिएको छ । पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले सजिलै अनुभव तथा अवलोकन गर्न सक्छन् । पाथीभरामा अवस्थित देवीको नाम ‘पञ्चकन्या कालीका’ हो । भोग बलि दिइने भएकाले यसलाई रक्तकाली पनि भन्ने गरिन्छ । त्यसैले पनि रक्तकालीलाई भक्तजनहरूले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा पनि रहिआएको छ । काटमार नगर्नेहरू देवीलाई स्वादिष्ट फलफूल तथा मिठाइ चढाउँछन् । पाथीभरा देवीलाई अटल सौभाग्यकी प्रतीकको रूपमा मानिन्छ । त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनले देवीलाई सिन्दूर, टीका, गाजल, काँगियोजस्त सौन्दर्य प्रशोधनका सामग्री चढाउने गर्दछन् । 

बाह्र हजार फिट उचाइमा रहेको पाथीभरा मन्दिरमा प्रत्येक दिन नेपाल र छिमेकी मुलुक भारतका सयौँ हिन्दु धर्मावलम्बीको भीड लाग्ने गर्दछ । आफ्नो मनोकामना पूरा हुने इच्छा र विश्वासका साथ पाथीभरा देवीको दर्शनका लागि आउने श्रद्धालु भक्तजनको तल्लो फेदीमा लर्को देखिन्छ । तल्लो फेदीबाट पाँचरछ घण्टा उकालो हिँडेर पाथीभरा मन्दिर पुग्न सकिन्छ र बास बस्न पुन: फेदीमै ओर्लिनुपर्छ भने कतिपय भक्तजनले दुईरतीन घण्टा हिँडेर माथिल्लो फेदीमा पुग्छन् । तीर्थयात्राीहरु रातिको बास बसेर भोलिपल्ट एकाबिहानै तीनरचार घण्टा हिँडेर मन्दिरमा पुग्ने र माताको पूजाआर्चना गरेर पुन: माथिल्लो फेदी हुँदै तल्लो फेदीमै ओर्लिने गर्छन् । 

पाथीभरा मन्दिर कसरी जाने ?

पाथीभराको यो पवित्र स्थल जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९ दशमलव ४ किमी पूर्वोत्तरतर्फ समुद्री सतहबाट तीन हजार सात सय ९४ मिटर उचाइमा अवस्थित छ । पाथीभरा देवीको मन्दिर वरपरको तापमान प्राय: शून्यमा झर्ने गर्दछ । तीर्थयात्री तथा पर्यटकहरूले लेकलाग्न र न्यून तापबाट जोगिन घरेलु उपचारको सामग्री जस्तै तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू लिएर जाने गर्दछन् । पाथीभरा मन्दिर पुसर माघमा हिउँले सेताम्य हुन्छ भने अन्य समयमा पनि मौसम चिसो नै हुने गर्दछ । त्यसैले पाथीभरा यात्राको लागि सबैभन्दा उपयुक्त समय भनेको भदौदेखि काब्किसम्म र फागुनदेखि जेठसम्म हो । यो समयमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ । यो समयमा ऋतु परिवर्तन हुने भएकाले अत्यधिक चिसो नहुने, मौसम उचित हुने र वातावरण पनि सुन्दर हुने भएकाले यो समय पर्यटकको रोजाइमा पर्ने गर्दछ । 

झापाको बिर्तामोडबाट इलाम–फिदिम–हुँदै २७० किलोमिटर फुङ्गलिङ मेची राजमार्गमा यात्रा गरी फुङ्गलिङबाट सुकेटार–तल्लो फेदी–उपल्लो फेदी हुँदै पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ । अन्य मार्गमा धरानबाट धनकुटा–हिले हुँदै कोशी राजमार्गमा एक सय किलोमिटर यात्रा गरी वसन्तपुरबाट गुफापोखरी, गोर्गा दोभान हुँदै पैदल यात्रामा पुग्न सकिन्छ । फुङ्लिङ बजारबाट एक दिन पैदल हिँडेर पुग्न सकिने यो मन्दिरमा वर्षभरि भक्तजनको घुइँचो लाग्ने गर्दछ । यसैगरी काठमाडौँदेखि सुकेटारसम्म हवाईजहाज अथवा ताप्लेजुङ सदरमुकाम फुङलिङसम्म बसमा जान पनि सकिन्छ । ताप्लेजुङको फुङलिङ बजारबाट सुकेटार हुँदै पाथीभाराको तल्लो फेदीसम्म सवारी साधन जान्छ । अनि सुरु हुन्छ पैदल यात्रा । सिधै ठाडो उकालो भएकाले केही असज भए पनि मन्दिर पुगेपछि स्वर्गीय आनन्द प्राप्त भएको अनुभूति मिल्छ । पाथीभरा क्षेत्रको तल्लो र माथिल्लो फेदीमा तीर्थयात्रीको सेवाका लागि प्रशस्त होटल पसल खोलिएका छन् । बाटो सहज भएकाले देउराली, सुकेटार, फुङलिङमै पनि फर्किएर बस्न सकिन्छ । 

नजिकै हिमाल तर पानीको समस्या

पाथीभराको थुम्कोबाट हिमशृङ्खलाको दृश्य अत्यन्त मनमोहक देखिन्छ । यस्तो लग्छ, मानौँ हातले नै हिमाल छुन सकिन्छ । मनोरम दृश्य समेत अवलोकन गर्न पाइने यो मन्दिर परिसरबाट विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा (८,५८६ मिटर) हिमाल आँखै अगाडि देखिन्छ । साथै यहाँबाट आठ हजार चार सय ६३ मिटर उचाइ भएको मकालु, सात हजार सात सय १० मिटर र आठ हजार पाँच सय १६ मिटर अग्लो लोत्सेका साथै कुम्भकर्ण हिमाल देखिन्छ । 

यसैगरी यहाँबाट सात हजार नौ सय तीन मिटर अग्लो काङबाचेन, सात हजार आठ सय ५५ मिटर अग्लो नोत्से, सात हजार चार सय ४२ मिटर अग्लो डोम हिमाल आँखै अगाडि देख्न सकिन्छ । साँच्चै भन्नुपर्दा यी हिमश्रृङ्खलाहरूको अलौकिक दृश्यले सम्मोहित भई जो सुकैलाई पनि स्वर्गीय आनन्दको अनुभूति हुन्छ । 

पाथीभरा मन्दिरमा सबैभन्दा ठुलो समस्या भनेको पानी हो । मन्दिर परिसरमा पानीको स्रोत नहुँदा भक्तजन तथा मन्दिरका पुजारीलगायत सुरक्षाकर्मीलाई समस्या छ । मन्दिर परिसरबाट तीन किमी  तल रहेको काफ्लेपाटीबाट पानी ल्याउनुपर्ने बाध्यता छ । पाथीभरा देवी विश्वास आस्था एवं पवित्रताकी देवी भएकाले यहाँ गर्भवती, रजस्वला (नछुने वा पर सरेकी) भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको ठुलो क्षति हुने जनधारणा रहिआएको छ । 

धर्म र आस्थाको यस सङ्गम स्थलमा पाथीभारा मन्दिरमा दर्शन गर्ने आउने श्रद्धालु भक्तजनको हातमा प्रसाद स्वरूप नरिवल, लड्डु र फूलमालासँगै देवीलाई ओढाउने चुँदारी लिएर दर्शनका लागि लामवद्ध भएर उभिएको दृश्यले त्यहाँ पुग्ने जो कोहीमा पनि धार्मिक आस्था बढेर आउँछ । पाथीभरामा भगवतीको पूजा गरेर चण्डीपाठ गर्ने, हवन गर्ने शास्त्रीय पद्धति र बलि दिएर पूजा गर्ने पद्धति चलिआएको छ । धार्मिकरुपले मात्रै नभई पाथीभरा प्राकृतिक विविधताको क्षेत्र भएकाले यस क्षेत्रको महत्त्व झन् बढ्दै गएको छ । विभिन्न प्रजातिका बोटबिरुवा, जडीबुटी र दुर्लभ वन्यजन्तु रेडपाण्डासमेत पाथीभरा क्षेत्रमा पाइन्छ ।।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै रु रु पाँच करोड ५६ लाख ५० हजार भित्र्याएको छ । पालिकाभर दुई हजार ६५...

कपिलवस्तुको बनकसवासामा बस दुर्घटना, २६ जना घाइते

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नेपालगञ्जबाट का...

थारु राजा दंगीशरणको दरबार पुन: उत्खनन सुरु

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका ११ सुकौराकोटस्थित थारु राजा दंगीशरणको भग्नावशेष दरबारमा पुन: उत्खनन कार्य सुरु गरिएको छ । पुरातत्व विभाग, काठमाडौँक...

श्रममन्त्रीबाट बर्खास्त भएपछि पत्नीको प्रतिक्रिया: अब यो देशमा सुशासन कसले ड्राइभ गर्ने हो?

काठमाडौं । श्रममन्त्री पदबाट बर्खास्त भएका दिपक साहकी पत्नी जुनु श्रेष्ठले सार्वजनिक रूपमा प्रतिक्रिया दिएकी छन् । उनले आफ्ना श्रीमानमाथि अन्याय भएको ...

जनताको सन्तुष्टिलाई ध्यान दिएर सेवा प्रवाह गर्न सभामुख अर्यालको आग्रह

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएको छन् । नेपाल नगरपालिका स...

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध करिब आठ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ। पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध सात करोड ७८ लाख ६८ हजार ९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनु...

५० उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले अन्तर–मन्त्रालय सर...

सैनिक आचरण भित्र रहन नवआयुक्त अधिकृतलाई प्रधानमन्त्री शाहको निर्देशन

भक्तपुर। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेको छ...

पेट्रोलियम पदार्थ प्रयोगमा मितव्ययिता अपनाउन प्रशासनको आग्रह

हेटौँडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ । बिहीबार जारी गरिएको सूचनामा प्रशासनले अत...

वैशाख १५ बाट विद्यार्थी भर्ना, २१ गतेबाट पठनपाठन सुरु

काठमाडौं । शैक्षिक सत्र–२०८३ का लागि विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने भएको छ । सरकारले सोही मितिबाट शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेपछि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending