Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही हुन्छ: मन्त्री पाण्डे

खबरडबली संवाददाता

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छन ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको अधिकार हनन हुनेगरी भाडा लिने कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्र लिन वायुसेवा कम्पनीलाई निर्देशन दिए । गत शुक्रवारदेखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम सुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् । सो विषयमा उहाँले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताए। 

तीन मन्त्रालयको समन्वयमा  विमान सञ्चालकहरुसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको बताए । हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने र महंगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको बताए । अहिले क्रमिक रुपमा हवाई भाडादर पुरानै मूल्यमा आएको बताए। सस्तो टिकट कतिको र महँगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्न समेत क्यानलाई निर्देशन दिएको बताए। 

उनले भने, ‘टिकटको कुरा गरे। मैले टिकटको मूल्य बढेपछि परराष्ट्रमन्त्री, श्रममन्त्री र म बसेर र केही सरोकारवाला साथीहरु हाम्रो मन्त्रालयको समन्वयमा क्यानमा विमान सञ्चालकहरु र तिनीहरुका प्रतिनिधिहरुलाई राख्यौँ । टिकट बढेका विषयमा उहाँहरुलाई ५ बुँदे निर्णय गरेका छौँ । उहाँहरु त्यो निर्णयमा सहभागी हुनुहुन्छ । ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने भनेर महँगोमा बेचिएको कुरा आयो, त्यो रोक्नुस् भनेका छौँ ।’ 

केही कम्प्लेन भएमा क्यानको उच्चपदस्थ कर्मचारीको नम्बरसहित निर्णय सार्वजनिक गरिएको उनले बताए । मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान विस्तार गर्न मन्त्रालयले योजनाबद्ध रुपमा काम अघि बढाइरहेको बताए । उनले भैरहवामा अहिले ५ वटा एयरलाइन्सहरुले उडान गरिरहेको र यसलाई १० वटासम्म बनाउनेगरी काम भइरहेको बताए। उनले पोखरामा उडानका गतिविधि बढाउने गरी आफू अघि बढिरहेको बताए । आफूले निजी क्षेत्रहरुसँग पनि उडान विस्तारका लागि आवश्यक छलफल अघि बढाएको मन्त्री पाण्डेको भनाइ छ ।  

उनले भने, ‘अहिले केही एयरलाइन्सहरु त्यहाँ गएका छन् । उनीहरुलाई त्यहाँ दिगो रुपमा राख्नका लागि सरकारको तर्फबाट गर्ने भनिएको कार्ययोजना र कार्ययोजना अन्तर्गतका कामहरु के कति भएका छन् र के कति गर्नुपर्नेछ भन्ने कुराको फलोअप गरिरहेको छु ।’  

लुम्बिनी विकास कोषका पदाधिकारीसँग पनि आफूले छलफल गरेको उनले बताए । भैरहवा विमानस्थल चल्ने भनेको लुम्बिनीले जति आकर्षण थप्न सक्यो, जति लुम्बिनीमा मानिस निम्त्याउनसक्यो,  त्यति नै भैरहवा विमानस्थलको आकर्षण बढ्छ उनले भने ।

‘भैरहवामा ५ विमान आइसके १० कसरी पुर्‍याउने र त्यसलाई दिगो कसरी बनाउने रु ठिक त्यस्तै काम पोखरामा कसरी गर्ने भनेर मैले देखेको भैरहवाबाट बढी श्रमसँग सम्बन्धित र लुम्बिनीमा आउने दर्शनार्थीको आवतजावतको केन्द्र बन्नसक्छ’ मन्त्री पाण्डेले भने, “पोखरा पर्यटकीय दृष्टिकोणले आउने, नेचर, एड्भेन्चरका लागि आउनेलाई केन्द्र बनाएर उडान गर्नुपर्छ । त्रिभुवन विमानस्थलबाट हाइ प्रोफाइल मानिसहरु सङ्घीय राजधानीमा आउनेहरुमा फोकस गरेर काम गरिरहेको छु ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत...

इजरायलले केयरगिभरमा थप १ हजार ९८५ लैजाने

काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...

इजरायलले केयरगिभरमा थप १ हजार ९८५ जना लैजाने

काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...

भारी वर्षापछि माइतीघर डुबानमा

काठमाडौँ। बिहीबार दिउँसो काठमाडौँमा परेको भारी वर्षापछि माइतीघर क्षेत्र डुबानमा परेको छ। निरन्तरको वर्षासँगै सडक र फुटपाथमा पानी जम्दा सर्वसाधारणलाई आ...

विष्णु पौडेलसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको पूरक अभियोगपत्र दर्ता हुने

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूर...

मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका भारतीय नागरिक पक्राउ

सप्तरी । मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। ...

मधेशमा कांग्रेस–एमाले–नेकपा गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय

ढल्केबर । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपाबीचको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयु...

नेपाल टेलिकमका पूर्व एमडी सुनिल पौडेललाई ८ वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सु...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, केहि महत्वपुर्ण निर्णय हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो सिंह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending