काठमाडौं । काठमाडौ महानगरपालिकाले नुवाकोट दरबार र भैरबी मन्दीर परिसरको ढुंगेधारा र फल्चा जिर्णोद्धार गर्ने भएको छ । पृथ्वीनारायणको शासनकालमा प्रयोग सयवर्ष भन्दा पुरानो पुरातत्विक हिटी र ढुंगेधारा निर्माण गर्ने भएको छ । त्यसको लागि काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह र विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठबीच समझदारी भएको छ ।
कामपाका मेयर वालेन्द्र साह‘ बालेन’का सम्पदा सल्लाहकार यादवलाल कायस्थका अनुसार लामो समयको अध्ययनपछि ढुंगेधारा र फल्चा बनाउने सहमति भएको हो । पृथ्वीनारायण शाह र उनका सेनासंग सम्बन्ध जोडिएको ती धारा पुरातत्व विभागले सम्पदाको रुपमा सुचिकृत गरिसकेको छ ।
सबै धारा विदुर नगरपालिका–२ स्थित दरबार परिसरमा पुनःनिर्माण हुन लागेको विदुर नगरपालिकाका मेयर श्रेष्ठका सचिवालय प्रमुख पारस अधिकारीले जानकारी दिए । उनका अनुसार महानगर र नगरपालिकाका मेयरबीच भएको सहमति अनुसार पुनःनिर्माण हुन लागेको हो । कामपाले काठमाडौ बाहिर पहिलोपटक हिटी संरक्षण गर्न लागेको हो ।
पुनःनिर्माण हुन लागेको धाराहरुमा पाटीपानी धारा, अंशुवाटिका हिटी, दाशधारा, कर्णेल धारा र ओखतीपानी धारा हुन । सबैधारा पृथ्वीनारायण शाहको कार्यकालयमा निर्माण गरिएको इतिहासमा उल्लेख छ । कामपाले ती धारा र फल्चा निर्माण गर्न करिब ५ करोड रुपिया खर्च गर्ने भएको छ ।
सम्पदा सल्लाहकार कायस्थले हिटी निर्माण गर्न आवश्यक पर्ने आर्थिक ,प्राबिधिक र कच्चा पदार्थ कामपाले व्यवस्थापन गर्नेछ । कामपा र विदुर नगरपालिकाको संयुक्त टोलीले अनुगमन गर्नेछ ।
‘दाची अप्पा, चुनासुर्की लगायत पुरातात्विक समाग्री कामपाले व्यवस्था गर्ने सल्लाहकार कायस्थले भने । कामपा शहरी योजना आयोगको प्राविधिक टोलीले कार्तिक ९ गते प्राविधिक अध्ययन गरी फर्किएको छ । सायद मंसिरबाट ५ वटै हिटी र फल्चा पुनःनिर्माण शुरु हुनेछ–सल्लाहकार कायस्थले भने ।
उहाँका अनुसार प्राविधिक टोलीले ड्रइङ, जिडाइन सहितको स्टिमेट तयार गरेपछि पुनःनिर्माण शुरु हुनेछ । यसअघि कामपाले ढल्कोमा रहेको हिटी पुनःनिर्माण सम्पन्न गरेको छ । त्यसपछि कामपा–१६ मा ऐराहिटीको जिर्णोद्धार शुरु गरेको छ ।
चक्रपथलाई दोस्रो विस्तारको क्रममा हटाइएको सो हिटी ७० लाख रुपियाको लागतमा टी जिर्णोद्धार गर्न लागेको सम्पदा सल्लाहकार कायस्थले जानकारी दिए । त्यस्तै दरबारमार्गको सोराहिटी जिर्णोद्धारको क्रममा छ । कामपाले स्वयंम्भुको विजेश्वरी धारा जिर्णोद्धार गर्ने प्रयास गरेपनि सम्भव भएको छैन ।
भगवान विजेश्वरीको स्नान गर्न सोही धाराको पानी प्रयोग गरिन्थ्यो । जिर्ण रहेको सो धारा पुनःनिर्माण गर्ने विषयमा कामपाले चासो देखाएको छैन् । ‘जिर्णोद्धार गर्दा विवाद हुने भएपछि चासो नदेखाएको सो धारा पुननिर्माण गर्नुपर्ने आवाज उठिरहेको छ’–सम्पदा सल्लाहकार कायस्थले भने । उनका अनुसार महानगरभित्र करिब सय बढी हिटी जिर्णोद्धारको पर्खाइमा रहेको छ । ती धारा संरक्षण गर्ने विषयमा छलफल भैरहेको कायस्थले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - १६:३९
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन नतिजा सार्वजनिक भएको ठाँउमा समानुपातिकतर्फ मतगणना गरिरहेको छ । शनिबार दिउँसोसम्म आयोग...
फाल्गुन २३ गते, २०८२ - १६:२६
जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् ।...
फाल्गुन २३ गते, २०८२ - १६:२५
इलाम । इलामका दुवै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । इलाम-१ मा एमाले उम्मेदवार काजीमान कागतेले अग्रता लिँदा इलाम-२ मा सु...
फाल्गुन २३ गते, २०८२ - १६:१३
काठमाडौं । अछाम क्षेत्र नं १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डा. भीमबहादुर रावल झिनो मतान्तरले पराजित भएका छन् । उक्त क्षेत्रमा ...
फाल्गुन २३ गते, २०८२ - १०:४२
रामेछाप । रामेछापकाे पछिल्लाे मत गणना अनुसाार नेकपा र कांग्रेसबीच कडा टक्कर भएकाे छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा भइरहेको मतगणनामा नेप...
फाल्गुन २३ गते, २०८२ - १०:२९
दैलेख । दैलेख–१ बाट १२ वर्षपछि नेपाली कांग्रेसले पुनः विजय हासिल गरेको छ। ४५ वर्षीया महिला नेता बासना थापा ले नेकपा (एमाले) का रवीन्द्रराज शर्मा लाई ५...
फाल्गुन २३ गते, २०८२ - १०:०६
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की युवा नेतृ रुबिना आचार्य भारी मतान्तरसहित विजयी भइन् । उनका प्रतिद्वन्द्वी ...
फाल्गुन २३ गते, २०८२ - ०९:५८
ललितपुर । ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजयी भएका छन्। ११ हजार ५४७ मत ल्याएर खरेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जन...
फाल्गुन २३ गते, २०८२ - ०९:३५
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को लामो समयदेखिको प्रभाव तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...
फाल्गुन २३ गते, २०८२ - ०९:२५
परिवर्तनको पुनरावृत्ति कि नयाँ राजनीतिक अध्याय?



प्रतिकृया लेख्नुहोस्: