रौतहट। नेपालका आदिवासी थारुको परम्परागत लोकसंस्कृति प्रदर्शन तथा संरक्षण गर्ने उद्देश्यले रौतहटको चन्द्रपुर नगरपालिका–८ मा जिल्लाकै ठुलो मानिने कात्तिकेश्वर कुँवर मेला सुरु भएको छ ।
कात्तिक शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म थारु महिलाहरू आफ्ना दाजुभाइको दीर्घ जीवनको कामना गर्दै मनाउने समाचकेवा पर्वको समापन अर्थात् पूर्णिमाको भोली पल्टदेखि नै हरेक वर्ष मेला सुरु हुने गर्दछ । मेला ४७ औँ वर्षमा प्रवेश गरेको छ ।
मेलामा थारु संस्कृति झल्किने झाँकी, लोकनृत्य, परम्परागत वस्तुलगायत थारु परिकारहरूको प्रदर्शनी रहेको मेलाका संयोजक नवेश चौधरी बताउनुहुन्छ । स्थानीय स्तरमा उत्पादित तरकारी, खाद्यान्न सामग्री, लत्ताकपडा लगायत अन्य दैनिक उपभोग्य वस्तु सस्तो मूल्यमा पाइने उक्त मेलामा नेपालका विभिन्न स्थान र भारतबाट समेत व्यापारीहरू आउने गर्छन् ।
धानबाली भित्र्याई सकेपछि थकाई मार्न र मनोरञ्जन लिन सन्तपुरका थारु समुदायका नागरिकले आयोजना गरेको उक्त मेलामा मधेश प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी लगायत आठै जिल्ला र छिमेकी मुलुक भारतको विहार राज्यका मानिसहरू समेत मेला भर्न आउँछन् । संयोजक चौधरीकाअनुसार शनिबारदेखि आउँदो शनिबरसम्म ८ दिन लाग्ने उक्त मेलामा कात्तिकेश कुँवरको पूजा गरी उद्घाटन गरिन्छ र मेला विधिवत्रुपमा सुरु हुन्छ ।
मेलाको मुख्य आकर्षक पक्ष थारु संस्कृति झल्किने झाँकी, लोकनृत्यलगायत थारु परिकारहरूको प्रदर्शनीका अलावा मनोरञ्जनमा रोटेपिङ्ग, मौतका कुवा, टावर झुला, हर्स पिङ्ग, जादुघर, छिमेकी राष्ट्र भारतको ढाका मोथिहारी रोडबाट ल्याइएको अर्केष्ट्रा मञ्चन गरिनुका साथै स्थानीय प्रतिभालाई उजागर गर्ने उद्देश्यले खुल्ला नृत्य प्रतियोगिता समेत सञ्चालन गरिने मनोरञ्जन समितिका संयोजक जलेन्द्र चौधरीले जानकारी दिनुभयोए ।
मेला अवधि भरिमा करिब पाँच लाख मानिस मेला भर्न आउने मेला आयोजक समितिले जनाएको छ । मेलामा विभिन्न समुदायका मानिसहरूको जमघट हुने भएकाले कुनै अप्रिय घटना नघटोस् भन्ने उद्देश्यले सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र सशस्त्र प्रहरी बेसक्याम्प सन्तपुरले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २३ गते, २०८३ - ११:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...
जेष्ठ २३ गते, २०८३ - ०८:३०
काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...
जेष्ठ २३ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...
जेष्ठ २३ गते, २०८३ - ०८:२५
काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...
जेष्ठ २३ गते, २०८३ - ०८:२४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...
जेष्ठ २३ गते, २०८३ - ०८:१०
विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...
जेष्ठ २३ गते, २०८३ - ०८:०६
काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...
जेष्ठ २३ गते, २०८३ - ०८:०२
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...
जेष्ठ २३ गते, २०८३ - ०८:०१
काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...
जेष्ठ २३ गते, २०८३ - ०७:५६
मुस्ताङ । सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति आज मुस्ताङ पुगेको छ । विद्युतीय...



प्रतिकृया लेख्नुहोस्: