Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

थारु परम्परा र लोक संस्कृतिको संरक्षण गर्न कात्तिकेश कुँवर मेला

खबरडबली संवाददाता

रौतहट। नेपालका आदिवासी थारुको परम्परागत लोकसंस्कृति प्रदर्शन तथा संरक्षण गर्ने उद्देश्यले रौतहटको चन्द्रपुर नगरपालिका–८ मा जिल्लाकै ठुलो मानिने कात्तिकेश्वर कुँवर मेला सुरु भएको छ ।

कात्तिक शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म थारु महिलाहरू आफ्ना दाजुभाइको दीर्घ जीवनको कामना गर्दै मनाउने समाचकेवा पर्वको समापन अर्थात् पूर्णिमाको भोली पल्टदेखि नै हरेक वर्ष मेला सुरु हुने गर्दछ ।  मेला ४७ औँ वर्षमा प्रवेश गरेको छ ।

मेलामा थारु संस्कृति झल्किने झाँकी, लोकनृत्य, परम्परागत वस्तुलगायत थारु परिकारहरूको प्रदर्शनी रहेको मेलाका संयोजक नवेश चौधरी बताउनुहुन्छ । स्थानीय स्तरमा उत्पादित तरकारी, खाद्यान्न सामग्री, लत्ताकपडा लगायत अन्य दैनिक उपभोग्य वस्तु सस्तो मूल्यमा पाइने उक्त मेलामा नेपालका विभिन्न स्थान र भारतबाट समेत व्यापारीहरू आउने गर्छन् ।

धानबाली भित्र्याई सकेपछि थकाई मार्न र मनोरञ्जन लिन सन्तपुरका थारु समुदायका नागरिकले आयोजना गरेको उक्त मेलामा मधेश प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी लगायत आठै जिल्ला र छिमेकी मुलुक भारतको विहार राज्यका मानिसहरू समेत मेला भर्न आउँछन् । संयोजक चौधरीकाअनुसार शनिबारदेखि आउँदो शनिबरसम्म ८ दिन लाग्ने उक्त मेलामा कात्तिकेश कुँवरको पूजा गरी उद्घाटन गरिन्छ र मेला विधिवत्रुपमा सुरु हुन्छ ।

मेलाको मुख्य आकर्षक पक्ष थारु संस्कृति झल्किने झाँकी, लोकनृत्यलगायत थारु परिकारहरूको प्रदर्शनीका अलावा मनोरञ्जनमा रोटेपिङ्ग, मौतका कुवा, टावर झुला, हर्स पिङ्ग, जादुघर, छिमेकी राष्ट्र भारतको ढाका मोथिहारी रोडबाट ल्याइएको अर्केष्ट्रा मञ्चन गरिनुका साथै स्थानीय प्रतिभालाई उजागर गर्ने उद्देश्यले खुल्ला नृत्य प्रतियोगिता समेत सञ्चालन गरिने मनोरञ्जन समितिका संयोजक जलेन्द्र चौधरीले जानकारी दिनुभयोए । 

मेला अवधि भरिमा करिब पाँच लाख मानिस मेला भर्न आउने मेला आयोजक समितिले जनाएको छ । मेलामा विभिन्न समुदायका मानिसहरूको जमघट हुने भएकाले कुनै अप्रिय घटना नघटोस् भन्ने उद्देश्यले सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र सशस्त्र प्रहरी बेसक्याम्प सन्तपुरले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending