विराटनगर। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि नीजि क्षेत्रसँग मिलेर सरकार अघि बढ्न चाहेको भन्दै त्यसका लागि आवश्यक समन्वय गर्न आग्रह गरेको छन ।
मोरङ चेम्बर अफ कमर्शले आयोजना गरेको अन्तरक्रिया क्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएको हो । कार्यक्रममा मोरङका व्यवसायीहरूले नीजि क्षेत्रले व्यवसाय दर्तादेखि अहिले भोगिरहेका समस्याबारे जानकारी गराउँदै समाधानका लागि उपप्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए ।
सरकारको अहिलेको मुख्य प्राथमिकता आर्थिक समृद्धि रहेको भन्दै उनले अर्थतन्त्रको विकासका लागि नीजि क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।
उपप्रधानमन्त्री सिंहले ०७२ को भूकम्प, त्यसपछि कोभिडका कारण समस्यामा परेको अर्थतन्त्र उठाउन सरकारले काम गरिरहेको बताए । उनले देशको अर्थतन्त्र सुदृढ बनाउन उत्पादनको क्षेत्रमा जोड दिन आग्रह गर्दै त्यसका लागि आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको भन्दै व्यवसायीहरूलाई विश्वस्त रहन पनि आग्रह गरे। नेपाली कांग्रेसको नेतृत्वमा ०४८ सालमा बनेको सरकारले लिएको खुला बजार अर्थनीतिकै कारण देशमा नीजि क्षेत्रको विकास भएको पनि उपप्रधानमन्त्री सिंहले स्मरण गराए।
‘‘०४६ साल अगाडि नीजी क्षेत्रका व्यवसायीहरूले भोगेको समस्या अहिलेको भन्दा धेरै गुणा बढी थियो । अहिले व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य बनाउन खोजिएको छ । व्यवस्था मात्र होइन अवस्था पनि क्रमिक रूपमा सबै क्षेत्रमा परिवर्नन भएको छ,’’ उपप्रधानमन्त्री सिंहले भने, ‘‘शिक्षा, स्वास्थ्य, सडक, आर्थिक क्षेत्रलगायतमा क्रमिक रूपमा परिवर्तन भएको छ । तर, समयअनुसार नयाँ चुनौतिहरू आउँछन् । त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरामा अब जोड दिनुपर्छ । सरकार त्यसमा गम्भीर छ ।’’
सरकार अस्थिर हुँदा अरू क्षेत्रले जस्तै आर्थिक क्षेत्रले पनि समस्या भोगिरहेको चर्चा गर्दै उनले राजनीति स्थायीत्वकै लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपरेको पनि बताए।
उपप्रधानमन्त्री सिंह शनिबार जदाहा गाउँपालिकामा गणेशमान सिंह फाउन्डेसन मोरङले आयोजना गरेको स्वास्थ्य शिविरमा पनि सहभागी भए । उनले फाउन्डेसनले आयोजना गरेको शिविरबाट लाभ लिनबाट जदाहाका कोह पनि नछुट्ने गरि संयोजन गर्न पनि आग्रह गरे । शिविरबाट करिब एक हजार नागरिकले स्वास्थ सेवा लिने छन् ।
।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - १७:४६
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत...
आषाढ़ ३२ गते, २०८३ - १७:४०
यस्ता छन् अन्य सात निर्णयहरु
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:०५
काठमाडौँ। बिहीबार दिउँसो काठमाडौँमा परेको भारी वर्षापछि माइतीघर क्षेत्र डुबानमा परेको छ। निरन्तरको वर्षासँगै सडक र फुटपाथमा पानी जम्दा सर्वसाधारणलाई आ...
आषाढ़ ३२ गते, २०८३ - १६:४७
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूर...
आषाढ़ ३२ गते, २०८३ - १६:४०
सप्तरी । मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। ...
आषाढ़ ३२ गते, २०८३ - १६:३०
ढल्केबर । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपाबीचको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयु...
आषाढ़ ३२ गते, २०८३ - १६:०९
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सु...
आषाढ़ ३२ गते, २०८३ - १५:४७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो सिंह...



प्रतिकृया लेख्नुहोस्: