रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५ थर्पुमा रहेको कर्णालीकै चर्चित डिग्रे साईँकुमारी मन्दिर परिसरमा हरेक वर्षको हरिबोधिनी एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमाको दिनसम्म विशेष पूजाआजा हुन्छ र भव्य मेला लाग्छ । मेलाको अन्तिम दिन लाग्ने भव्य मेलाको बिचमा प्रस्तुत गरिने सगाल नाच यो मेलाको विशेष आकर्षण हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीका अनुसार मुसीकोट नगरपालिका–७ साँख गाउँबाट आउने सगालहरुको लठ्ठी नाचपछि औपचारिक रूपमा डिग्रे मेला सकिन्छ । सगालहरु मन्दिर परिक्रमा गरेर बाजागाजासहित मन्दिर परिसरको चवरमा लठ्ठी नाच गर्छन् । हात–हातमा लिइएका लामा र ठुला लठ्ठी जुधाएर बाजाको तालमा नचाउने गरिन्छ ।
एउटा किंवदन्ती छ, “मन्दिर रहेको थर्पु गाउँका गौतमहरूले चराउन लगेका गाई घर फर्कन मानेन । साईँकुमारी भगवती देवीले दुध चढाउन आग्रह गर्नुभयो । दूध चढाइएपछि मात्र गाईलाई घर ल्याउन सकिएको हो ।”
यही शक्ति र आस्थाको कारण हरेक दिन गाईको दुध देवीका लागि र हरेक एक वर्षमा देवीको वाहन बाघको लागि बोका बली दिनुपर्ने चलन सुरु भयो । देवीको सुरक्षाका लागि लठ्ठी नाच समेत नाच्न थालियो । यही नाच मेलाको मुख्य आकर्षण बनिरहेको छ ।
यस बेलामा हजारौँ दर्शनार्थी अन्न, धन र सन्तान प्राप्तिको विश्वासका साथ मन्दिरको दर्शन गर्न आउने गरेको बताइन्छ । साईँकुमारी भगवती देवीकै चाहनाबमोजिम मेला सुरु भएको किंवदन्ती छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - १७:४६
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत...
आषाढ़ ३२ गते, २०८३ - १७:४०
यस्ता छन् अन्य सात निर्णयहरु
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:०५
काठमाडौँ। बिहीबार दिउँसो काठमाडौँमा परेको भारी वर्षापछि माइतीघर क्षेत्र डुबानमा परेको छ। निरन्तरको वर्षासँगै सडक र फुटपाथमा पानी जम्दा सर्वसाधारणलाई आ...
आषाढ़ ३२ गते, २०८३ - १६:४७
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूर...
आषाढ़ ३२ गते, २०८३ - १६:४०
सप्तरी । मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। ...
आषाढ़ ३२ गते, २०८३ - १६:३०
ढल्केबर । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपाबीचको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयु...
आषाढ़ ३२ गते, २०८३ - १६:०९
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सु...
आषाढ़ ३२ गते, २०८३ - १५:४७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो सिंह...



प्रतिकृया लेख्नुहोस्: