Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

प्रचण्डको विश्लेषण : ओली सरकारको नीतिले नेपाल-भारत सम्बन्धमा तनाव बढ्दैछ, चिनियाँ कार्ड खेल्दैछन्

खबरडबली संवाददाता

काठमाडौं । नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ खेलिरहेको आरोप लगाएका छन्। द हिन्दूमा एक अन्तर्वार्ता क्रममा प्रचण्डले ओली नेतृत्वको सरकारको नीतिका कारण नेपाल-भारत सम्बन्ध तनावमा रहेको र सीमा विवाद पुनः जागृत हुने खतरा रहेको बताए। 

द हिन्दूका लागि सुहासिनी हैदरले गरेको कुराकानीमा भनेका छन्, 'मेरो कार्यकालमा नेपाल-भारत सम्बन्धले साँच्चै नयाँ उचाइ प्राप्त गरेको थियो । जून २०२३ को मेरो भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएका वार्ताहरूबाट केही महत्त्वपूर्ण सम्झौताहरू हुनुका साथै गहिरो समझदारी कायम भएको थियो, जसको प्रभाव लामो समयसम्म रहनेछ।' 

उनले आफू मोदीको सपथ समारोहमा सहभागी हुन भारत गएर छलफल गरेपछि दुवै देशका राष्ट्रिय हितका आधारमा बलियो सम्बन्ध बनाउन सकेको बताए। 

उनले थपेका छन्, 'मलाई लाग्छ, मेरो सरकार ढालिएपछि अहिले नेपालमा भारतसँगको सम्बन्धलाई लिएर जे भइरहेको छ त्यो ठीक छैन । यो सही होइन।' 

उनले प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारले दुवै छिमेकी देशहरूसँगको सम्बन्धमा न्यूनतम् परिपक्वता देखाउन नसकेको बताए। 

उनले भनेका छन्, 'केपीजी द्विपक्षीय भ्रमणको लागि चीन जाँदैहुनुहुन्छ, तर यो भ्रमण बढी ‘चाइना कार्ड’ खेल्नका लागि मात्र भएको देखिन्छ, जुन गलत हो। हाम्रो इतिहास, संस्कृति र भूगोलले हामीले हाम्रो सम्बन्धलाई सन्तुलित राख्नुपर्छ भन्ने देखाउँछ, र उहाँले चीन जानुअघि नेपालको भारतसँगको विशेष सम्बन्धलाई स्वीकार गर्नुपर्छ। यस्तो हुनुहुँदैन थियो।'

उनले अहिले आफू प्रधानमन्त्रीको दौडमा लाग्न नचाहेको पनि प्रष्ट पारेका छन्।

उनको भनाइ छ, 'म मेरो सबै ध्यान नेपाली जनतासँग राम्रो सम्बन्ध बनाउनमा केन्द्रित गर्न चाहन्छु, पद पछि दौडिन होइन। तर मेरो डर के छ भने पदले मलाई पछ्याउने हो कि, र त्यो अवसर आएमा हाम्रो पार्टीले के गर्ने भन्ने निर्णय गर्नुपर्नेछ। अहिले म केवल जनतासँग पार्टीको सम्बन्ध सुधार गर्न आफ्नो ऊर्जा खर्च गर्न चाहन्छु।'

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending