Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

सहकारीको रकम अपचलनमा प्रत्यक्ष मुछिएका कांग्रेस नेता धनराजलाई पक्राउ पुर्जीसम्म जारी भएन

रवि लामिछानेलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणको पनि मुद्दा, तर धनराजसँग सामान्य सोधपुछ मात्रै

खबरडबली संवाददाता

काठमाडौं । कांग्रेस उपसभापति धनराज गुरुङको प्रत्यक्ष संलग्नता देखिएको ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभबाट अपचलन भएको रकम ‘क्रिप्टो’ कारोबारमा समेत लगानी भएको भेटिएको छ । सिआइबीले करिब दुई महिनादेखि गरेको अनुसन्धानमा मितेरीका बचतकर्ताको रकम क्रिप्टोमा लगानी भएको प्रमाण भेटिएको हो । 

तर, सहकारीको रकम अपचलनमा मुछिएका कांग्रेस उपसभापति गुरुङविरुद्ध भने प्रहरीले पक्राउ पुर्जीसम्म जारी गरेको छैन । सामान्य बयान मात्रै लिएको छ । उनले ‘कागजी डिभोर्स’ गरेकी ज्योति गुरुङसहित पाँच आरोपी भने फरार छन् । क्रिप्टो यस्तो ‘भर्चुअल’ मुद्रा हो, जसको खरिद–बिक्रीमा भौतिक पैसा लगानी गरिएको हुन्छ । युरोप, अमेरिकालगायत देशमा वैध रहेको क्रिप्टो कारोबारलाई नेपालको कानुनले भने वर्जित गरेको छ । 

‘मितेरी सहकारीबाट अपचलन भएको रकमको सन्दर्भमा हामी अनुसन्धानरत छौँ । सहकारीको केही रकम ‘क्रिप्टो’मा पनि लगानी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ सिआइबी प्रवक्ता एसपी होविन्द्र बोगटीले भने, ‘विशेष गरी ज्योतिबहादुर भण्डारीले अपचलन गरेको रकम ‘क्रिप्टो’मा लगानी गरेकोजस्तो देखिन्छ । यस विषयमा प्रहरी अनुसन्धानरत छ । नयाँ तथ्य खुल्दै जालान् ।’

ज्योतिबहादुर पनि फरार आरोपी हुन् । सहकारीकी तत्कालीन वरिष्ठ लेखापाल (पछि महाप्रबन्धक) ‘धनराज पत्नी’ ज्योतिले ०७६ मा सहकारीबाट तीन करोड रुपैयाँ झिकेर ज्योतिबहादुरलाई दिएकी थिइन् । त्यसपछि पनि १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ अपचलन गरेर ज्योतिबहादुरलाई नै दिएकी थिइन् । 

सोही रकम ‘क्रिप्टो’मा लगानी गरेको प्रहरी अनुसन्धानमा खुलेको हो । सिआइबीले ज्योतिबहादुर र ज्योतिसहित सुजन शाक्य, हितमान शाक्य र प्रकाश थापाविरुद्ध ६ असोजमै पक्राउ पुर्जी जारी गरेपछि अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन । 

सिआइबी प्रवक्ता बोगटीले भने, ‘यस धन्दाको मुख्य योजनाकार ज्योतिबहादुर नै रहेको देखिन्छ । सहकारीको रकम उनकै योजनाअनुसार अपचलन भएको देखिन्छ । घटनामा संलग्नविरुद्ध पक्राउ पुर्जी जारी भएपछि अहिले उनीहरूको खोजी जारी छ ।’ पक्राउ पुर्जी जारी भएका कोही पनि अभियुक्त नेपालमा नरहेको र ज्योतिविरुद्ध रेडकर्नर नोटिस नै जारी भएको प्रहरीले जनाएको छ ।

रकम अपचलन भएका अन्य सहकारीको हकमा ठगीसँगै संगठित अपराधलाई पनि जोडेर अनुसन्धान भएको छ । संसदीय छानबिन समितिले नै सहकारीको रकम अपचलनमा प्रत्यक्ष नजोडिएको, गोर्खा मिडियामा आएपछिको रकम कारोबारमा मात्रै जिम्मेवार देखिएको भनेर ठहर गरेका रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा समेत मुद्दा चलाएको छ । 

तर, त्यही छानबिन समितिले कांग्रेस उपसभापति धनराज गुरुङको समेत संलग्नता ठहर गरेर उनीमाथि पनि अनुसन्धान गर्न भनेर किटान गरेको मितेरी सहकारीको हकमा भने संगठित अपराधलाई अलग्याएर ठगी अभियोगमा मात्रै अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार मितेरीको रकम अपचलनमा सत्तारूढ दलकै उपसभापति मुछिएपछि राजनीतिक दबाबमा मुद्दा कमजोर बनाउन खोजिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending