भैरहवा। रवि लामिछानेविरुद्ध परेको सहकारी ठगी सम्बन्धी कसुरमा रुपन्देहीको भैरहवामा मंगलबारबाट सुरू भएको बयानलाई बिहीबार पनि निरन्तरता दिइएको छ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई आज तेस्रो दिन बाक्लो सुरक्षाका बीच सरकारी वकिलको कार्यालय रुपन्देहीमा साढे १० बजे बयानका लागि हाजिर गराइएको छ।
जिल्ला प्रहरी कार्यालयमा रहेका लामिछानेलाई मंगलबार पहिलो दिन प्रारम्भिक बयान तीन घण्टा ३५ मिनेट वयान लिएको थियो।
दोस्रो दिन बिहान सवा १० बजेदेखि सवा ७ बजेसम्म ९ घण्टा बयान दिइएको थियो। सवाल-जवाफ नसकिएकोले बिहीबार अन्तिम टुंगो लगाउने गरी साढे १० बजेबाट बयान सुरू भएको हो।
प्रमुख न्यायधिवक्ता प्रेमराज पौडेलले मुलकुी फौजदारी कार्याव्यवस्थाको दफा १६ मा अनुसन्धान अधिकारीले सरकारी वकिलसमक्ष बयान लिने व्यवस्था अनुरुप अनुसन्धान अधिकारी उपस्थित गराएका छन्।
हिजोसम्म भएको बयानको अन्तिम रुप दिदै रुजु गर्ने र रोल क्रम गर्ने काम आज हुन्छ। 'उहाँविरुद्ध परेको सहकारी ठगीविरुद्धको कसुरमा रहेर नै सवाल-जवाफ भएका छन्, उहाँको सहमतिमा नै सहज रुपमा जवाफ आएको छ,' उनले भने, 'कति वटा प्रश्न गरिएको भन्ने बारे यकिन भएको छैन, सम्भवः आज बयान सकिने अनुमान छ।'
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३१ ले प्रहरीले अनुसन्धान गरेपछि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउँछ। त्यो अनुसन्धान पूरा भएको नदेखिएको अवस्थामा थप अनुसन्धान गर्नु परेमा वा मुद्दाको बीचमा थप बयान लिनुपर्ने देखिएमा थप बयान लिन सक्ने व्यवस्था पनि छ।
त्यो कानुन टेकेर अवस्था हेरेर बयान फेरि पनि लिन सकिने व्यवस्था छ। सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरी अधिकृतहरू नै खटिएर प्रहरीको घेरामा नै बयान कक्षसम्म पुर्याइएको छ।
मंगलबार बयानपछि बाहिर निस्कने क्रममा सरकारी वकिलको कार्यालय परिसरमै ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि प्रशासनलाई चुनौती थपिएको छ।
केही बोलिहाल्छन कि भन्ने डरले लामिछानेलाई छेकेर सरकारी वकिलको कार्यालय र हिरासतसम्मको यात्रा भइरहेको छ। दर्जनौं नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेरामा मात्रै उनलाई बयानमा लगिएको छ।
रास्वपाका कार्यकर्ताहरूले लामिछाने रुपन्देही आएदेखि नै उनको समर्थनमा विरोध प्रदर्शन गरेका छन्। सोही क्रममा बुधबार दिउसो अदालतअगाडि कार्यकर्ता प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीबीच केहीबेर तनाव सिर्जना भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - १७:४६
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत...
आषाढ़ ३२ गते, २०८३ - १७:४०
यस्ता छन् अन्य सात निर्णयहरु
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:०५
काठमाडौँ। बिहीबार दिउँसो काठमाडौँमा परेको भारी वर्षापछि माइतीघर क्षेत्र डुबानमा परेको छ। निरन्तरको वर्षासँगै सडक र फुटपाथमा पानी जम्दा सर्वसाधारणलाई आ...
आषाढ़ ३२ गते, २०८३ - १६:४७
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूर...
आषाढ़ ३२ गते, २०८३ - १६:४०
सप्तरी । मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। ...
आषाढ़ ३२ गते, २०८३ - १६:३०
ढल्केबर । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपाबीचको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयु...
आषाढ़ ३२ गते, २०८३ - १६:०९
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सु...
आषाढ़ ३२ गते, २०८३ - १५:४७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो सिंह...



प्रतिकृया लेख्नुहोस्: