भैरहवा। रवि लामिछानेविरुद्ध परेको सहकारी ठगी सम्बन्धी कसुरमा रुपन्देहीको भैरहवामा मंगलबारबाट सुरू भएको बयानलाई बिहीबार पनि निरन्तरता दिइएको छ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई आज तेस्रो दिन बाक्लो सुरक्षाका बीच सरकारी वकिलको कार्यालय रुपन्देहीमा साढे १० बजे बयानका लागि हाजिर गराइएको छ।
जिल्ला प्रहरी कार्यालयमा रहेका लामिछानेलाई मंगलबार पहिलो दिन प्रारम्भिक बयान तीन घण्टा ३५ मिनेट वयान लिएको थियो।
दोस्रो दिन बिहान सवा १० बजेदेखि सवा ७ बजेसम्म ९ घण्टा बयान दिइएको थियो। सवाल-जवाफ नसकिएकोले बिहीबार अन्तिम टुंगो लगाउने गरी साढे १० बजेबाट बयान सुरू भएको हो।
प्रमुख न्यायधिवक्ता प्रेमराज पौडेलले मुलकुी फौजदारी कार्याव्यवस्थाको दफा १६ मा अनुसन्धान अधिकारीले सरकारी वकिलसमक्ष बयान लिने व्यवस्था अनुरुप अनुसन्धान अधिकारी उपस्थित गराएका छन्।
हिजोसम्म भएको बयानको अन्तिम रुप दिदै रुजु गर्ने र रोल क्रम गर्ने काम आज हुन्छ। 'उहाँविरुद्ध परेको सहकारी ठगीविरुद्धको कसुरमा रहेर नै सवाल-जवाफ भएका छन्, उहाँको सहमतिमा नै सहज रुपमा जवाफ आएको छ,' उनले भने, 'कति वटा प्रश्न गरिएको भन्ने बारे यकिन भएको छैन, सम्भवः आज बयान सकिने अनुमान छ।'
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३१ ले प्रहरीले अनुसन्धान गरेपछि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउँछ। त्यो अनुसन्धान पूरा भएको नदेखिएको अवस्थामा थप अनुसन्धान गर्नु परेमा वा मुद्दाको बीचमा थप बयान लिनुपर्ने देखिएमा थप बयान लिन सक्ने व्यवस्था पनि छ।
त्यो कानुन टेकेर अवस्था हेरेर बयान फेरि पनि लिन सकिने व्यवस्था छ। सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरी अधिकृतहरू नै खटिएर प्रहरीको घेरामा नै बयान कक्षसम्म पुर्याइएको छ।
मंगलबार बयानपछि बाहिर निस्कने क्रममा सरकारी वकिलको कार्यालय परिसरमै ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि प्रशासनलाई चुनौती थपिएको छ।
केही बोलिहाल्छन कि भन्ने डरले लामिछानेलाई छेकेर सरकारी वकिलको कार्यालय र हिरासतसम्मको यात्रा भइरहेको छ। दर्जनौं नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेरामा मात्रै उनलाई बयानमा लगिएको छ।
रास्वपाका कार्यकर्ताहरूले लामिछाने रुपन्देही आएदेखि नै उनको समर्थनमा विरोध प्रदर्शन गरेका छन्। सोही क्रममा बुधबार दिउसो अदालतअगाडि कार्यकर्ता प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीबीच केहीबेर तनाव सिर्जना भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - १७:१८
टोकियो। जापानमा विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी-कारिवा प्लान्टको पुन: सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ । टोकियो इलेक्ट्रि...
माघ ९ गते, २०८२ - १७:०९
झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदान स्थलको तीन तहमा वर्गीकरण...
माघ ९ गते, २०८२ - १७:०६
हेटौँडा। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेदवार...
माघ ९ गते, २०८२ - १६:४८
काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम...
माघ ९ गते, २०८२ - १६:३९
काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन...
माघ ९ गते, २०८२ - १६:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’सम्बन्धी अभियोग संशोधन गर...
माघ ९ गते, २०८२ - १६:३१
काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्रमा सक्रिय हुनुपर्ने भएकाले राजीनामा दिएको...
माघ ९ गते, २०८२ - १६:२३
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन । ...
माघ ९ गते, २०८२ - १६:१०
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि स...
माघ ९ गते, २०८२ - १६:०६
झापा। जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख ...




प्रतिकृया लेख्नुहोस्: