सुनसरी । घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ । यही व्यापारबाट आर्जेको पैसाले आफ्ना र परिवारका आवश्यकता पूरा गर्न निकै सघाउ पुगेको यसमा सङ्लग्न महिलाहरूले बताउने गरेका छन् ।
रामधुनी नगरपालिका–१ झुम्का हाटबजारमा घोँगीको व्यापार गर्दै आएकी वडा नं ५ की जमुना मुखियाले यसबाट राम्रो आम्दानी भइरहेको सुनाइन् ।
उनले सुनसरीको झुम्का, कालाबन्जरलगायतका हतियामा घोँगी बेच्नका लागि जाने गरेको बताइन् । मुखियाले मोरङ्को निमुवाबाट आफैँले पोखरीबाट घोँगी खोजेर बिक्री गर्दै आएको सुनाइन् ।
उनले भनिन्, “मेहेनतअनुसार राम्रै आम्दानी हुने गरेको छ, अरु व्यवसायको तुलनामा निक्कै सहज पनि हुने भएकाले यसैमा लागिरहेकी छु । यो हाम्रो पुर्ख्यौली व्यापार जस्तै हो। विगत लामो समयदेखि विभिन्न ठाउँका हटियाबजारमा गएर व्यापार गर्दै आएकी छु । झुम्कामा लाग्ने हटियाबजार भने व्यापार गर्ने मुख्य थलो हो ।”
झुम्काको हटियाबाहेक कालाबन्जर बराह क्षेत्रलगायत ठाउँमा पनि हटियाबजार लागेको समयमा घोँगीको व्यापार गर्न जाने गरेको उनले बताइन् । अचेल घोँगी भने जताततै पाइँदैन । मोरङको निमुवा पोखरीसम्म पुगेर खोजेर ल्याउनुपर्छ ।
“अचेल घोँगी पाइँदैन, त्यसैले निमुवा पुग्नुपर्छ तर खोज्न दुःख भए पनि व्यापारबाट मासिक रु ५० हजारसम्म मज्जाले आम्दानी हुँदै आएको छ । आफूले पोखरीमा पालेर बिक्री गर्ने हो भने राम्रो आम्दानी हुन्थ्यो होला”, उनको भनाइ थियो ।
प्रत्येक हप्ता लाग्ने हाटबजारमा घोँगी किन्न बराहक्षेत्र, इटहरी, धरान, इनरुवालगायका ठाउँबाट ग्राहक आउने गरेका छन् । मागअनुसार घोँगी पु¥याउनै नसकिएको मुखियाले बताइन् । प्रतिकिलो घोँगी रु एक सयमा बिक्री गर्दै आएको र एउटा हटियाबजारबाट दिनमा ९० देखि एक सय किलोसम्म बिक्री गर्दे आएको बताइन् ।
उनी मात्रै होइन सोही नगरको वडा नं १ की रत्नीदेवि माला विगत १२ वर्षदेखि घोँगीको व्यापार गर्दै आएको छ । उनले हाल सुनसरीको भन्टाबारी पोखरीमा आफैँले घोँगी पाल्नुभएको छ । यही पोखरीबाट उत्पादन भएको घोँगी इटहरी, झुम्का, कालाबन्जरलगायत ठाउँमा दैनिकजसो ६० देखि ७० केजीसम्म बिक्री गर्दै आएको मालाले बताइन् ।
“घोँगीमा भिटामिनको मात्रा प्रशस्त पाइने हुनाले रुघा र चिसो लागेको बेला मान्छेले अत्याधिक खरिद गर्ने गरेका छन् । अब चिसोयाम आयो, हाम्रो व्यापार पनि राम्रै फस्टाउँछ”, उनले भनिन् ।
रामधुनी नगरपालिका–१ कै रेम्नी मुखियाले पनि विगत सात वर्षदेखि घुँगीको व्यापार गर्दै आएको बताइन् ।
उनले पनि थपिन्, “विगत सात वर्षदेखि यसै व्यापारमा लागिरहेकी छु । राम्रो आम्दानी हुन्छ । खोलाबाट खोजेर ल्याउन मात्र समस्या हो, बजारको त समस्ष छैन । पछिल्लो समय मोरङ्को निमुवामा आफ्नै पोखरीमा घोँगी पालेकी छु । दैनिक ७० देखि ८० किलोसम्म बिक्री गरेर आम्दानी गरिरहेकी छु ।”
गर्मीयामभन्दा जाडोमा घोँगीको व्यापार राम्रो हुने गरेको छ । पुसको दोश्रो सातादेखि माघ–फागुनको अन्तिमसम्म व्यापार हुँदा यहाँ लाग्ने हरेक हाटबजारमा किन्ने र बेच्नेहरूको घुइँचो लाग्ने गर्छ । यहाँको झुम्का हाटबजारमा मात्रै सातदेखि दश जना महिला लहरै बसेर व्यापार गर्दै गरेको देखिन्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: