Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

स्थानीय तहमा गठित न्यायिक समिति, मेलमिलापल गराउने माध्यम

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । स्थानीय तहमा गठित न्यायिक समितिले स्थानीयतहमा हुने विभिन्नखाले विवादको मेलमिलाप गराउँदा सेवाग्राहीले घरनजिकै न्याय सेवा पाएको अनुभूति गर्न थालेका छन् । सानोतिनो विवादलाई लिएर कहिले प्रहरी, कहिले अदालत धाउने झन्झट हटेपछि स्थानीयलाई न्याय खोज्न राहत मिलेको हो । 

नातासम्बन्ध कायम गर्ने, पति–पत्नीबीच कलह भएर सम्बन्धविच्छेद हुने अवस्था, जग्गाको साँधसीमा, घरेलु हिंसालगायत मुद्दा वडावडामै मेलमिलाप भइरहेको छ । वर्षौँदेखि परिवार र गाउँमा झगडाको बीउ बनेर बसेका मुद्दा पनि न्यायिक समितिमा आएपछि मेलमिलाप भएको छ । स्थानीयको विवादमा फैसलाले भन्दा पनि मेलमिलापले चाहिँ प्रभावकारी समाधान दिएको सम्बन्धित पक्षकै अनुभव छ ।

न्यायिक समितिमा आफ्नो जग्गा फिर्ता गरीपाउँ भनी निवेदन दिएकी मेलम्चीकी एक महिलाले न्याय पाएको अनुभव सुनाइन् । करिब ११ वर्ष अगाडि आफ्ना श्रीमान्ले घरपरिवारलाई थाहा नदिई आफ्नो खेत गाउँकै एक छिमेकीसँग केही रकम लिई दृष्टिबन्धक भनी राखेको जग्गा फिर्ता भएपछि उनी मख्ख छिन् ।

उक्त जग्गा छिमेकीले रजिष्टे«शन पास गरिसकेको र हाल श्रीमान् बेपत्ता भएको तीन वर्ष भइसकेकाले जग्गा फिर्ताको माग गर्दै न्यायिक समितिमा निवेदन दर्ता गरेकी थिइन् । आफ्ना छोराछोरीलाई पालनपोषण र संरक्षण गर्न त्यही खेतबाहेक केही नभएकी ती महिलाको उजुरीपश्चात मेलम्ची नगरपालिका न्यायिक समितिको सक्रियतामा सो विवाद समाधान भएको छ ।

दुवै पक्षको जित–जितको अवस्थामा विवाद समाधान भएपछि उजुरीकर्तामात्र होइन अर्को पक्ष पनि सन्तुष्ट छ । आफ्नो जग्गा पुःन आफ्नै नाममा आएपछि पीडितको मुहारमा खुसी छाउनुका साथै मेलम्ची नगरपालिका न्यायिक समितिलाई धन्यवाद व्यक्त गरेकी छन् ।

स्थानीय तहमा पालिकास्तरका न्यायिक समितिमात्र होइन, वडास्तरका मेलमिलाप केन्द्रसमेत गठन भइसकेका छन् । सेवाग्राहीले न्यायिक समितिमा निवेदन पेस गरेपछि छलफलका लागि मेलमिलापकर्ता रोज्न पाउने भएकाले न्यायमा विश्वास बढेको देखिन्छ ।

स्थानीय तहमा भएका विवाद सकेसम्म समाजमा मेलमिलाप होस् भन्नेमात्र नभई सानातिना विवाद प्रहरी र अदालतसम्म पुग्दा हुने खर्चभार पनि कम हुँदै गएको धेरैले महसुस गरेका छन् । दिनप्रतिदिन मेलम्ची नगरपालिका न्यायिक समितिको निष्पक्ष कामले गर्दा मेलम्ची नगरपालिका न्यायिक समिति न्यायका लागि आमनागरिकको पहिलो रोजाइमा परेको छ । 

बितेका सात वर्ष छ महिनामा यस्ता न्याय पाएका सयौँ उदाहरण न्यायिक समितिसँग छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ को उपदफा १ र २ मा उल्लेख भएको व्यवस्थानुसार न्यायिक समितिले न्याय निरुपणको काम गर्दा धेरैले सहज रूपमा घरआँगनमै न्याय पाइरहेका छन् । फौजदारी अभियोग, गम्भीर प्रकृतिका बाहेक देवानीसम्बन्धी मुद्दाका विषयमा न्यायिक समितिले काम गर्दै आएको छ । 

नगरपालिकाभरि न्याय निरुपणलाई सहज बनाउनका लागि ८२ जना सूचीकृत मेलमिलापकर्ता न्यायिक समितिले उत्पादन गर्नुका साथै वडावडामा मेलमिलाप केन्द्र स्थापना गरी वडास्तरका सामान्य विवाद मेलमिलापका माध्यमबाट विवाद निरुपण हुने गरेको न्यायिक समिति संयोजक एवं उपप्रमुख उमा प्रधानले बताइन् । 

मेलम्ची नगरपालिकामा न्यायिक समितिमा यस आर्थिक वर्षमा मात्र ७७ वटा विवाद दर्ता भएका थिए । जसमध्ये ३८ मेलमिलापको माध्यमबाट र ३१ वटा न्यायिक समितिबाट समाधान भइसकेका छन् भने आठवटा विवाद बाँकी छन् । 

न्यायिक समिति संयोजक प्रधानले समितिमा परेका निवेदनलाई निकै गम्भीरतापूर्वक गोपनीयता कायम गरी छलफलका माध्यमबाट टुङ्गो लगाउने गरेको बताए । सामान्य जनताको न्याय प्राप्तिमा हुने समय र खर्चसमेत जोगिएको प्रधानको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending