काभ्रेपलाञ्चोक । आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर–७ धारापानी स्थित पुजारी थुम्का बस्ने ७४ बर्षका बलबहादुर श्रेष्ठको हत्या गरेको आरोपमा उनका ४४ बर्षका जेठो छोरा रामलाल श्रेष्ठलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डिएसपी एबम सुचना अधिकारी मिन बहादुर घलेका अनुसार बाबुको हत्या गरी फरार रहेका श्रेष्ठलाई प्रहरीले उनको घर नजिकै रहेको ढोडेनी वनमा लुकीछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरेको थियो ।
कार्त्तिक ८ गते बलबहादुर श्रेष्ठ र उनका जेठो छोरा रामलाल श्रेष्ठबीच अंशबन्डाका विषयमा विवाद भएको थियो । विवादकै बीचमा रामलालले बुबालाई अनुहार र टाउकोमा मुक्काले प्रहार गरेका थिए भने हँसिया र फलामको आग्लो प्रहार गरी घाँटी थिचेर हत्या गरेका थिए ।
प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गर्न रामलाललाई जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: