Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

निर्वाचनमा पराजित भएपछि माओवादी उपमाहासचिव पोखरेल के गर्दैछन् ?

खबरडबली संवाददाता

महोत्तरी । सधैभरी सत्ता र शक्तिमा रहेका माओवादी केन्द्रका उपमाहासचिव तथा पुर्व सिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेल २०७९ को निर्वाचनमा पराजय वेहोरेपछी के गर्दै छन् भन्ने आम चासो छ । नेकपा एमालेका लक्ष्मी महतो कोइरीसँग पराजित वनेपछि धेरैले फरक अडकलवाजी पनि गरेका थिए ।

अनअपेक्षित र अस्वभाविक पराजय व्यहोरेका पोखरेल गृह जिल्ला नफर्किने र जनतासँगको  सम्बन्ध  यथास्थितिमा नरहने भन्ने अडकलवाजीका विच निर्वाचन समापनसँगै मतदाताहरुलाई धन्यवाद दिन ‘मुस्कान सहितको धन्यवाद’ भन्ने नारासहित घरदैलोमा पुगे ।

निर्वाचित संसदको भूमिकामा नरहेतापनि निरन्तर त्यसयता विकासको लागि पहलकदमी र जनतासँगको सम्बन्धलाई यथावत राखिराखेका उपमाहासचिव पोखरेललाई लिएर अहिले  आम मानिसको सहानुभूति र आकर्षण ह्वात्तै बढेको देखिएको छ ।

‘उन्ले महोत्तरी क्षेत्र नं। १ लाई शैक्षिक गन्तब्य वनाउन खेलेको उपलब्धि, दिर्घकालिन विकासका योजनाका आधारहरु, सुशासन र समृद्धका गुरुयोजनाहरु धरासायी वन्दै गएपछि पोखरेलप्रतिको भरोसाको हामीलाई महसुस भईरहेको छ ।’ गौशालाका स्थानीय विनय महतोले भने । ‘अहिलेका माननीय र पहिलेमा त आकाशपाताल नै फरक छ नी !’

संघिय संसद कोइरीको नेतृत्व र पहलकदमी निक्कै कमजोर वनिरहेको वेला पोखरेलको घरदैलो र केन्द्रमा  क्षेत्र न।१ को लागि गरेको  कामले कतिपयले आसन्न निर्वाचनको तयारी र अभ्यास भएको प्रतिक्रिया दिएका छन् । तर नेता पोखरेल यसलाई अस्विकार गर्दै भन्छन – ‘कसैले पनि त्यसरी बुझ्न हुँदैन । म संसद हुँदा होस या नहुँदा मैले गर्ने जिम्मेवारी सम्मान हुनुपर्छ । नेताहरु निर्वाचनमुखी मात्र हुनुपर्छ वा हुन्छन  भन्ने गलत वुझाई रहनुहुँदैन ।’

यो चाडपर्वको अवसरमा पनि पोखरेलले अधिकांश समय गृह जिल्लामा नै विताए । बर्दिवास-३ स्थित आधारशिलामा स्थायी बसोबास गर्ने पोखरेल दशैँ, तिहार र छठको अवसरमा जनताको घरदैलोमा पुगे र सुभकामना साटासाट गरे ।

‘नेता पोखरेल घरमा आएर प्रसाद ग्रहण गरिदिनु भयो । निक्कै खुसी लाग्यो ।’ नेकपा एमालेका युवा नेता देवनारायण महतोले भने ।‘पहिले संसद र मन्त्री हुँदा नगएका ठाँउहरुमा पनि  पुग्नु भएछ । राजनीति सुजबुझ र विकासप्रति दृष्टिकोण भएको पोखरेल जत्तिको नेता अरु छदै छैनन ।’

माओवादी केन्द्रको आधार ईलाकाकोरुपमा चिनिने महोत्तरी क्षेत्र नं।१ मा पार्टीको  सांगठनिक मत मात्र हैन गठबन्धन कांग्रेस र लोसपाको मत समेत पोखरेललाई जाने सुनिश्यतका वावजुत पनि उन्ले व्यहोरेको पराजय निक्कै अस्वाभाविक वन्न पुग्यो ।

 ‘तर विजयी भएका प्रतिनिधिहरुको समेत सन्तोषजनक कामहरु नदेखिदा पोखरेलको पराजयलाई लिएर धेरै मान्छेहरुले आत्माआलोचना  गर्न थालेका छन् ।’ नेपाली कांग्रेसका नेता भोज प्रसाद फुयाल भन्छन ।’ मत जसले कोईरीलाई हालेका थिए उनीहरु प्रश्ताप गर्न थालिसके, चिया चौतारामा यस्तै विषयमा कुरा भएको सुनिन्छ ।’

स्वास्थ्य मन्त्री र शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री  वनेर सरकार र शक्तिमा रहेका पोखरेलले महोत्तरी क्षेत्र नं. १ बर्दिवास र गौशाला नगरपालिकालाई शैक्षिक शहरकोरुपमा रुपान्तरण गरेका छन् । परिणामस्वरुप अहिले बर्दिवासमा मात्र ७० जिल्लाका विद्यार्थीहरु आएर अध्यन गर्ने गनतब्य वनेको छ ।

‘बौद्विक र दुरदृष्टि नेताकारुपमा चिनिने पोखरेललाई आम मानिसहरुले चिन्न सक्नुपर्छ र यो क्षेत्रको समृद्वी सिर्जना गर्न अवसरकोरुपमा उनलाई लिन सक्नुपर्छ ।’ बर्दिवासका स्थानीय इश्वर वस्नेत भन्छन – ‘हामीले यो कार्यकाल संसदीय भूमिकावाट गुमाएतापानी अनवरत उन्ले गरेको काम देख्दा कोइरी संसद हो र ? जस्तो पो लाग्छ ।’

पोखरेल विपक्षी पार्टीका नेता कार्यकर्ताहरुको घर(घरमा पुगेको तस्विरहरु सार्वजनिक भईरहेको वेला माओवादी केन्द्रको खस्कदो सांगठनिक अवस्थामा सुधार आउने विस्वास समेत गरिएको छ  ।

माओवादी केन्द्रको क्षेत्र नं. १ वालियो आधार ईलाका मानिएतापनी आन्तरिक कलहले पछिल्लो समय कमजोर वन्दै गएको देखिएको छ । २०७४ मा गौशाला नगरपालिका, बर्दिवास नगरपालिका र संघमा माओवादी केन्द्रले नै जितेको थियो तर अहिले स्थानीय तह, प्रदेश, संघ सवै नै गुमाएको छ । २०७९ को निर्वाचनमा जसपावाट मनोनयनको अघिल्लो रात लक्ष्मी महतो कोइरीलाई एमाले प्रवेश गराएर मनोनयन दर्ता गराएको थियो । कोइरीले २३ हजार ४ सय २ मत सहित १ हजार ३० मतको मतान्तरले पोखरेललाई पराजित गरेका थिए । पोखरेलले २२ हजार ३ सय ७२ मत ल्याएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जापानद्वारा विश्वको सबैभन्दा ठुलो आणविक संयन्त्र स्थगित

टोकियो। जापानमा विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी-कारिवा प्लान्टको पुन: सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ । टोकियो इलेक्ट्रि...

झापाका ९५ वटा मतदान स्थल अति संवेदनशील

झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदान स्थलको तीन तहमा वर्गीकरण...

हेटौँडामा २५ वर्षदेखि ६४ वर्षसम्मका उम्मेदवार मैदानमा

हेटौँडा। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेदवार...

सरकारका प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम...

जेनजी आन्दोलन छानबिन आयोगको म्याद २० दिन थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन...

रवि लामिछानेविरूद्धको मुद्दा न्यायाधीशले हेर्न मिल्दैन भनेपछि सुनुवाइ सर्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’सम्बन्धी अभियोग संशोधन गर...

नेपाली कांग्रेसको मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए पदबाट राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्रमा सक्रिय हुनुपर्ने भएकाले राजीनामा दिएको...

मुस्ताङका उम्मेदवारविरुद्ध परेन उजुरी

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन । ...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि स...

झापा ५ मा सबैभन्दा बढी मतदाता, ५० हजार नयाँ थपिए

झापा। जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।   कार्यालयका प्रमुख ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending