Ntc summer Offer
Khabar Dabali ७ असार २०८२ शनिबार | 21st June, 2025 Sat
Investment bank

महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती मनाइदै

खबरडबली संवाददाता

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।

किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवान्को पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन्, जुन सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय छन् ।

महागुरु फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिपरेका थिए । फाल्गुनन्दको २००५ सालमा निधन भएको थियो  ।

किराँत समाज सुधारमा पुर्याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी भेगका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलालीमा घर नजिकै मृत भेटिइन् सुत्केरी, १६ दिनको शिशु सकुशल

धनगढी । कैलालीमा एक सुत्केरी मृत फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रबार बिहान सोही ठाउँ बस्ने १९ वर्षीया तुलसी नाथ मृत फेल...

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुंगा । ओखलढुंगाको  मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । गत शुक्रबार सफल शल्यक्रियापछि ए...

खल्ला गोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

कञ्चनपुर । गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै दोदा (मछेली) नदीको बगरमा पुगिसकेका हुन्छन् । ...

विराटनगरमा मिटरब्याज आतंकः ‘मन्टु’विरूद्ध एक दर्जन पीडितले गुहारे प्रशासन

विराटनगर । सर्वसाधारणलाई मिटरब्याजको नाममा ठगी गर्दै करोडौं असुल गरेको आरोपमा १६ महिना जेल बसेर सफाइ पाएका विराटनगरका ‘मन्टु’ नामले परिचित सञ्जयप्रसाद...

सुदूरपश्चिमका ठाउँ–ठाउँमा बिहानैदेखि वर्षा

धनगढी । सुदूरपश्चिमका विभिन्न जिल्लामा आज बिहानदेखि निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिनसम्म मौसम यस्तै रह...

अकाउन्ट लगइन गर्न पासवर्ड नै नचाहिने फिचर ल्याउँदै फेसबुक, कसरी गर्न सकिन्छ प्रयोग ?

काठमाडौँ । फेसबुकले अकाउन्ट लगइन गर्दा पासवर्ड नै नचाहिने फिचर ल्याउने भएको छ । बुधबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले ‘पास की’ फिचर ल्याउने घोषणा गर...

आजको संसद बैठकमा सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं।  प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।  आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत...

ग्वार्को ओभरपासको आज उदघाटन

काठमाडौं । ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास आज उदघाटन हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपास उदघाटन गर्ने छन् । भौतिक पूर्वाधार तथा याताया...

आजबाट जसपाको संघीय परिषद् बैठक

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषदको बैठक आजवाट सुरु हुदैँछ । असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भव...

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

बलेवा  । बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending