Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

भक्तपुरमा तराईको झल्को दिने छठ पर्व सम्पन्न

फइल तस्विर
खबरडबली संवाददाता

भक्तपुर । शुक्रबारको झिसमिसे बिहानी भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ थियो । ठूलो पोखरीको वरिपरि बत्तीले झिलिमिली र छेउमा पाल टाँगिएको स्थानमा व्रर्तालुको घुइँचो थियो । बाँकी तीन छेउ वरपर पाला अर्थात् दियो बालिएका थिए । कोही बलेका बत्तीसँग रमाउँदै फोटो खिच्न व्यस्त देखिन्थ्ये भने कोही निभेका बत्ती बाल्दै थिए । 

तराईको झल्को दिने गरी दुलहीझै सिँगारिएर झकिझकाउ बनाइएको कमलपोखरीमा छठ मनाउन तराईवासीसँगै भक्तपुरका स्थानीय पनि सहभागी थिए । तराई क्षेत्रमा मनाइने छठ पर्व भक्तपुरमा पनि हर्षोल्लासका साथ मनाइएको छ । भक्तपुरमा तराई मधेसका समुदायकासँगै मिलेर स्थानीयले संस्कृति र परम्पराअनुसार पूजाआराधनासहित छठ मनाएका हुन् । आज बिहानै छठ मनाउन रातभर जाग्राम बसेका व्रर्तालुहरुले उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा सम्पन्न गरी चार दिनको व्रतसहित छठ सम्पन्न गरेका छन् ।

भक्तपुरमा बस्दै आएका तराईवासीले कमलपोखरीमा छठ पर्व मनाएको यो पहिलो वर्ष भने होइन । सर्लाहीबाट भक्तपुरको कमलविनायकमा व्यवसाय गरेर बस्दै आउनु भएका छठ पर्व आयोजक समितिका संयोजक लक्ष्मण रौनियारले विगत १० वर्षदेखि यहाँ छठ मनाउन व्यवस्थापन गर्दै आइएको बताए । 

पर्वका लागि बिहीबार पोखरीलाई सजाएर झकिझकाउ बनाइएको थियो भने साँझ व्रर्तालुले अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिएर छठी देवीको पूजा गरेर पर्व मनाएका रौनियारले उल्लेख गरे । कमलविनायकमा चटपटे व्यवसाय गर्दै आएकी सुभद्रा साहले विगत तीन वर्षदेखि कमलपोखरीमा छठ पर्व मनाउँदै आएको जनाउँदै छठमा घर जान नपाउनेहरुका लागि यहाँको व्यवस्थापनले सजिलो बनाएको बताइन् ।

विशेष गरेर तराईवासीले हर्षोल्लासकासाथ मनाउने छठ पर्व आज भक्तपुरमा सबै धर्मावलम्वीले सामूहिक रुपमा मिलेर मनाएको दृश्य देखिएको भन्दै उक्त दृश्यले मनलाई आनन्दित बनाएको स्थानीय कमल श्रेष्ठ बताए । 

समितिका संयोजक रौनियारले विभिन्न धर्म, समुदाय र जातका मानिस एकसाथ सहभागी भएर पर्व मनाएका बताए । विगतका वर्षमा एक सय परिवार पनि नहुनेमा यसवर्ष एक सय ५० भन्दा बढी परिवारले यहाँ छठ मनाएका उनले जानकारी दिए । 

सूर्यको उपासनासँग सम्बन्धित छठ पर्व यसवर्ष शुक्रबारदेखि सुरु भएको थियो । चार दिनसम्म मनाइने पर्वको मुख्य दिन आज हो । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुदर्शीका दिनदेखि सुरु हुने छठ पर्व अत्यन्तै श्रद्धा र निष्ठाका साथ मनाइन्छ । तराईमा सीमित यो चाँंड पछिल्लो वर्ष तराईका साथै काठमाडौँ उपत्यकामा पनि भव्य रुपमा मनाउन थालिएको छ ।

पर्वको मुख्य विशेषता अस्ताउँदो र उदाउँदो सूर्यलाई जलाशयमा उभिएर अर्घ दिएर मात्र पूजा सम्पन्न गर्नु हो । छठ मनाउन पोखरी पुग्नुभएकी शान्ता महतोले पुत्र, पति र परिवारको कल्याणको कामना गर्दै यो पर्व परिवारका सबै सदस्य तथा समूहमा मनाएको बताए । 

पर्वको क्रममा पहिलो दिन कार्तिक शुक्ल चतुदर्शीका दिन नहाय खाय ९नुहाएर चोखो भई शुद्ध शाहाकारी भोजन खाने०, दोस्रो कार्तिक पञ्चमीका दिन खरना पूजा गर्ने र यस दिन व्रर्तालुहरू स्नान गरेर दिनभरि उपवास बसी आत्मशुद्धि गर्ने, पञ्चमीका दिन व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाइ प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई खुवाउने गर्छन् । आज अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व समापन गरिएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending