इनरुवा । सुनसरी हरिनगर गाउँपालिका–२ का भटाई मरिक दुई जनाको सहारामा दुई दिनमा एउटा बाँसको ढाकी बनाउँछन् । उनलाई बाँसको कोनिया बनाउन एक दिन मात्र लाग्छ ।
बिहानै हातमा कुखुरी लिएर घरबाट निस्कने भटाई छठ पर्वका बेलामा बाँसका सामग्री बनाएर वर्षभरिलाई खान र घर खर्च चलाउन रकम जुटाउने गर्छन् । यसवर्ष भने सोचेजस्तो बाँसका सामग्री बिक्री नभएको उनको गुनासो छ । भटाईले गर्त वर्ष छठका बेलामा एक सय ५० वटा कोनिया र एक सय २५ वटा ढकीया बिक्री गरेका थिए ।
यस वर्ष उनले ५० देखि एक सयसम्म कोनिया र ९० वटा ढकीया बिक्री भएको बताए । उनीजस्तै हरिनगर–२ का बिन्देश्वर मरिकले छठ पर्वका बेला बाँसका सामग्री बनाएर साहु तथा यजमानबाट लिएको ऋण तिर्ने सोचेका थिए । वर्षभरि घर खर्च जेनतेन चलाउने मरिक समुदायका अधिकांशले चाडपर्वलाई खर्च जुटाउने अवसरका रुपमा लिने गरेका छन् ।
तर, सोचे अनुसारको बिक्री नहुँदा आम्दानी घटेको बिन्देश्वरले बताए । आधुनिकताको विकाससँगै बजारमा आएका प्लाष्टिकका सामग्रीको प्रयोग बढेसँगै बाँसका सामग्री बिक्री हुन छोडेका उनको भनाइ छ । यसले गर्दा जीविकोपार्जनमा समस्या भएको गीता मरिकले बताए ।
बिहानै बाँसलाई काटनुका साथै आवश्यकता अनुसार फोड्ने, काट्ने र सामग्री निर्माण गर्ने गरिएको भन्दै बनाइएको सामग्री बिक्री नहुँदा आर्थिक अभाव सृजना हुने गीताको भनाइ छ ।
बर्सेनि छठ पर्व मनाउनको सङ्ख्या बढ्दै गए पनि बाँसका सामग्रीको कारोबारमा कमी आएको मरिक समुदायका व्यक्तिले बताएका छन् । अहिले बजारमा पित्तलका कोनिया, ढाकी पाउनुका साथै प्लाष्टिकबाट निर्मित नाङ्ग्लोलगायत सामग्री पाउन थालेकाले बाँसका सामग्री बिक्री हुन छोडेका चन्दन मरिकले बताए ।
लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रुपमा रहेको छठमा विगतका बर्षमा बाँसबाट निर्मित सामग्रीको प्रयोग बढी हुने गरेकामा पछिल्ला केहीवर्षयता आधुनिक प्लाष्टिकका सामग्रीको प्रयोगले परिक समुदायको पुर्ख्यौली पेसा सङ्कटमा परेको बिन्देश्वरले बताए ।
मरिक समुदायको पुर्ख्यौली पेसाका रुपमा रहेको बाँसका सामग्री मनाउने कामलाई संरक्षण गर्नुका साथै बजारीकरणमा स्थानीय तह तथा सरोकार भएका निकायले सहयोग गर्नुपर्ने मरिक समुदयका अगसवाको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: