Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

डोनाल्ड ट्रम्प फेरि राष्ट्रपति बनेपछि उनीमाथि लागेका मुद्दा के हुन्छ ?

खबरडबली संवाददाता

काठमाडौं । हप्तौँका चुनावी अभियान र दौडधूपपछि रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन्।

उनी कानुनी रूपमा दोषी हुने पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन्। ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्दै गर्दा उनीविरुद्धका कैयौँ आपराधिक मुद्दा विचाराधीन छन्।

दर्जनौँ आपराधिक मुद्दा कायम रहँदा देशको सर्वोच्च पदमा उनी विराजमान हुने अवस्था बनेकाले अमेरिका अनेकौँ नसुल्झिएका मामिला कायम रहेको देश बन्न पुगेको छ। ट्रम्पले ह्वाइट हाउसमा पाइला राख्दै गर्दा उनीविरुद्धका चार कानुनी मुद्दा के होलान् भन्ने धेरैको चासो छ।

१. न्यूयोर्कमा पूर्व'पोर्नस्टार'लाई 'चुप बस्न' पैसा दिएको मुद्दा

डोनल्ड ट्रम्प न्यूयोर्क राज्यमा व्यावसायिक अभिलेखहरू किर्ते गरेका ३४ वटा कसुरमा दोषी ठहर भएका भइसकेका छन्।

गत मेमा न्यूयोर्कको एक अदालतले उनलाई एक पूर्व'पोर्नस्टार'लाई 'चुप बस्न'का लागि पैसा दिएको अभियोगमा दोषी पाएको थियो।

न्यूयोर्कका न्यायाधीश जुआन मर्चनले गत सेप्टेम्बरबाट उनको सजाय तोक्ने मितिलाई चुनावपछि अर्थात् नोभेम्बर २६ का लागि सारेका थिए।

ब्रूक्लिनका पूर्वअभियोजनकर्ता जुली र्‍यान्डल्म्यानले ट्रम्पले चुनाव जितेमा पनि न्यायाधीश मर्चनले सजाय सुनाउन सक्ने बताइन्।

कानुनविद्हरू पहिलो पटक अपराध गरेको एकजना व्यक्तिका रूपमा ट्रम्पलाई जेल सजाय हुन सक्छ भन्ने विषय अविश्वसनीय रहेको बताउँछन्।

र्‍यान्डल्म्यानका अनुसार यदि त्यस्तो भएमा पनि उनका वकिलहरूले त्यसविरुद्ध तत्कालै पुनरावेदन गर्ने छन्। उनीहरूले ट्रम्पलाई जेलमा राखियो भने उनले राष्ट्रपतिका रूपमा गर्नुपर्ने कामहरू गर्न पाउने छैनन् भन्ने तर्क गर्ने छन्। ती कारणहरूले मुद्दा विचाराधीन रहँदा उनी स्वतन्त्र नै रहने छन्।

"यस्तो अवस्थामा पुनरावेदनको प्रक्रिया वर्षौँसम्म चल्न सक्छ," उनले भनिन्।

२. ज्यानुअरी ६ को मुद्दा

विशेष अनुसन्धानकर्ता ज्याक स्मिथले सन् २०२० को निर्वाचनमा जो बाइडनको जितलाई उल्ट्याउने प्रयास गरेको भन्दै उनीविरुद्ध आपराधिक मामिलामा मुद्दा दायर गरेका थिए।

ट्रम्पले आफू उक्त मामिलामा दोषी नभएको बताएका छन्।

गत ग्रीष्मकालमा सर्वोच्च अदालतले ट्रम्पले पदमा रहँदा गरेका निर्णयहरूमा उनीमाथि लाग्न सक्ने आपराधिक अभियोगहरूमा आंशिक रूपमा छुट पाउने आदेश दिएसँगै उक्त मामिला अहिले कानुनी अनिश्चिततामा फसेको छ।

त्यसपछि स्मिथले पुन: मुद्दा दायर गरेका छन्। त्यसमा उनले चुनावी मतपरिणामलाई उल्ट्याउने कोसिस ट्रम्पको आधिकारिक कामभित्र नपर्ने दाबी गरेका छन्।

भूतपूर्व सङ्घीय अभियोजनकर्ता निअमा रहमानीले ट्रम्पले चुनाव जितेपछि यो मामिलामा उनीमाथि लागेको आपराधिक आरोप "सकिने" बताए।

"पदासीन राष्ट्रपतिमाथि मुद्दा चलाउन सकिँदैन भन्ने स्थापित भएकाले चुनावमा धाँधली गरेको आरोपमा डीसी जिल्ला अदालतमा उनीमाथि रहेको मुद्दा खारेज हुने छ," उनले भने।

यदि स्मिथले उक्त मुद्दालाई खारेज गर्न मानेनन् भने ट्रम्पले उनलाई हटाउन सक्छन् र त्यस्तो उनले पहिले नै भनिसकेका छन्।

"म उनलाई दुई सेकन्डमा हटाइदिन्छु" गत अक्टोबरमा दिएको एउटा रेडिओ अन्तर्वार्तामा उनले भनेका थिए।

३. गोप्य दस्तावेजहरूसम्बन्धी मुद्दा

ट्रम्पले ह्वाइट हाउस छाडेपछि गोप्य दस्तावेजहरूको गलत प्रयोग गरेको आरोपमा ट्रम्पविरुद्ध मुद्दाको पनि स्मिथले नै नेतृत्व गरिरहेका छन्। उक्त आरोपलाई पनि ट्रम्पले अस्वीकार गरेका छन्।

उनीमाथि फ्लोरिडास्थित घर ‘मर-आ-लागो’मा संवेदनशील कागजातहरू भण्डारण गरेको र कागजातहरू पुन: प्राप्त गर्ने कार्यमा न्याय मन्त्रालयलाई अवरोध गरेको आरोप लगाइएको छ।

उक्त मुद्दा हेर्न तोकिएकी न्यायाधीश एलीन क्याननलाई ट्रम्पले नियुक्त गरेका थिए। उनले गत जुलाईमा त्यो मुद्दालाई खारेज गरिदिइन्। 

ती न्यायाधीशले स्मिथलाई उक्त मुद्दाको नेतृत्व गर्न न्याय मन्त्रालयले अनुचित रूपमा नियुक्त गरेको भन्दै त्यस्तो निर्णय गरेकी थिइन्। त्यसविरुद्ध स्मिथले पुनरावेदन गरेका छन्।

रहमानीका अनुसार ट्रम्पले जितेसँगै गोप्य दस्तावेजसम्बन्धी मुद्दाको भविष्य पनि चुनावी मतपरिणाम उल्ट्याउने प्रयास गरेको भनी उनीमाथि लागेको मुद्दाको जस्तै हुनेछ।

४. जोर्जा चुनावसम्बन्धी मुद्दा

ट्रम्पले जोर्जा राज्यमा पनि सन् २०२० को चुनावी मतपरिणाम उल्ट्याउने प्रयास गरेको भन्दै आपराधिक मुद्दाको सामना गरिरहेका छन्।

उक्त मुद्दाले पनि धेरैखाले अवरोधहरूको सामाना गरेको छ। त्यस्तै अवरोधका रूपमा जिल्ला न्यायाधिवक्ता फानी विलिसलाई उनले कामका लागि राखेका एक वकिलसँगको सम्बन्धसँग जोडेर अयोग्य ठहर्‍याउने प्रयाससमेत गरिएको छ।

एउटा पुनरावेदन अदालतले विलिसलाई उक्त मुद्दामा बस्न दिन मिल्छ कि मिल्दैन भनेर निर्णय गर्न बाँकी छ।

तर अहिले ट्रम्पले चुनाव जितेसँगै उक्त मामिला टुङ्गो लाग्न थप ढिलो हुन सक्छ वा मुद्दा खारेज पनि हुन सक्छ।

कानुनविद्‌हरूका अनुसार ट्रम्पको कार्यकालमा उक्त मुद्दा अघि बढाउने प्रक्रिया रोकिन सक्छ।

न्यायाधीशले ट्रम्पका वकिल स्टीभ स्याडोलाई यदि उनी राष्ट्रपति निर्वाचित भए पनि अदालती प्रक्रियामा उनी ट्रम्पको पक्षमा रहन्छन् भनेर सोधेका थिए।

"उत्तर के हो भने- मलाई के लाग्छ भने सर्वोच्चताको कारण र राष्ट्रपतिका रूपमा उनको कर्तव्यका कारण उनले उक्त पद नछाड्दासम्म यो सुनुवाइ हुने छैन," उनले भनेका थिए। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending