Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि जित्दै ट्रम्प

ह्यारिसको सम्बोधन नहुने

खबरडबली संवाददाता

काठमाडौं। अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प जित निकट पुगेको छन् ।

राष्ट्रपति पदका अर्का प्रत्याशी डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले ट्रम्पलाई कडा चुनौती दिएको छन् । ट्रम्प यसअघि एक-पटक राष्ट्रपति पदमा चुनाव जितिसकेका र एक-पटक हारेक उम्मेदवार छन्। 

यो समाचार तयार पार्दासम्म ट्रम्पले २६७ इलेक्टोरल मत जितेको छन् । उनको प्रतिस्पर्धी ह्यारिसले २२४ इलेक्टोरल मत प्राप्त गरेको छन् । धेरै राज्यहरूमा रिपब्लिकन पार्टीका उम्मेदवार र पूर्व राष्ट्रपति ट्रम्प विजयी भएपछि उनको जित सन्निकट भएको हो । अमेरिकी मतदाताले चुनावमा मतदान गरेर प्रत्यक्ष रूपमा राष्ट्रपति चयन गर्दैनन् । त्यसैले अमेरिकामा चुनावी नतिजा स्पष्ट हुन केही समय लाग्नेगर्छ ।

सन् २०१६ मा पहिलो कार्यकाल राष्ट्रपति बन्नुभएका ट्रम्प सन् २०२० मा डेमोक्रेटिकका उम्मेदवार जो बाइडनसँग पराजित भएको थियो। अहिले तेस्रो पटक चुनावी प्रतिस्पर्धामा रहेका ट्रम्पलाई पुनः अमेरिकी राष्ट्रपतिको जिम्मेवारी काँधमा आउने करिब सुनिश्चित भएको छ । 

अमेरिकी उच्च सदन (सिनेट) मा रिपब्लिकन पार्टीले बहुमत ल्याइसकेको छ । पार्टीले चार वर्षपछि सिनेटमा आफ्नो सङ्ख्या बहुमतभन्दा माथि पुगाएको अमेरिकन मिडियाले समाचार प्रकाशन गरेका छन् । सदनमा रिपब्लिकन पार्टीको ५१ र डेमोक्रेट पार्टीको ४९ सांसद कायम रहने देखिएको छ । जित सुनिश्चित भएसँगै ट्रम्पले मतदातालाई सम्बोधन गर्ने तयारी गरेको छन्। 

ह्यारिसको सम्बोधन नहुने
राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले बुधबार सम्बोधन गर्ने तयारी गरेको थिइन्। तर निर्वाचनको परिणाम कमजोर आएपछि उनले अन्तिम समयमा आएर मतदातालाई सम्बोधन गर्ने भनिएको कार्यक्रम स्थगित भएको बताइएको छ । 

ह्यारिसले सम्बोधन गर्ने खबर पाएपछि ठुलो सङ्ख्यामा उनका समर्थकहरू कार्यालय बाहिर जम्मा हुन थालेका थिए । तर उहाँ निकट एक वरिष्ठ सदस्यले आजका लागि निर्धारित सम्बोधन कार्यक्रम रद्द भएको बताएका छन् । कार्यक्रम रद्द भएपछि सम्बोधनका लागि ह्यारिस कार्यालय नआउने बिबिसीले जनाएको छ । राष्ट्रपतिका लागि सम्पन्न निर्वाचनको मतगणना अझै जारी छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जापानद्वारा विश्वको सबैभन्दा ठुलो आणविक संयन्त्र स्थगित

टोकियो। जापानमा विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी-कारिवा प्लान्टको पुन: सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ । टोकियो इलेक्ट्रि...

झापाका ९५ वटा मतदान स्थल अति संवेदनशील

झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदान स्थलको तीन तहमा वर्गीकरण...

हेटौँडामा २५ वर्षदेखि ६४ वर्षसम्मका उम्मेदवार मैदानमा

हेटौँडा। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेदवार...

सरकारका प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम...

जेनजी आन्दोलन छानबिन आयोगको म्याद २० दिन थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन...

रवि लामिछानेविरूद्धको मुद्दा न्यायाधीशले हेर्न मिल्दैन भनेपछि सुनुवाइ सर्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’सम्बन्धी अभियोग संशोधन गर...

नेपाली कांग्रेसको मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए पदबाट राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्रमा सक्रिय हुनुपर्ने भएकाले राजीनामा दिएको...

मुस्ताङका उम्मेदवारविरुद्ध परेन उजुरी

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन । ...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि स...

झापा ५ मा सबैभन्दा बढी मतदाता, ५० हजार नयाँ थपिए

झापा। जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।   कार्यालयका प्रमुख ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending