नेपालगन्ज। बाँकेको राप्ती सोनारी गाउँपालिका – ७ निबुवाटारमा रहेको कुसम्या सामुदायिक वन उपभोक्ता समितिले उत्पादन गरेको कागतीले बजार नपाउँदा उपभोक्ता चिन्तित बनेका छन् ।
सो सामुदायिक वनका अध्यक्ष काशीराम चौधरीले वनमा लटरम्म फलेको कागती बिक्री हुने आशमा रहेका उपभोक्ता बिक्री नहुँदा निराश हुन थालेको बताए।
उनले थपे ‘‘कागती बिक्री हुने हो भने त्यसबाट वनका उपभोक्तालाई राम्रो आम्दानी हुने र वन समितिलाई पनि फाइदा पुग्ने छ ।’’ सामुदायिक वनमा उत्पादित कागती बिक्री वितरणको व्यवस्था मिलाउन उपभोक्ता समितिले स्थानीय निकायसँग आग्रह गरेको छ ।
कागतीले बजार नपाएपछि वनका उपभोक्ता समस्यामा परेकाले बजारको सहजीकरणका लागि पहल गरिदिन स्थानीय सरकारसँग आग्रह गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले पहिलो पटक सो वनमा करिब एक हजार किलोभन्दा बढी कागती फलेको बताए।
भारतबाट आउने कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको वनका उपभोक्ता अमर घर्तिमगरले बताए ।
राप्ती सोनारी ७ का वडा अध्यक्ष राम लखन थारुले गैरसरकारी संस्थाको सहयोगमा वनमा कागती फलेको देखेर आफूलाई हर्षित बनाएको बताउँदै स्थानीय स्तरमा उत्पादित कागतीलाई बजारीकरण गर्नका लागि वडाले पहल गर्ने बताए।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख बिनोद घिमिरेले सामुदायिक वनमा गरिएको कागती खेतीको बजारीकरणका लागि सबैले पहल गर्नुपर्ने बताए।
वन आसपास क्षेत्रका लक्षित वर्ग र विपन्न वर्गका लागि रोजगारी सिर्जना गरी आयआर्जनमा टेवा दिने लक्ष्य लिएर कागती खेती सुरु गरिएको वन उपभोक्ता समितिले जनाएको छ ।
सो वनमा बिग्रुप र एडब्लुओको आर्थिक सहयोगमा १।७ हेक्टर क्षेत्रफलमा कागती कलमी ३३५, कागती बिजु ५७५, सितल चिनी ६२, जामुन १५० र बेल ४७५ गरी जम्मा १५९७ बिरुवा लगाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - १७:४६
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत...
आषाढ़ ३२ गते, २०८३ - १७:४०
यस्ता छन् अन्य सात निर्णयहरु
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:०५
काठमाडौँ। बिहीबार दिउँसो काठमाडौँमा परेको भारी वर्षापछि माइतीघर क्षेत्र डुबानमा परेको छ। निरन्तरको वर्षासँगै सडक र फुटपाथमा पानी जम्दा सर्वसाधारणलाई आ...
आषाढ़ ३२ गते, २०८३ - १६:४७
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूर...
आषाढ़ ३२ गते, २०८३ - १६:४०
सप्तरी । मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। ...
आषाढ़ ३२ गते, २०८३ - १६:३०
ढल्केबर । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपाबीचको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयु...
आषाढ़ ३२ गते, २०८३ - १६:०९
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सु...
आषाढ़ ३२ गते, २०८३ - १५:४७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो सिंह...



प्रतिकृया लेख्नुहोस्: