Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

विपक्षी तर्साउने र ‘भ्रष्ट’ जोगाउने खेलमा ओली सरकार

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा अनुसन्धान जारी छ । तर, त्यसको पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनकारीका साथै विपक्षी दलका नेताले सरकारले सत्ता पक्षका भ्रष्टाचारी एवं अपराधीलाई जोगाउने र विपक्षीलाई तर्साउने काम गरिरहेको गम्भीर आरोप लगाइरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सत्ता पक्षका भ्रष्टाचारीलाई जोगाउने गरेको गम्भीर आरोप लगाएका छन् । 

प्रवक्ता सापकोटाले नामै किटेर नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता एवं संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि अनुसन्धान नभएको र उनीहरूमाथि अनुसन्धान गर्नुपर्नेमा सरकारले मौनता साँधेको आरोप लगाएका छन् ।

प्रवक्ता सापकोटा मात्रै नभई माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममै वर्तमान सरकार भ्रष्टाचारी र अपराधी जोगाउने खेलमा लागेको बताउँदै आएका छन् ।

लामिछाने प्रतिपक्षी दल रास्वपाका सभापति हुन् । उनी पक्राउ पर्ने तर सत्तारूढ दल कांग्रेस उपसभापति गुरुङ र एमाले सांसद पोखरेलमाथि अनुसन्धान नहुनुले सरकारले विपक्षी तर्साउने र सत्तारूढ दलका नेतालाई जोगाउने आरोप पुष्टि हुने गरेको रास्वपा नेता सन्तोष परियारले बताए ।

‘सरकारले प्रतिपक्षी तर्साउने, सत्तारूढ दलका भ्रष्टाचारीलाई अनुसन्धान नै नगरी जोगाउने नीति स्पष्ट देखिन्छ, हामीले मात्रै होइन, सबै दलका नेताहरूले भ्रष्टहरूमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, निर्दोषलाई तर्साउन नमिल्ने भन्दाभन्दै केही नसुने जस्तो गर्नु सरकार उनीहरूलाई संरक्षण गर्नुले धेरै कुरा क्लियर हुन्छ,’ परियारले भने ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले सहकारी प्रकरणमा मुछिएका जुनसुकै पार्टीका जोसुकै व्यक्ति भए पनि कारबाही गर्न सरकारलाई सुझाव दिँदै आएका छन् । सार्वजनिक कार्यक्रममा समेत उनले भ्रष्टाचारीलाई जोगाउन नमिल्ने भन्दै सत्तारूढ दलकै नेता भए पनि अनुसन्धान हुनुपर्ने र दोषी देखिए कारबाही हुनुपर्नेमा स्पष्ट रूपमा बोल्ने गरेका छन् । थापाले दोषी देखिए सरकारलाई आफ्नै पार्टीका उपसभापति गुरुङलाई समेत नछाड्न भन्ने गरेका छन् ।

‘नेपाली कांग्रेसका एक जना नेता, पार्टीका उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो, थप अनुसन्धान गर्नुपर्छ,’ महामन्त्री थापाले गत साता एक सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘म त सरकारलाई यहीँबाट अनुरोध गर्छु, बकाइदा अनुसन्धान गर्नुस्, अनुसन्धान गर्नु पनि पर्छ ।’

उनले एमालेका नेता ऋषिकेश पोखरेलमाथि समेत अनुसन्धान गर्न सरकार पछि हट्न नहुने बताएका थिए । ‘ऋषि पोखरेलजीको नाम आयो, गर्नुस् अनुसन्धान, अनुसन्धान गर्नुस् मात्र होइन, यदि गल्ती गर्नुभएको छ भने अभियोजन पनि गर्नुस्, दण्ड पनि गर्नुस्,’ महामन्त्री थापाले भने, ‘यस देशमा के स्थापित गर्नुप-यो भने कोही पनि मानिस, जुनसुकै राजनीतिक दलको होस्, कांग्रेस होस्, एमाले होस्, रास्वपा होस्, राप्रपा होस्, ठूलो होस्, सानो होस्, शक्तिशाली होस्, पाँचपटक प्रधानमन्त्री बनेको मान्छे होस् कि अहिले भइरहेको प्रधानमन्त्री होस् कि भोलि प्रधानमन्त्री हुने मान्छे होस् कि जोसुकै होस् कानुनभन्दा माथि कोही पनि छैन ।’ न्यायको कठघरामा सबै उभिनुपर्छ भन्ने कुरा पनि सरकारले स्थापित गराउन सक्नुपर्ने उनले बताए ।

सत्तारूढ दलका महामन्त्री थापाजस्तै कांग्रेसका अरू केही नेताले समेत सहकारी ठगी प्रकरणमा दोषी सबैलाई जेल हाल्नुपर्ने तर्क गर्दै आएका छन् । तर, कांग्रेसकै नेता रमेश लेखक गृहमन्त्री भएपछि अनुसन्धान फितलो हुने गरेको र सत्तारूढ दलका नेतालाई जोगाउने काम भइरहेको आरोप रास्वपा नेता परियारको छ ।

आमजनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पनि प्रधानमन्त्री ओली नेतृत्वको सरकारले प्रतिपक्षीलाई खोजीखोजी जेल हाल्ने र सत्तारूढ दलका भ्रष्टहरूलाई जोगाउने खेलमा लागेको गम्भीर आरोप लगाएका छन् । 

‘कोही अपराधीलाई छोड्नुभएन तर सरकारले सरकारलाई समर्थन गर्ने दलका नेता जस्तोसुकै अपराध गरे पनि संरक्षण गर्ने गरेको छ,’ साहले भने, ‘गौर हत्याकाण्डका अपराधी किन खुलेआम घुम्दासमेत सरकारले पक्राउ गर्नसक्दैन ।’

अहिले सहकारी ठगी प्रकरण’मा देशैभरी आन्दोलन भइरेहेको छ । सरकारले लामिछानेसहितका व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइरहँदा पक्राउ परेकाको पक्ष र विपक्षमा प्रदर्शन जारी छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending