रुकुमपश्चिम। जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको कात्तिक १७ गते शनिबार एक वर्ष पूरा भएको छ । २०८० कात्तिक १७ गते रातको ११:४७ बजे गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा ठुलो जनधनको क्षति गरेको थियो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार जाजरकोट र रुकुमपश्चिमका १५४ जनाको ज्यान गयो भने २६ हजार ५५७ घर पूर्ण र ३५ हजार ४५५ घर आंशिक क्षति भएका छन् । भूकम्प गएको केही महिना त्रिपालमुनि र त्यसयता टहरामा दैनिकी गुजारिरहेका भूकम्प प्रभावित परिवार सुरक्षित आवासको आशामै रहेका छन् ।
विनाशकारी भूकम्प गएको एक वर्षसम्म पनि प्रभावित बासिन्दा अस्थायी आवास (टहरा) मै खुम्चिएका छन् । भूकम्पका बेला पुनर्निर्माणमा ढिलाइ नगर्ने र पीडितकै साथमा रहेको बताएको सङ्घीय सरकारले अस्थायी आवास निर्माणकै कामलाई पूरा गर्न नसकेको गुनासो रहेको छ । भूकम्पबाट श्रीमान् र एक छोरा गुमाएकी सानीभेरी गाउँपालिका–४ की माया घर्तीले अझै पनि सुरक्षित आवास पाउन नसकेको बताए । उनले भने, “श्रीमान् र छोरा गुमाएँ, व्यापार गर्दै आएको घर ध्वस्त भयो । त्यस्तो बेला त्रिपालमुनि बसेर बाँच्यौँ, गर्मीमा टिनको टहरामा उकुमुकुस भयो, अब फेरि चिसो हुने होला ।” अब हिउँदयाम सुरु हुने भएकाले बच्चा र आफ्नो स्वास्थ्य जोगाउन चिन्ता बढेको घर्तीले बताए ।
आठबिसकोट नगरपालिका–१४ की कल्पना विकले पुस, माघको जाडोमा त्रिपालमुनि र गर्मीयाममा जस्तापाताको टहरामुनि कष्टकर दैनिकी बिताउनु परेको बताए। भूकम्पले घरबारविहीन बनाएको सुरुको केही महिना कठ्याङ्ग्रिँदो चिसो र त्यसपछि चर्को गर्मीको सामना गरेर दिन कटाउन बाध्य भएको बताउँदै उहाँले अझै पनि सुरक्षित आवास पाउन नसकेको गुनासो गरे। भूकम्पपीडित पुनर्निर्माणको पखाईमा वर्ष दिन बितेको बताउँछन् । उतिबेला ओत लगाउन त्रिपाल र त्यसपछि अस्थायी आवासको प्रबन्ध भए तापनि समयमै पुनर्निर्माणको काम हुन नसकेको पीडितको भनाइ छ ।
टहराकै भुक्तानी बाँकी
सरकारले भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८० तयार गरेर टहरा निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपियाँ अनुदान व्यवस्था गरेको थियो तर हालसम्म उक्त रकम पीडितले पाउन सकेका छैनन् । केहीले पहिरो किस्ताबापतकै रकम पाएका छैनन् भने अधिकांशले दोस्रो किस्ता पाउन सकेका छैनन् ।
जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमको तथ्याङ्क अनुसार जिल्लाभर ३४ हजार ९८९ लाभग्राही कायम भएका छन् भने ३२ हजार ९९६ घरधुरी लाभग्राहीले अस्थायी टहरा निर्माणको पहिलो किस्ता पाएका छन् । दुई हजार दुई जनाले पहिलो किस्ताकै रकम पाएका छैनन् भने १६ हजारका लागि दोस्रो किस्ताको रकम निकासा भइसकेको छ । रुकुमपश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले सरकारले आवश्यक नियम तथा बजेट व्यवस्थापन गरेर पुनर्निर्माणको कार्य सुरु गर्ने बताएको तर कार्यान्वयनमा ढिलाइ भइरहेको उल्लेख गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - १७:४६
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत...
आषाढ़ ३२ गते, २०८३ - १७:४०
यस्ता छन् अन्य सात निर्णयहरु
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:०५
काठमाडौँ। बिहीबार दिउँसो काठमाडौँमा परेको भारी वर्षापछि माइतीघर क्षेत्र डुबानमा परेको छ। निरन्तरको वर्षासँगै सडक र फुटपाथमा पानी जम्दा सर्वसाधारणलाई आ...
आषाढ़ ३२ गते, २०८३ - १६:४७
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूर...
आषाढ़ ३२ गते, २०८३ - १६:४०
सप्तरी । मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। ...
आषाढ़ ३२ गते, २०८३ - १६:३०
ढल्केबर । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपाबीचको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयु...
आषाढ़ ३२ गते, २०८३ - १६:०९
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सु...
आषाढ़ ३२ गते, २०८३ - १५:४७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो सिंह...



प्रतिकृया लेख्नुहोस्: