काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साता बाढीपहहिरोका कारण क्षतिग्रस्त भई अस्थायी रुपमा एकतर्फि सञ्चालनमा ल्याइएको बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षे खोलासम्मको सडकखण्डमा लगाइएको रोक कायमै राखिएको छ ।
उक्त सडकखण्डमा जोखिमका कारण गत असोज ३० गतेदेखि राति १० घण्टा यातायात सञ्चालनमा लगाइएको रोक कायमै राखिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
सुक्खा पहिरो जान सक्ने भएकाले रातिको समयमा यातायात सञ्चालनमा कार्यालयद्वारा रोक लगाइँदै आइएको हो । सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले अस्थायी रुपमा निर्माण गरिएको सडकमा पहिरो आउन सक्ने भएकाले तत्कालै खोल्ने अवस्था नरहेको हो । करिब आठ किलोमिटर उक्त सडकखण्डका विभिन्न स्थानमा सडक नै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फि यातायात सञ्चालन हुने गरी अस्थायी सडक निर्माण गरिएको छ ।
कार्यालयले उक्त सडकखण्डमा ट्रयाक मर्मत–सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य गर्नुपरेकाले पनि साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म यातायात सञ्चालनमा रोक लगाउँदै आएको जनाएको हो । असोज अन्तिम सातादेखि वैकल्पिक ट्रयाक निर्माण गरेर उक्त रुटमा परमिट भएका यात्रुवहाक वस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो ।
पूर्वी नेपाल जोड्ने छोटो दुरिका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधान आउजाउ गर्छन् । बाढीपहिराले राजमार्गको कूल एक सय ६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २५ गते, २०८२ - ०८:१०
काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायतलाई समेत अनुसन्धान गर्न सिफारिस।
फाल्गुन २५ गते, २०८२ - ०८:०२
काठमाडौं । पार्टीले ०४८ यताकै सर्मनाक हार व्यहोरेपछि एमाले पदाधिकारी तहकै नेताहरू अध्यक्ष केपी ओलीको नेतृत्व फेर्नुपर्ने पक्षमा खुल्न थालेका छन् । हार...
फाल्गुन २५ गते, २०८२ - ०७:५४
काठमाडौँ । इलाम–१ मा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता बढाउँदा श्रम संस्कृति पार्टी दोस्रो स्थानमा झरेको छ । नेकपा एमाले तेस्रो स्थानमा रहेको छ ।...
फाल्गुन २५ गते, २०८२ - ०७:४६
कर्णाली । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । निर्वाचनपश्चात् सम्पन्न मत...
फाल्गुन २५ गते, २०८२ - ०७:४१
भैरहवा । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वि...
फाल्गुन २५ गते, २०८२ - ०७:३७
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्षतर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भए...
फाल्गुन २५ गते, २०८२ - ०७:३१
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्याङकअन...
फाल्गुन २५ गते, २०८२ - ०७:२७
भोजपुर । भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मिएका ध्रुवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्...
फाल्गुन २५ गते, २०८२ - ०७:२१
म्याग्दी । सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा सानदार जित निकाल्दै संसदीय यात्रा ...
फाल्गुन २५ गते, २०८२ - ०७:१७
काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन,...



प्रतिकृया लेख्नुहोस्: