Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

नेपालले दिगो विकास लक्ष्य निर्धारण गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

खबरडबली संवाददाता

काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले आफ्नो दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताएको छिन् । नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देश भएकाले दिगो विकास कसरी र के—केमा गर्ने भन्ने लक्ष्य पहिला नै निर्धारण गरी जनतालाई जानकारी गराउनुपर्ने उनको भनाइ छ । 

पूर्व राष्ट्रपति भण्डारीले यसअघि कस्तो खालको परिस्थिति थियो भन्ने कुराको मूल्याङ्कन गरी सय वर्षपछिका लागि हुनेगरी दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताए। उनले दिगो विकास गर्ने भइसकेपछि वन जङ्गल कति चाहिन्छ, सार्वजनिक जग्गा कति चाहिन्छ, सार्वजनिक बाटोका लागि कति ठाउँ चाहिन्छ, नदीनालाहरुका लागि कति ठाउँ चाहिन्छ ? भन्ने कुराको पहिला नै योजना बनाएर जनतालाई जानकारी दिनुपर्ने बताइन्। 

पूर्व राष्ट्रपति भण्डारीले प्रकृति, संस्कृति र सम्पदालाई ध्यानमा राखेर मात्र विकास निर्माणका कामहरु अघि बढाउनुपर्ने बताइन्। शहरीकरण कस्तो ठाउँमा गर्ने ? भन्ने कुरामा जनता र राज्यको ध्यानाकर्षण हुन आवश्यक रहेको उल्लेख गरिन्।

उनले भनिन्, ‘नेपाल खासगरी प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देशमा पर्छ । समय समयमा भूकम्प आइरहने भूकम्पको कारणले बस्तीहरु, बाटोघाटोहरु विभिन्न प्रकोपहरु पनि बढ्ने हुन्छ । त्यसले प्रत्यक्ष हानी नोक्सानी भनेको जनतालाई नै गर्छ । विश्व तापक्रम अत्यधिक बढेको र विश्व तापक्रम बढेको कारणले गर्दा विश्वलाई नै सङ्कटतर्फ धकेलिरहेको छ । जुन जलवायु अनुकूलन खालको वातावरण हुनुपर्ने हो, प्रकृति र मानव जगतको लागि त्यो नभएर अप्रत्याशित ढङ्गले चिसो हुने र अप्रत्याशित ढङ्गले गर्मी हुने, अप्रत्याशित पानी पर्ने, त्यो खालको स्थिति छ । 

यस वर्षको अग्रिम जलवायुको सूचना हेर्दा पनि यो हिउँद महिना पनि हाम्रो लागि त्यति सहज छैन भन्ने छ । हामीले हाम्रो देशको प्राकृतिक बनावट जुन छ, यहाँ हुने जुन खालका प्राकृतिक प्रकोपहरु छन्, त्यसबाट मानव जीवनलाई कसरी सुरक्षित गर्न सकिन्छ, जीवन रक्षा नै हाम्रो प्रथम दायित्व भएको हुँदा सुरक्षित बस्ती विकास गर्ने, कुनै पनि निर्माण कार्य गर्दा दिगो विकासको दृष्टिले र भविष्यमा निर्माण कार्यबाट हामीलाई सङ्कट पनि नआओस्, त्यो निर्माण कार्य सुरक्षित होस् भन्नेमा हेक्का राख्नुपर्छ उहाँले भनिन्। 

पूर्व राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यहरु निर्धारण गर्दा सय वर्षअघि कस्तो खालको परिस्थिति थियो, कस्तो भूकम्प आएको थियो, कस्तो बाढी गएको थियो, कस्तो पहिरो गएको थियो, कस्तो महामारी फैलिएको थियो । हामी यो पुस्ताले सय वर्ष पछिसम्म थेग्नेगरी निर्माण कार्य गर्नुपर्छ भनिन्। तत्काल कुनै घटना भयो भने उद्धार, राहतको लागि तत्काल व्यवस्था गर्ने संयन्त्र बनाउन उनले सरकारसँग आग्रह गरिन्। ‘खासगरी मानव बस्ती शहरीकरण कस्तो ठाउँमा गर्ने ? भन्ने कुरामा जनताको पनि र राज्यको पनि ध्यानाकर्षण हुन आवश्यक छ’ उनले सुझाव दिइन्।

पूर्व राष्ट्रपति भण्डारीले जलवायु अनुकूलन वातावरण हुनुपर्ने भए पनि अप्रत्याशित रुपमा जलवायुजन्य घटनाहरु बढिरहेको बताइन्। नेपालका लागि जीवन रक्षा नै प्रथम दायित्व भएकाले सुरक्षित बस्ती विकास गर्ने, निर्माण कार्य गर्दा दिगो विकासको दृष्टिले र भविष्यमा निर्माण कार्यबाट सङ्कट नआओस् भन्ने ध्येयले काम गर्नुपर्ने बताइन्। निर्माण कार्य सुरक्षित बनाई मानव जीवनलाई भयावह स्थितिबाट जोगिने खालको वातावरण निर्माण गर्न आवश्यक भएको उनको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जापानद्वारा विश्वको सबैभन्दा ठुलो आणविक संयन्त्र स्थगित

टोकियो। जापानमा विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी-कारिवा प्लान्टको पुन: सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ । टोकियो इलेक्ट्रि...

झापाका ९५ वटा मतदान स्थल अति संवेदनशील

झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदान स्थलको तीन तहमा वर्गीकरण...

हेटौँडामा २५ वर्षदेखि ६४ वर्षसम्मका उम्मेदवार मैदानमा

हेटौँडा। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेदवार...

सरकारका प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम...

जेनजी आन्दोलन छानबिन आयोगको म्याद २० दिन थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन...

रवि लामिछानेविरूद्धको मुद्दा न्यायाधीशले हेर्न मिल्दैन भनेपछि सुनुवाइ सर्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’सम्बन्धी अभियोग संशोधन गर...

नेपाली कांग्रेसको मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए पदबाट राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्रमा सक्रिय हुनुपर्ने भएकाले राजीनामा दिएको...

मुस्ताङका उम्मेदवारविरुद्ध परेन उजुरी

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन । ...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि स...

झापा ५ मा सबैभन्दा बढी मतदाता, ५० हजार नयाँ थपिए

झापा। जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।   कार्यालयका प्रमुख ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending