Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

नेपालले दिगो विकास लक्ष्य निर्धारण गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

खबरडबली संवाददाता

काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले आफ्नो दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताएको छिन् । नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देश भएकाले दिगो विकास कसरी र के—केमा गर्ने भन्ने लक्ष्य पहिला नै निर्धारण गरी जनतालाई जानकारी गराउनुपर्ने उनको भनाइ छ । 

पूर्व राष्ट्रपति भण्डारीले यसअघि कस्तो खालको परिस्थिति थियो भन्ने कुराको मूल्याङ्कन गरी सय वर्षपछिका लागि हुनेगरी दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताए। उनले दिगो विकास गर्ने भइसकेपछि वन जङ्गल कति चाहिन्छ, सार्वजनिक जग्गा कति चाहिन्छ, सार्वजनिक बाटोका लागि कति ठाउँ चाहिन्छ, नदीनालाहरुका लागि कति ठाउँ चाहिन्छ ? भन्ने कुराको पहिला नै योजना बनाएर जनतालाई जानकारी दिनुपर्ने बताइन्। 

पूर्व राष्ट्रपति भण्डारीले प्रकृति, संस्कृति र सम्पदालाई ध्यानमा राखेर मात्र विकास निर्माणका कामहरु अघि बढाउनुपर्ने बताइन्। शहरीकरण कस्तो ठाउँमा गर्ने ? भन्ने कुरामा जनता र राज्यको ध्यानाकर्षण हुन आवश्यक रहेको उल्लेख गरिन्।

उनले भनिन्, ‘नेपाल खासगरी प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देशमा पर्छ । समय समयमा भूकम्प आइरहने भूकम्पको कारणले बस्तीहरु, बाटोघाटोहरु विभिन्न प्रकोपहरु पनि बढ्ने हुन्छ । त्यसले प्रत्यक्ष हानी नोक्सानी भनेको जनतालाई नै गर्छ । विश्व तापक्रम अत्यधिक बढेको र विश्व तापक्रम बढेको कारणले गर्दा विश्वलाई नै सङ्कटतर्फ धकेलिरहेको छ । जुन जलवायु अनुकूलन खालको वातावरण हुनुपर्ने हो, प्रकृति र मानव जगतको लागि त्यो नभएर अप्रत्याशित ढङ्गले चिसो हुने र अप्रत्याशित ढङ्गले गर्मी हुने, अप्रत्याशित पानी पर्ने, त्यो खालको स्थिति छ । 

यस वर्षको अग्रिम जलवायुको सूचना हेर्दा पनि यो हिउँद महिना पनि हाम्रो लागि त्यति सहज छैन भन्ने छ । हामीले हाम्रो देशको प्राकृतिक बनावट जुन छ, यहाँ हुने जुन खालका प्राकृतिक प्रकोपहरु छन्, त्यसबाट मानव जीवनलाई कसरी सुरक्षित गर्न सकिन्छ, जीवन रक्षा नै हाम्रो प्रथम दायित्व भएको हुँदा सुरक्षित बस्ती विकास गर्ने, कुनै पनि निर्माण कार्य गर्दा दिगो विकासको दृष्टिले र भविष्यमा निर्माण कार्यबाट हामीलाई सङ्कट पनि नआओस्, त्यो निर्माण कार्य सुरक्षित होस् भन्नेमा हेक्का राख्नुपर्छ उहाँले भनिन्। 

पूर्व राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यहरु निर्धारण गर्दा सय वर्षअघि कस्तो खालको परिस्थिति थियो, कस्तो भूकम्प आएको थियो, कस्तो बाढी गएको थियो, कस्तो पहिरो गएको थियो, कस्तो महामारी फैलिएको थियो । हामी यो पुस्ताले सय वर्ष पछिसम्म थेग्नेगरी निर्माण कार्य गर्नुपर्छ भनिन्। तत्काल कुनै घटना भयो भने उद्धार, राहतको लागि तत्काल व्यवस्था गर्ने संयन्त्र बनाउन उनले सरकारसँग आग्रह गरिन्। ‘खासगरी मानव बस्ती शहरीकरण कस्तो ठाउँमा गर्ने ? भन्ने कुरामा जनताको पनि र राज्यको पनि ध्यानाकर्षण हुन आवश्यक छ’ उनले सुझाव दिइन्।

पूर्व राष्ट्रपति भण्डारीले जलवायु अनुकूलन वातावरण हुनुपर्ने भए पनि अप्रत्याशित रुपमा जलवायुजन्य घटनाहरु बढिरहेको बताइन्। नेपालका लागि जीवन रक्षा नै प्रथम दायित्व भएकाले सुरक्षित बस्ती विकास गर्ने, निर्माण कार्य गर्दा दिगो विकासको दृष्टिले र भविष्यमा निर्माण कार्यबाट सङ्कट नआओस् भन्ने ध्येयले काम गर्नुपर्ने बताइन्। निर्माण कार्य सुरक्षित बनाई मानव जीवनलाई भयावह स्थितिबाट जोगिने खालको वातावरण निर्माण गर्न आवश्यक भएको उनको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत...

इजरायलले केयरगिभरमा थप १ हजार ९८५ लैजाने

काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...

इजरायलले केयरगिभरमा थप १ हजार ९८५ जना लैजाने

काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...

भारी वर्षापछि माइतीघर डुबानमा

काठमाडौँ। बिहीबार दिउँसो काठमाडौँमा परेको भारी वर्षापछि माइतीघर क्षेत्र डुबानमा परेको छ। निरन्तरको वर्षासँगै सडक र फुटपाथमा पानी जम्दा सर्वसाधारणलाई आ...

विष्णु पौडेलसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको पूरक अभियोगपत्र दर्ता हुने

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूर...

मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका भारतीय नागरिक पक्राउ

सप्तरी । मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। ...

मधेशमा कांग्रेस–एमाले–नेकपा गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय

ढल्केबर । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपाबीचको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयु...

नेपाल टेलिकमका पूर्व एमडी सुनिल पौडेललाई ८ वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सु...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, केहि महत्वपुर्ण निर्णय हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो सिंह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending