Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

देशको प्रतिष्ठा बढाउन नेवारी संस्कृतिको असाधारण योगदान छ : प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रतिष्ठा बढाउन नेपाल भाषा, सभ्यता र संस्कृतिको असाधारण योगदान रहेको बताएको छन् । 

नेपाल संवत् ११४५ का अवसरमा ‘नेपाल संवत् ११४५ मूल समारोह समिति’ले वसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममा उनले भने, “नेपालले आफ्नो परिचय बनाउन संस्कृति, कला, मूर्तिकला, काष्ठकला र चित्रकला नृत्यकला, वाद्यवादन र गायनलगायत विधाले योगदान गरेका छन्, यी सबैमा मौलिकता छ, मुलुकको सबैभन्दा समृद्ध मौलिकता नेपाल भाषा र संस्कृतिमा छ ।”

प्रधानमन्त्री ओलीले नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय बनेको चर्चा गर्दै नेपाल संवत्लाई कामकाजका भाषाका रुपमा प्रभावकारी कार्यान्वयन, राष्ट्रिय विभूति शङ्खधर साख्वाका विषयमा अध्ययन अनुसन्धान र कक्षा ९ र १० को ऐच्छिक विषयका रुपमा नेपाल भाषालाई पनि समावेश गर्ने जस्ता यस क्षेत्रका मागका विषयमा सरकारको ध्यान जाने प्रतिबद्धता व्यक्त गरे।

उनले नेपाल संवत् मूल समारोह समिति आयोजनाका लागि सहयोगस्वरुप विगतमा आफूू हुँदा थालनी भएको र बीचका केही वर्ष रोकिएको रु १० लाखमा वृद्धि गरी यस वर्ष सरकारले रु। १५ लाख रकम दिएको जानकारी पनि गराए।

मुलुक भौगोलिक विविधता, वनस्पतीय विविधता, जैविक विविधता, सामाजिक विविधता, भाषिक विविधता र सांस्कृतिक विविधतायुक्त भएको बताउँदै प्रधानमन्त्रीले यी सबै विविधतामध्ये समृद्ध संस्कृति नेवार संस्कृति भएको उल्लेख गरे। उनले नेवार संस्कृति कुनै एउटा जाति विशेषको मात्र नभएर सिङ्गो देशको संस्कृति हो भने । 

प्रधानमन्त्रीले मुलुकका मौलिक, भाषा, संस्कृति र साहित्यको विकासका खातिर राष्ट्रिय समाचार समिति, रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र नेपाल भाषामा समाचार तथा विविध कार्यक्रम प्रकाशन एवं प्रसारण गर्दै आएका जानकारी दिए। 

प्रधानमन्त्रीले सरकार गरिबको सुखदुःखको साथी बन्दै आएको बताउँदै भने, “जो गरिब छ, जो ऋणी छ, उसलाई ऋणमुक्त गर्नुपर्छ ।” समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय एकताका साथ अगाडि बढ्नुपर्ने बताउँदै नेपाली भाषालाई वैकल्पिक विषयका रुपमा विद्यालय र विश्वविद्यालयमा अध्ययन अध्यापन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलले नेपाल संवतलाई सबै समुदायको दिवसका रुपमा मनाउनुपर्ने धारणा व्यक्त गरे। नेपाल संवत् ११४५ दिवस मूल समारोह समितिका संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले शङ्खधर साख्वाबारे थप अध्ययन अनुसन्धान गर्न राष्ट्रिय प्रतिष्ठान गठन तथा उनका नामबाट राष्ट्रिय पुरस्कार स्थापना गर्न माग गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जापानद्वारा विश्वको सबैभन्दा ठुलो आणविक संयन्त्र स्थगित

टोकियो। जापानमा विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी-कारिवा प्लान्टको पुन: सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ । टोकियो इलेक्ट्रि...

झापाका ९५ वटा मतदान स्थल अति संवेदनशील

झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदान स्थलको तीन तहमा वर्गीकरण...

हेटौँडामा २५ वर्षदेखि ६४ वर्षसम्मका उम्मेदवार मैदानमा

हेटौँडा। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेदवार...

सरकारका प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम...

जेनजी आन्दोलन छानबिन आयोगको म्याद २० दिन थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन...

रवि लामिछानेविरूद्धको मुद्दा न्यायाधीशले हेर्न मिल्दैन भनेपछि सुनुवाइ सर्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’सम्बन्धी अभियोग संशोधन गर...

नेपाली कांग्रेसको मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए पदबाट राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्रमा सक्रिय हुनुपर्ने भएकाले राजीनामा दिएको...

मुस्ताङका उम्मेदवारविरुद्ध परेन उजुरी

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन । ...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि स...

झापा ५ मा सबैभन्दा बढी मतदाता, ५० हजार नयाँ थपिए

झापा। जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।   कार्यालयका प्रमुख ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending