Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

प्रगतिशील साहित्कार सरोज ओलीको ८४ वर्षको उमेरमा निधन

खबरडबली संवाददाता

झापा ।  झापाका प्रगतिशील साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको ८४ वर्षको उमेरमा निधन भएको छ । अर्जुनधारा ८ निवासी ओलीको शुक्रबार दिउँसो ३ः५७ बजे आफ्नै निवासमा निधन भएको हो। साहित्य लेखनमा चर्चित ओलीले २०५३ र २०७२ मा गरी दुईपटक राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरेका थिए।

त्यस्तै तीन वर्षअघि अर्जुनधारा नगरपालिकाले उनलाई दीर्घ साहित्य सेवा पुरस्कारबाट सम्मानित गरेको थियो । उनका १६ वटा कृति प्रकाशित छन् । उनका निबन्ध संग्रह, कविता संग्रह, उपन्यास र कथा संग्रह प्रकाशित छन् । उनी नेपाल प्रगतिशील लेखक संघको केन्द्रीय सदस्य र झापा अध्यक्ष भएका थिए।

उनले शनिश्चरे माध्यमिक विद्यालयमा ३३ वर्षसम्म अध्यापन गरेका थिए ।  १९९८ सालमा आठराराईको होडास्थित गैरीघरमा जन्मिएका ओलीले झापाको दोस्रो पुरानो हाइस्कुल शनिश्चरे माध्यमिक विद्यालयमा २०२९ सालदेखि ३३ वर्षसम्म शिक्षा सेवा गरेका थिए।

सेवा निवृत्त भएपछि पनि शनिश्चरे माविको व्यवस्थापन समितिको अध्यक्ष भएर सेवा दिएका थिए भने शनिश्चरे बहुमुखी क्याम्पसको उनी संस्थापक अध्यक्ष हुन् । उनले क्याम्पसमा ३ कार्यकाल सेवा प्रदान गरेका थिए।

सुगर र प्रेसरबाट ग्रसित उनलाई पछिल्लोपटक निमोनिया भएको थियो। १७ दिनसम्म बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार गरिएको परिवारजनले जानकारी दिएको छ।

उनका दुई छोरा र एक छोरी रहेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending