Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

केके हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री ?

खबरडबली संवाददाता

काठमाडौं । उमंग र उत्साह बोकेर आउने सांस्कृतिक पर्व तिहारको भिन्नै महत्व छ । शरद ऋतुको मौसम भएकाले घर आँगनमा ढकमक्क सयपत्री र मखमली फूल फुलाउने चलन छ । झिलिमिली बत्तीको चाड पनि भएकाले तिहारलाई उज्यालो पर्वका रुपमा मानिन्छ ।

 हिन्दु दर्शन अनुसार यस चाडमा काग, कुकुर, गाई, गोरु र दाजुभाइ तथा दिदीबहिनीको पूजा गरिन्छ । पूजाका क्रममा चाहिने सामाग्रीहरुको किनमेल र व्यापार पनि यसै समयमा चम्किने गर्छ । अन्य पर्वमा प्रयोग गरिने धार्मिक तथा सांस्कृतिक सामाग्रीहरु झै तिहारमा पनि अनेकौं सामाग्रीहरुको प्रयोग गर्ने परम्परा छ । ति सामाग्रीहरुले सदैव तिहारको झल्को दिने गर्छ । तिहारमा प्रयोग हुने केही महत्वपूर्ण सामाग्रीहरुको बारेमा यहाँ चर्चा गरिएको छ ।

फूल र माला
तिहारका लागि अति आवश्यक सामाग्री मध्ये पर्छ फूल र माला । फूल पनि सयपत्री, गोदावरी र मखमलीको विशेष महत्व रहेको पाइन्छ । घर सजाउन देखि पूजा आराधना गर्न यीनै फूलको प्रयोग हुन्छ । लक्ष्मी जल, फूल, तेल र उज्यालोमा बस्ने भएकाले यो बेला फूलमाला र झिलिमिली बत्तीको प्रयोग गरिन्छ । कुकुर, गाई, गोरु साथै दिदीबहिनी तथा दाजुभाईलाई फूलको माला पहिर्याउने प्रचलन छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भन्ने मान्यता अनुरुप भाइटीकामा यसको माला लगाउने चलन छ ।

रातो माटो
तिहारमा रातोमाटोको विशेष महत्व छ । लक्ष्मीपूजाका दिन रातो माटोको डोरो बनाई घरमा लक्ष्मी भित्राइन्छ । आँगन, तुलसाको मोठ अर्थात घरको मुलढोका हुँदै भण्डारसम्म रातो माटोको डोरो बनाएर पोत्ने चलन छ । रातो माटोलाई पबित्र मानिने भएकाले भाइटीका वा गोबद्र्धन पूजा गर्ने बेलामा पनि रातो माटोको प्रयोग गर्ने गरिन्छ ।

सप्तरंगी वा अविर केसरी
बजारमा सप्तरंगी टिका देख्नासाथ तिहारको झल्को पाइन्छ । तिहारका हरेक दिन पूजा आराधना गर्दा अविर केसरीको आवश्यक्ता पर्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाउने चलन छ । अष्टचिरिञ्जीवीको पूजा गर्दा पनि अविर केसरी आवश्यक पर्छ । लक्ष्मीपूजा गर्दा पनि अविर केसरी आवश्यक पर्छ ।

भाइ मसला
तिहारको पूर्वसन्ध्यामा बजारमा भाइ मसलाको विक्री अत्याधिक बढ्छ । किनकी तिहारमा भाइ मसला नभइ नहुने सामाग्री हो । विभिन्न मसलाहरु राखेर प्याक गरिएको भाइ मसलामा नरिवल, काजु, किसमिस, सुकमेल, ल्वाङ, सुपाडी, छोकडा, दालचीनी लगायतका मिश्रीत सामाग्रीहरु हुन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइसकेपछि यस्ता सामाग्री दिने चलन छ । नेवारी समुदायमा म्ह पूजा गर्दा पनि भाइमसला दिने संस्कार छ ।

चामलको पीठो
तिहारमा सेलरोटी वा मिठाइका परिकार बनाउन चामलको पिठो अनिबार्य मानिन्छ । त्यो भन्दा पनि लक्ष्मीपुजाका दिन चामलको पिठो आवश्यक पर्छ ।घरको मुलढोकादेखि पूजा कोठासम्म चामलको पिठोबाट लक्ष्मीकोप्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गर्न पिठो आवश्यक पर्छ । गोबद्र्धन पूजामा पनि पिठोको प्रयोग हुन्छ ।

तेल र घिउ
तिहार पाँचै दिन आवश्यक पर्ने सामाग्री मध्ये तेल र घिउको उत्तिनै महत्व छ । सेलरोटी साथै मिठाइहरु बनाउन तेलको प्रयोग गरिन्छ । दियो बाल्न र भाइटीकाको दिन दाजुभाईको कपालमा लगाउन पनि शुद्ध तोरीको तेल चाहिन्छ ।

मैनबत्ती र धुप
घरआँगनको उज्यालो बनाउन र मिठो सुगन्धका लागि तिहारमा मैनबत्ती र धुप आवश्यक पर्छ । तिहारका प्रत्येक साँझ र विहान पूजा आराधना गर्दा मैनबत्ती र धुप बाल्ने गरिन्छ ।

कालो भटमास र मासको गेडा
प्रत्येक वर्ष नेपाल संवतअनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा म्हःपुजा गर्ने चलन छ । नेवार समुदायले परिवारका सबै सदस्य भेला भएर गरिने यस पूजाका अवसरमा कालो भटमास र मासको गेडाको आवश्यक्ता पर्दछ । हाँस वा कुखुराको फूल सगुन चढाइ तान्त्रिक विधीबाट गरिने पुजामा अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलोको प्रयोग गरिन्छ ।

ओखर र विमिरो
तिहारको अन्तिम दिन अर्थात भाइटिकामा अति आवश्यक पर्ने ओखर र विमिरोको विशेष महत्व छ । भाइटीका लगाउँदा दिदीबहिनीले दाजुभाइको दुख कष्ट फोडेर फालेको प्रतीकस्वरुप ओखर फुटाउने प्रचलन छ । ओखरले दाजुभाईको कालको बाटो छेक्ने विश्वास गरिन्छ । भाइटीकाकै अवसरमा दियो, कलस, गणेश साथै विमिराको पनि पूजा गर्ने चलन छ ।

दुवो र कटुस
तिहारका अन्य दिन दुवो र कटुसको खासै प्रयोग नआए पनि भाइटीकाका दिन अनिबार्य मानिन्छ । दियो, कलश र गणेशको पूजा गरी यमराजको आह्वान गर्दै दूबोको टीका वा माला र कटुसको प्रयोग गर्ने चलन छ । दिदीबहिनीले दाजुभाईको दिर्घायुको कामना गर्दै दुबो लगाइदिने प्रचलन छ ।

गाईको गोबर
तिहारमा घरआँगन पबित्र बनाउन गाईको गोबरले लिपपोत गर्ने प्रचलन छ । हिन्दु संस्कार अनुसार शरीर शुद्धिका लागि आवश्यक पञ्चगव्य गाईकै दूध, दही, घिउ, गहुँत र गोबर मिसाएर बनाइने भएकाले गोबर आवश्यक पर्छ ।

पाला तथा दियो तिहारमा घर उज्यालो बनाउन पाला वा दियोको धेरै प्रयोग गरिन्छ । माटोबाट बनेको पालामा तेल राखेर कपासको बात्ती बाल्ने गरिन्छ । लक्ष्मी भित्राउन दियोको धेरै महत्व हुन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending