Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

केके हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री ?

खबरडबली संवाददाता

काठमाडौं । उमंग र उत्साह बोकेर आउने सांस्कृतिक पर्व तिहारको भिन्नै महत्व छ । शरद ऋतुको मौसम भएकाले घर आँगनमा ढकमक्क सयपत्री र मखमली फूल फुलाउने चलन छ । झिलिमिली बत्तीको चाड पनि भएकाले तिहारलाई उज्यालो पर्वका रुपमा मानिन्छ ।

 हिन्दु दर्शन अनुसार यस चाडमा काग, कुकुर, गाई, गोरु र दाजुभाइ तथा दिदीबहिनीको पूजा गरिन्छ । पूजाका क्रममा चाहिने सामाग्रीहरुको किनमेल र व्यापार पनि यसै समयमा चम्किने गर्छ । अन्य पर्वमा प्रयोग गरिने धार्मिक तथा सांस्कृतिक सामाग्रीहरु झै तिहारमा पनि अनेकौं सामाग्रीहरुको प्रयोग गर्ने परम्परा छ । ति सामाग्रीहरुले सदैव तिहारको झल्को दिने गर्छ । तिहारमा प्रयोग हुने केही महत्वपूर्ण सामाग्रीहरुको बारेमा यहाँ चर्चा गरिएको छ ।

फूल र माला
तिहारका लागि अति आवश्यक सामाग्री मध्ये पर्छ फूल र माला । फूल पनि सयपत्री, गोदावरी र मखमलीको विशेष महत्व रहेको पाइन्छ । घर सजाउन देखि पूजा आराधना गर्न यीनै फूलको प्रयोग हुन्छ । लक्ष्मी जल, फूल, तेल र उज्यालोमा बस्ने भएकाले यो बेला फूलमाला र झिलिमिली बत्तीको प्रयोग गरिन्छ । कुकुर, गाई, गोरु साथै दिदीबहिनी तथा दाजुभाईलाई फूलको माला पहिर्याउने प्रचलन छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भन्ने मान्यता अनुरुप भाइटीकामा यसको माला लगाउने चलन छ ।

रातो माटो
तिहारमा रातोमाटोको विशेष महत्व छ । लक्ष्मीपूजाका दिन रातो माटोको डोरो बनाई घरमा लक्ष्मी भित्राइन्छ । आँगन, तुलसाको मोठ अर्थात घरको मुलढोका हुँदै भण्डारसम्म रातो माटोको डोरो बनाएर पोत्ने चलन छ । रातो माटोलाई पबित्र मानिने भएकाले भाइटीका वा गोबद्र्धन पूजा गर्ने बेलामा पनि रातो माटोको प्रयोग गर्ने गरिन्छ ।

सप्तरंगी वा अविर केसरी
बजारमा सप्तरंगी टिका देख्नासाथ तिहारको झल्को पाइन्छ । तिहारका हरेक दिन पूजा आराधना गर्दा अविर केसरीको आवश्यक्ता पर्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाउने चलन छ । अष्टचिरिञ्जीवीको पूजा गर्दा पनि अविर केसरी आवश्यक पर्छ । लक्ष्मीपूजा गर्दा पनि अविर केसरी आवश्यक पर्छ ।

भाइ मसला
तिहारको पूर्वसन्ध्यामा बजारमा भाइ मसलाको विक्री अत्याधिक बढ्छ । किनकी तिहारमा भाइ मसला नभइ नहुने सामाग्री हो । विभिन्न मसलाहरु राखेर प्याक गरिएको भाइ मसलामा नरिवल, काजु, किसमिस, सुकमेल, ल्वाङ, सुपाडी, छोकडा, दालचीनी लगायतका मिश्रीत सामाग्रीहरु हुन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइसकेपछि यस्ता सामाग्री दिने चलन छ । नेवारी समुदायमा म्ह पूजा गर्दा पनि भाइमसला दिने संस्कार छ ।

चामलको पीठो
तिहारमा सेलरोटी वा मिठाइका परिकार बनाउन चामलको पिठो अनिबार्य मानिन्छ । त्यो भन्दा पनि लक्ष्मीपुजाका दिन चामलको पिठो आवश्यक पर्छ ।घरको मुलढोकादेखि पूजा कोठासम्म चामलको पिठोबाट लक्ष्मीकोप्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गर्न पिठो आवश्यक पर्छ । गोबद्र्धन पूजामा पनि पिठोको प्रयोग हुन्छ ।

तेल र घिउ
तिहार पाँचै दिन आवश्यक पर्ने सामाग्री मध्ये तेल र घिउको उत्तिनै महत्व छ । सेलरोटी साथै मिठाइहरु बनाउन तेलको प्रयोग गरिन्छ । दियो बाल्न र भाइटीकाको दिन दाजुभाईको कपालमा लगाउन पनि शुद्ध तोरीको तेल चाहिन्छ ।

मैनबत्ती र धुप
घरआँगनको उज्यालो बनाउन र मिठो सुगन्धका लागि तिहारमा मैनबत्ती र धुप आवश्यक पर्छ । तिहारका प्रत्येक साँझ र विहान पूजा आराधना गर्दा मैनबत्ती र धुप बाल्ने गरिन्छ ।

कालो भटमास र मासको गेडा
प्रत्येक वर्ष नेपाल संवतअनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा म्हःपुजा गर्ने चलन छ । नेवार समुदायले परिवारका सबै सदस्य भेला भएर गरिने यस पूजाका अवसरमा कालो भटमास र मासको गेडाको आवश्यक्ता पर्दछ । हाँस वा कुखुराको फूल सगुन चढाइ तान्त्रिक विधीबाट गरिने पुजामा अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलोको प्रयोग गरिन्छ ।

ओखर र विमिरो
तिहारको अन्तिम दिन अर्थात भाइटिकामा अति आवश्यक पर्ने ओखर र विमिरोको विशेष महत्व छ । भाइटीका लगाउँदा दिदीबहिनीले दाजुभाइको दुख कष्ट फोडेर फालेको प्रतीकस्वरुप ओखर फुटाउने प्रचलन छ । ओखरले दाजुभाईको कालको बाटो छेक्ने विश्वास गरिन्छ । भाइटीकाकै अवसरमा दियो, कलस, गणेश साथै विमिराको पनि पूजा गर्ने चलन छ ।

दुवो र कटुस
तिहारका अन्य दिन दुवो र कटुसको खासै प्रयोग नआए पनि भाइटीकाका दिन अनिबार्य मानिन्छ । दियो, कलश र गणेशको पूजा गरी यमराजको आह्वान गर्दै दूबोको टीका वा माला र कटुसको प्रयोग गर्ने चलन छ । दिदीबहिनीले दाजुभाईको दिर्घायुको कामना गर्दै दुबो लगाइदिने प्रचलन छ ।

गाईको गोबर
तिहारमा घरआँगन पबित्र बनाउन गाईको गोबरले लिपपोत गर्ने प्रचलन छ । हिन्दु संस्कार अनुसार शरीर शुद्धिका लागि आवश्यक पञ्चगव्य गाईकै दूध, दही, घिउ, गहुँत र गोबर मिसाएर बनाइने भएकाले गोबर आवश्यक पर्छ ।

पाला तथा दियो तिहारमा घर उज्यालो बनाउन पाला वा दियोको धेरै प्रयोग गरिन्छ । माटोबाट बनेको पालामा तेल राखेर कपासको बात्ती बाल्ने गरिन्छ । लक्ष्मी भित्राउन दियोको धेरै महत्व हुन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending