कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकावासी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्नकै सास्ती खेप्नु परेको छ । दसैँमा भत्ता नपाएका उनीहरूलाई तिहारका बेला नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको भत्ताको रकम उपलब्ध गराएको हो ।
वडा कार्यालयमार्फत ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको भत्ताको रकम ज्येष्ठ नागरिकले टाढाको बैङ्क पुगेर बुझ्नु परेको गुनासो गरेका छन् । शुक्लाफाँटा–८ का ८० वर्षीय विरु साउदले बैङ्कमा लाइनमा बसेर भत्ताको रकम बुझ्नु परेको गुनासो गरे ।
“तीन सय रुपैयाँ अटो भाडा तिरेर बैङ्कमा पुग्यौँ,” उनले भने, “निकै भीड हुँदा लाइनमा बस्नु पर्यो, यसअघि वडा कार्यालयमा लाइनमा नबसी भत्ताको रकम पाइन्थ्यो, अहिले निकै अप्ठेरो भयो ।”
भत्ताको रकम बुझ्नका लागि अटो भाडा छिमेकीसँग सापटी मागेर बैङ्कसम्म पुगेका ८५ वर्षीय शेरबहादुर साउदले ज्येष्ठ नागरिकलाई सहज रूपमा सेवा दिनुपर्नेमा उल्टो सास्ती दिने कार्य गरिएको बताए। “घरदैलोमै सेवा दिन्छौँ भन्थे, ज्येष्ठ नागरिकलाई सम्मान गर्छौं भन्थे”, उनले भने, “केही वर्ष वडामै भत्ता बुझ्ने व्यवस्था गरे पनि एका एक अहिले चाडपर्वका बेला तीन सय बढी भाडा तिरेर भत्ता बुझ्न बाध्य पारे ।”
सबैभन्दा बढी सास्ती भत्ता बुझ्नका लागि अपाङ्गता भएका व्यक्तिहरूले खेप्नु परेको छ । ह्विल चेयरमा समेत बस्न नसक्ने अपाङ्गता भएका व्यक्तिहरूलाई घरका सदस्यहरूले बोकेर भत्ता बुझ्नका लागि बैङ्कसम्म पुर्याएका छन् ।
वडामा पुगेर भत्ताको रकम नदिने भएपछि बोकेर बैङ्कसम्म ल्याउनु परेको अपाङ्गता भएका व्यक्तिहरूको भनाइ थियो । नगरपालिका–११ मा भने बैङ्कले टोलटोलमा पुगेर भत्ताको रकम वितरण गरे पनि अन्य वडाका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरूले बैङ्कसम्म नै धाउनु परेको थियो ।
पूर्वनगर प्रमुख दिलबहादुर ऐरले मानवीय दृष्टिले पनि ज्येष्ठ नागरिकलाई घर दैलोमै सेवा पुर्याउनुपर्ने बताए । ज्येष्ठ नागरिकलाई सहज रूपमा सेवासुविधा दिनुपर्ने भए पनि उल्टै सास्ती दिने कार्य क्षमायोग्य नरहेको उनको भनाइ छ ।
आफ्नो कार्यकालमा वडा वडा र टोलटोलमा पुगेर भत्ताको रकम दिने कार्य गरिएको उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकलाई टाढाको बैङ्कसम्म पुर्याउने कार्य न्यायोचित नभएको बताए । नगरपालिकाका १२ वटै वडामा दुईवटा बैङ्कमार्फत सामाजिक सुरक्षाअन्तर्गतको भत्ताको रकम वितरणको कार्य हुँदै आएको थियो ।
हाल त्यही कार्य गर्ने जिम्मा नगरपालिकाले सम्झौता गरी नौवटा बैङ्कलाई दिएको छ । जनशक्तिको अभावमा बैङ्कले वडामा पुगेर भत्ताको रकम दिन नसकिने बताएपछि ज्येष्ठ नागरिकले बैङ्कसम्म पुग्नु परेको नगरपालिकाका जनप्रतिनिधिहरूको भनाइ छ ।
नगरपालिकाबाट ज्येष्ठ नागरिक (अन्य) दुई हजार छ सय २९, ज्येष्ठ नागरिक (दलित) तीन सय १६, एकल महिला तीन सय ३२, विधवा नौ सय ८४, पूर्ण अपाङ्गता एक सय २३, अति अशक्त अपाङ्गता दुई सय ६२, दलित बालबालिका पाँच सय २९ गरी पाँच हजार दुई सय ४५ जनाले भत्ताको रकम बुझ्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...
पौष १२ गते, २०८२ - १२:२१
सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...
पौष १२ गते, २०८२ - १२:१७
बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...
पौष १२ गते, २०८२ - ११:१५
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...
पौष १२ गते, २०८२ - १०:५८
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...
पौष १२ गते, २०८२ - १०:४९
सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् । भीषण वर्ष...
पौष १२ गते, २०८२ - १०:३६
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...
पौष १२ गते, २०८२ - १०:२६
रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...




प्रतिकृया लेख्नुहोस्: