Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान

खबरडबली संवाददाता

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ कात्तिक १३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा। सुन्दर प्रसाद ह्योजु दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको योगदान र राज्य प्रदत्त जिम्मेवारी निर्वाहमा प्रदर्शित कार्यसम्पादनको स्तरको आधारमा पदोन्नति भएको उनले चर्चा गरे ।  

प्रहरी महानिरीक्षक कुँवरले देश र जनताको सेवामा अनवरत रूपमा लागि परि नेपाल प्रहरीलाई भरोसायोग्य र विश्वास योग्य संस्थाको रूपमा आम नागरिकको नजरमा उच्च बनाउन व्यावसायिक प्रहरी अधिकृतको रूपमा आफ्नो जिम्मेवारीमा खरो रूपमा उत्रिन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । सरूवा, बढुवा लगायत नेपाल प्रहरीका हरेक प्रणालीलाई पारदर्शी, अनुमानयोग्य र नियम संगत बनाउनका लागि हरसम्भव प्रयास भइरहेको समेत उनले उल्लेख गरे ।

नेपाल प्रहरीका नेतृत्वतहमा रहेकाले दिने कुशल मार्ग निर्देशन र सकल दर्जाको सामूहिक प्रयासले आगामी दिनमा संगठनको विकास, विस्तार र स्वरूप अझ परिमार्जन र परिष्कृत हुँदै जाने विश्वास उनले व्यक्त गरे । 

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणाले संगठनको निष्ठालाई सदैव सर्वोपरी राखेर कार्यसम्पादन गर्ने बताइन् । 

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने

हेटौँडा। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा उम्मेदवारका लागि खर्चको हद निर्धारण गरिएको छ । निर्वाचन आयोग नेपालले दिएको जानकारी अनुसार मकवानपुर जिल्...

३ लाख नाघ्यो सुनको भाउ

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ ।...

पाथीभरा पुगे बालेन शाह

काठमाडौं । झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाहले ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिरमा पूजा अर्चना गरेका छन्। उनी आज बिहान पाथीभरा पुगेर दर...

मतदाता खोज्दै मुस्ताङका उम्मेदवार पोखरामा व्यस्त

मुस्ताङ। मनोनयन दर्ता गरेपछि नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार योगेशगौचन थकाली मतदाता भेट्न पोखरा निस्किए । नेकपा (एमाले) का...

ताप्लेजुङका एउटै पालिकाका पाँच उम्मेदवार

ताप्लेजुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा पाँच जना उम्मेदवार एउटै पालिकाका रहेका छन् । मङ्गलबार मुख्य निर्वाच...

जापानद्वारा विश्वको सबैभन्दा ठुलो आणविक संयन्त्र स्थगित

टोकियो। जापानमा विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी-कारिवा प्लान्टको पुन: सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ । टोकियो इलेक्ट्रि...

झापाका ९५ वटा मतदान स्थल अति संवेदनशील

झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदान स्थलको तीन तहमा वर्गीकरण...

हेटौँडामा २५ वर्षदेखि ६४ वर्षसम्मका उम्मेदवार मैदानमा

हेटौँडा। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेदवार...

सरकारका प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम...

जेनजी आन्दोलन छानबिन आयोगको म्याद २० दिन थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending