काठमाडौं । विभिन्न मितिमा हराएका २५ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले १७ ओटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सातदोबाटो, पुल्चोक, मंगलबजार, टिकाथली, जगाती, ठिमी, ढल्को, बौद्ध, माकलबारी, एयरपोर्ट, तिनपिप्ले, महाराजगन्ज, बलम्बु, गोकर्णेश्वर, मुलपानी, बालाजु र महादेबटार लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
आज बुझाइएका २५ ओटा सहित १७६ ओटा सवारी साधन साउन महिनायता ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका १४ ओटा दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न १८ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
सवारी साधन जिम्मा लिए पश्चात् सवारी धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए । आर्थिक वर्ष २०७९–०८० मा ४९९ ओटा र ०८०–०८१ मा ४१७ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो ।
सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आ-जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमा प्रसाद चतुर्बेदीले अनुरोध समेत गरेका छन् । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न वा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: