Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

खबरडबली संवाददाता
काठमाडौं । प्रहरीले अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ गरेकाे छ । 
 
काठमाडौं कीर्तिपुर नगरपालिका-१० सुन्दरीघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय ६० मिलिग्राम, गाँजा १ किलो २ सय ४ ग्राम, गाँजाको धुलो ३१ ग्राम ३ सय मिलिग्राम र अफिम १२ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा सोही नगरपालिका ढोकासी बस्ने २२ वर्षीय बिशेष खड्गी र ललितपुर महानगरपालिका-३ धोबिघाट बस्ने बिजन महर्जन रहेका छन् । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले बिजनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  
कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ कृष्णनगर बसपार्कबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ १ सय ५१ ग्राम २ सय १० मिलिग्राम सहित सोही नगरपालिका बस्ने ३२ वर्षीय लवकुश भुजलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध खरिद गर्न आएका बुद्धभुमी नगरपालिका-२ बस्ने २८ वर्षीय महेश थारू र बाणगंगा नगरपालिका-१ बस्ने २४ वर्षीय बिपुल थारूलाई लु.९६ प ५६६५ नम्बरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ ।  
कैलाली, जानकी गाउँपालिका-७ मोतिनगरबाट अवैध लागूऔषध गाँजाको धुलो ८० ग्राम सहित सोही गाउँपालिका-७ सन्तपुर बस्ने २२ वर्षीय बिक्रम विश्व कर्मा समेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजाको धुलो सहित पक्राउ गरेको हो । 
कञ्चनपुर, पुर्नवास नगरपालिका-३ आईबिआरडि बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १८ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने ३१ वर्षीय अमित कुमार वर्णवार र कञ्चनपुर बेलौरी नगरपालिका-२ टेडुवा बस्ने ४० वर्षीया सिता देवी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट आईबि
आरडिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डक चेक पोष्टस्थित सडकबाट नियन्त्रित लागूऔषध सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले ना.६ ख ७२२७ नम्बरको बसमा सवार बारा माहागढीमाई नगरपालिका-७ तेलकुवा टोल बस्ने २० वर्षीय ओमबाबु कुशवाहालाई नुर्फिन ४ सय ७३ एम्पुल, फेनारगन ५ सय १६ एम्पुल, डाईजेपाम ४ सय ९२ एम्पुल तथा २० वर्षीय सैलेश यादवलाई फेनारगन ४ सय ९४ एम्पुल, नुर्फिन ५ सय २७ एम्पुल, डाईजेपाम ४ सय ९४ एम्पुल सहित फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending