भैरहवा । साउण्ड तथा म्युजिकको व्यवसाय गर्दै आएका युवा व्यवसायी रहिश खानले भैरहवा दिपावलीको अवसरमा सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएका छन ।
विगत १७ वर्ष देखि व्यवसाय गर्दै आएको युनिक साउण्डकै आयोजनामा ९ औँ पटक भैरहवामा सास्कृतिक उत्सव गर्न लागेका हुन । लक्ष्मी पुजाको अवसरमा आपसी सद्भाव, नगरवासीलाई उल्लासमय तिहारको अनुभूति गराउन, संस्कृतिको सम्मान गर्दै स्थानीय कलाकारको प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गर्न लागेको हो । स्थानीय सिद्धार्थनगर ३ निवासी खान व्यवसायिक प्रतिष्ठान मार्फत विगतका वर्षहरु जस्तै यस वर्ष राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।
कार्तिक १५ गते मिलनचोकमा साझ ६ बजे देखि कार्यक्रम गर्ने गरी सम्पूर्ण तयारीहरु गरिएको छ । ‘मिलनचोक देखि विद्रोही चोक सम्म सडक नै झिलिमीली गरिसकेका छौ । कार्यक्रममा नृत्य, गायन लगायतका सास्कृतिक कार्यक्रमहरु गरिने छ । यो कार्यक्रम सम्पूर्ण संस्कृतिलाई सम्मान गर्नुपर्छ र आपसी सदभावको निम्ति स्थानीय कलाकार र प्रतिभा देखाउने अवसर पनि रहेको’ खाँनले भने ।
प्राय तिहार जस्तो पर्वमा भैरहवा सुनसान हुने देखिएपछि यस वर्ष पनि निरन्तरता दिएको हो । करिब ९ लाखको लगानीमा आफै सास्कृतिक कार्यक्रम र सडकमा झिलिमिली गरेको छु । साउण्डको माध्यमबाट सबै अधिराज्य भर जानेगरेपनि भैैरहवामा केही गरौँ भन्ने लागेर तिहारमा मात्रै होइन यस अघि नयाँ वर्ष र तीजमा समेत सास्कृतिक कार्यक्रम आयोजना गर्ने गरेको संचालक खाँनले भने ।
हामीले स्थानीय कलाकारको प्रस्फुटनलाई पनि स्टेजको अभाव खडकीरहेको बेला उनीहरुको र सम्पूर्ण भैरहवाको प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरेको हो । हामीले यस अघि तीज, नयाँ वर्षमा पनि सास्कृतिक कार्यक्रम गरेका छौ । यो महोत्सवले स्थानीयले मनोरञ्जन पाउनुका साथै र केही भए पनि आर्थिक चलायमान हुन्छ भन्ने अपेक्षा छ ।
५० हजार दर्शक आउने अपेक्षाका साथ साझ ६ बजेबाट राती ११ बजे सम्म कार्यक्रम गरिने गरि तयारी गरिएको छ । कार्यक्रम अवलोकनका लागि भैरहवा मात्र नभई छिमेकी जिल्ला र भारतबाट पनि दर्शकहरु आउने गर्छन ।
स्थानीय सरकार र संस्थाले गर्नुपर्ने काम एकल युवाले आफ्नै लगानीमा विना कसैको सहयोग गरेकोले आगामी दिनमा सहकार्य गरी यस्ता कार्यक्रम अझै भव्यताका साथ गर्नु पर्ने हुन्छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: