Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

युनिक साउण्डको भैरहवामा दिपावली उत्सव

खबरडबली संवाददाता

भैरहवा । साउण्ड तथा म्युजिकको व्यवसाय गर्दै आएका युवा व्यवसायी रहिश खानले भैरहवा दिपावलीको अवसरमा सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएका छन । 

विगत १७ वर्ष देखि व्यवसाय गर्दै आएको युनिक साउण्डकै आयोजनामा ९ औँ पटक भैरहवामा सास्कृतिक उत्सव गर्न लागेका हुन । लक्ष्मी पुजाको अवसरमा आपसी सद्भाव, नगरवासीलाई उल्लासमय तिहारको अनुभूति गराउन, संस्कृतिको सम्मान गर्दै स्थानीय कलाकारको प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गर्न लागेको हो । स्थानीय सिद्धार्थनगर ३ निवासी खान व्यवसायिक प्रतिष्ठान मार्फत विगतका वर्षहरु जस्तै यस वर्ष राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।

कार्तिक १५ गते मिलनचोकमा साझ ६ बजे देखि कार्यक्रम गर्ने गरी सम्पूर्ण तयारीहरु गरिएको छ । ‘मिलनचोक देखि विद्रोही चोक सम्म सडक नै झिलिमीली गरिसकेका छौ । कार्यक्रममा नृत्य, गायन लगायतका सास्कृतिक कार्यक्रमहरु गरिने छ । यो कार्यक्रम सम्पूर्ण संस्कृतिलाई सम्मान गर्नुपर्छ र आपसी सदभावको निम्ति स्थानीय कलाकार र प्रतिभा देखाउने अवसर पनि रहेको’ खाँनले भने  । 

प्राय तिहार जस्तो पर्वमा भैरहवा सुनसान हुने देखिएपछि यस वर्ष पनि निरन्तरता दिएको हो । करिब ९ लाखको लगानीमा आफै सास्कृतिक कार्यक्रम र सडकमा झिलिमिली गरेको छु । साउण्डको माध्यमबाट सबै अधिराज्य भर जानेगरेपनि भैैरहवामा केही गरौँ भन्ने लागेर तिहारमा मात्रै होइन यस अघि नयाँ वर्ष र तीजमा समेत सास्कृतिक कार्यक्रम आयोजना गर्ने गरेको संचालक खाँनले भने । 

हामीले स्थानीय कलाकारको प्रस्फुटनलाई पनि स्टेजको अभाव खडकीरहेको बेला उनीहरुको र सम्पूर्ण भैरहवाको प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरेको हो । हामीले यस अघि तीज, नयाँ वर्षमा पनि सास्कृतिक कार्यक्रम गरेका छौ । यो महोत्सवले स्थानीयले मनोरञ्जन पाउनुका साथै र केही भए पनि आर्थिक चलायमान हुन्छ भन्ने अपेक्षा छ । 

५० हजार दर्शक आउने अपेक्षाका साथ साझ ६ बजेबाट राती ११ बजे सम्म कार्यक्रम गरिने गरि तयारी गरिएको छ । कार्यक्रम अवलोकनका लागि भैरहवा मात्र नभई छिमेकी जिल्ला र भारतबाट पनि दर्शकहरु आउने गर्छन । 

स्थानीय सरकार र संस्थाले गर्नुपर्ने काम एकल युवाले आफ्नै लगानीमा विना कसैको सहयोग गरेकोले आगामी दिनमा सहकार्य गरी यस्ता कार्यक्रम अझै भव्यताका साथ गर्नु पर्ने हुन्छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending